ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो

News Desk by News Desk
९:२५ बिहान, असार ३१, २०८०
आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असार ३१ गते ।
बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ।

साँझ परेपछि बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन्।

‍लगेजति तरकारी सबै बेचेर उनी घर फर्कन्छिन्। ‘‍आफ्नै बारीमा फलेको तरकारी ल्याउँछु त्यसैले यति उति हिसाब गर्दिन ल्याएको जति सबै बेचेर फर्किन्छु,’ उनले भनिन्।

शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएकी छन्। प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन्। उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको बताइन्।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

‘दैनिक आम्दानी थोरै भनेको तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ। हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर एक लाख ९५ हजारको कमाई भएको रहेछ,’ उनले भनिन्।

तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताउनुभयो। शान्तिको चार छोरीसहित छ जनाको परिवार छन्।

शान्तिले जस्तै शोभारानी थारूले पनि आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँद आएकी छन्। ५५ वर्षीया शोभारानीले तरकारी बेचेर दैनिक २ देखि पाँच हजारसम्म आम्दानी गर्छिन्। उनी बर्खामा भन्दा हिउँदमा बढी कमाउँछिन्।

ADVERTISEMENT

‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको र पाँच हजार पाँच सयसम्मको आम्दानी गरेकी छु,’ उनले भनिन्।

शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७ः०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छन्।

बर्खाको समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेचिरहेकी छन्। साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको उनले बताइन्।

तरकारी व्यापार गर्न थालेको सुरुवातका दिनहरूमा केही लाज लागेपनि अहिले त्यस्तो नहुने उनले बताइन्।

‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु। अब त सकुञ्जेल यही नै गर्ने हो,’उनले भनिन्।

शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्छिन्।

शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्छिन्।

उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भयो। तरकारी बेच्नुभन्दा पहिला उनीले ज्याला मजदुरी गर्थिन्। आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उहाँले पनि बारीमा फलेका तरकारीलाई बजारमा ल्याउन थालेकी हुन्।

‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो। सानै भए पनि यो त आफ्नै व्यापार हो। बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ,’ उनले भनिन्।

तरकारी बेचेरै सुबिनाले दैनिक ३ हजार ५ सयसम्म कमाएकी छन्। राम्रो कमाई भएपछि ‍तरकारी खेती र व्यापारमा सन्तुष्ट छिन्।

‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो। अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लाग्छ,’ उनले भनिन्।

तरकारी खेतीमा श्रीमान र छोराछोरीले पनि सहयोग गर्छन्। उनका एक छोरा र एक छोरी छन्। जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ।

‘अहिले म निकै खुसी छु। अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुट्टै मज्जा छ,’ उनले भने, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ।’

नेपालगन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देखिन्छ।

प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजान्छन्। बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले ५÷६ बजेदेखि १०ः०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए। विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अर्ग्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन्। रासस

Share154Tweet96SendShare
Previous Post

जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

Next Post

बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
Next Post
बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

भंगहाबाट गुड्न थाल्यो जयनगरका लागि रेल

भंगहाबाट गुड्न थाल्यो जयनगरका लागि रेल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?