ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हेलिकप्टर पुग्यो छायानाथमा

जावेद अन्सारी by जावेद अन्सारी
४:१५ मध्यान्ह, अशोज २८, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

खड्क सुनार असोज २८ गते । करिव दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायाँनाथ धाम हवाई प्याकेजको मंगलबार परीक्षण उडान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मंगलबार सदरमुकाम गमगढी देखि छायाँनाथ सम्म सिम्रिक एयरको नाइन एन एएलपी कल साइन हेलिकोप्टर बाट परीक्षण उडान सम्पन्न भएको हो । परीक्षण उडानका क्रममा संघीय संसदका सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायाँनाथ प्याकेजको परीक्षण उडानमा सहभागी भएका थिए । परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रिया दिदै संघीय संसदका सदस्य गोपाल बहादुर बमले अब मुगुको पर्यटकीय स्थल रारा मात्रै नभएर धार्मिक स्थल छायाँनाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत हुन सक्ने बताए । रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरि पवित्र तीर्थस्थल छायाँनाथ घुम्न चाहेमा हेलिकोप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रवर्द्धनमा निकै सहयोग मिल्ने बमको विश्वास रहेको छ । विशेष गरी छायाँनाथ धाम बौद्ध र हिन्दु धर्मावलम्वीले आ आफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको सांसद बमले बताए। नेपाल भ्रमण वर्षमा रारा छायाँनाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो रारा, रिभर टु रिभर, कान्जिरोवा– सैपाल माउण्टेन फ्लाइट, रारा सिमिकोट हिल्सा टुर्स लगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका संयोजक राजु कार्कीले बताए । यस्ता प्याकेजले समग्र कर्णालीको पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने दावी गरे । दुई महिना अघि साउन बाट प्याकेज सञ्चालन गर्ने भनिए पनि प्रतिकूल मौसमका कारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाई छ। राराबाट छायाँनाथ पुगेर पुन रारा फर्किन एक पटकमा चारदेखि पाँच जना हेलिकोप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए। प्याकेज शुल्क राराबाट छायाँनाथ र छायाँनाथबाट रारा पुग्न ३० मिनेटको समय लाग्ने गर्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाइएको छ। छायाँनाथ पुग्दासम्म मुगुकमारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका मनोरम रमणीय स्थलको पनि अवालेकन गर्न सकिने बताइएको छ। छायाँनाथ धामको धार्मिक कथन यस्तो छ छायाँनाथ धाम कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायाँनाथ धाम पुस्तौंदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ। छायाँनाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मका धर्मालम्वीले आ आफनै विश्लेषण र तर्क गरिरहेका छन्। मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रापछि पुगिने छायाँनाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटर माथिको उचाइमा अवस्थित छ। केदार नाथ, बद्रिनाथ, पशुपति नाथ भन्दा छायाँनाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो। छायाँनाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ। महादेवले शतिदेवीको शव बोकेर राराको बाटो हुँदै छायाँनाथ गएकाले छायाँनाथ धाम र हिमालको प्रतिविम्व रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमा मान्ने गर्दछन्। हरेक १२ वर्षमा बाँदर वर्षका रुपमा बौद्ध धर्मालम्वीले छायाँनाथको जन्म वर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बाल बच्चा सबै छायाँनाथ जाने गर्दछन्। छायाँनाथमा पुगेर नाचगान पूजा पाठ गर्ने पनि गर्दछन्। यता हिन्दु धर्मावलम्बीले पनि जनै पूर्णिमाका बेला नै छायाँनाथमा पुगेर, शिव, महादेवको रुप मानेर पूजा पाठ गर्ने, आ आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन्। छायाँनाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायाँनाथ पुग्न नसकेकाहरूलाई जल दिने गर्दछन्। देवी देवताका मूर्तिहरू छायाँनाथबाट शुद्ध पारेर ल्याए पछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ। धार्मिक ग्रन्थ किम्वदन्ती अनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायाँनाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिँदै आएको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कालीकोटकै सफल हिमचुलि सहकारीको नवौं सेवा कार्यालय उद्घाटन

Next Post

सुर्खेतको लेकवेशी लाई कृषीको पकेट क्षेत्रको रुपमा बिकाश गरीने: मन्त्री बिमला केसी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

सुर्खेतको लेकवेशी लाई कृषीको पकेट क्षेत्रको रुपमा बिकाश गरीने: मन्त्री बिमला केसी

खोला तर्ने क्रममा २ जना बेपत्ता

राष्ट्रपति विद्यादेवी आज म्यानमारको ४ दिने भ्रमणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?