ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा बालविवाह र दाइजोविरुद्ध किशोरीहरुको सामुहिक प्रतिबद्धता

जावेद अन्सारी by जावेद अन्सारी
५:५४ बिहान, कार्तिक १, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बाँके कार्तिक १ गते । बाँकेमा १६ वर्षको उमेरमै बिवाह गर्नुपर्ने माग राख्दै केही समुहहरुले बेला बेला आन्दोलन गर्ने गरेका छन् । नेपालको कानुनले २० वर्ष नपुगी केटा केटी दुवैले सहमतीमा समेत बिवाह गर्न बन्देज गरेको छ । २०७५ साल भदौं १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । १६ वर्षको उमेरमै बिवाह गर्न पाउनु पर्ने आन्दोलन गरेपछि बाँकेका किशोरी क्लब भने सक्रिय भएका छन् । उनीहरु बालविवाह विरुद्ध मात्र होइन दाइजोविरुद्ध समेत डटेर लागिरहेका छन् ।
नगरस्तरिय किशोरी संजाल नेपालगञ्जकी अध्यक्ष पुजा बर्माले नेपालको कानुनलाई नै चुनौती दिनेगरी सडकमा आउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । ‘नेपालको कानुनलाई नै चुनौती दिदै बालविवाह गर्न पाउनुपर्छ भन्दै आन्दोलन चर्काउनु जायज होइन’ उनले भनिन्, ‘कानुन बनेको एक बर्ष नपुग्दै त्यसैलाई चुनौती दिने समुहलाई कारबाहीको दायरामा प्रशासनले ल्याउनुपर्छ ।’ बालविवाह न्यूनीकरण गर्नका लागि आफूहरूले अभियान नै चलाइरहेका बेला केही अभिभावकको अभिव्यक्तिले चुनौती थपिदिएको बालअधिकारकर्मी श्वेता गुरुङ बताउँछिन् । ‘समाजका अभिभावक भनेका नै १६ मा बर्षमा नै छोरीहरुको बिहे गर्नपाउनुपर्छ भनेर महिलाहरु उचालिरहेका छन्’ उनले भनिन्, ‘खुलेआम कानुनलाई चुनौतीदिदासम्म समेत प्रशासनले केही गर्न सक्दैन ।’ कानुनले बाल विवाहको भोज, जन्ती जाने कार्यलाई समेत दण्डनीय मानेको छ । बालविवाह र दाइजोविरुद्ध उनीहरुले एकजुट भएर स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायहरुलाई नियन्त्रणको लागि ज्ञापनपत्र बुझाइसकेको अवस्था रहेको छ । किशोरी क्लबको अभियानमा साथ दिने जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । बाँकेका किशोरीहरुले थालेको अभियानसँग हातेमालो गर्दै अगाडि बढ्ने स्थानीय तहहरुले समेत प्रतिबद्धता जनाएका छन् । सोही अनुसार कोहलपुर नगरपालिकाको मुल गेटमा नै बालविवाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता जनाईएको बोर्ड टाँगिएको छ । बोर्डमा कोहलपुरका सम्पुर्ण जनप्रतिनिधि र सरोकारवालाहरुको सामुहिक प्रतिबद्धता भएको उल्लेख छ । कोहलपुरका घर–परिवार, गाउँ–टोल बस्ती, समुदाय र वडाहरुमा बालविवाह न्युनिकरण अभियानलाई शसक्त बनाउन आग्रह गरिएको छ । नगर प्रमुख लुटबहादुर रावतले बालविवाह न्युनिकरणका लागि पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको बताए । उनका अनुसार प्रतिबद्धताको पहिलो नम्बर दिगो विकास लक्ष्य २०३० अनुरुप महिला, बालिका र किशोरी माथि हुने सबै प्रकारका हिंसा तथा भेदभाव अन्त्य गरिने उल्लेख छ । यस्तै कोहलपुरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला कसैले पनि २० वर्ष नपुगि विवाह गर्ने÷ गराउने कार्य नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरिएको हो । बालविवाह र दाइजोविरुद्ध आमा समुह, किशोरी समुह तथा वडा कार्यालयलाई सक्रिय बनाईने नगर प्रमुख रावतले बताए । बालविवाहविरुद्ध सामुहिक हस्ताक्षर अभियान समेत थालिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रावतले बालविवाह मुक्त नगरपालिकाको अभियान अन्तर्गत प्रतिबद्धता सहित कार्यालय मै हस्ताक्षर अभियान थालिएको बताए । हस्ताक्षर अभियानको शुरुवात प्रमुख रावत आफैबाट गरेका थिए । यस्तै कार्यालयमा आउने सेवाग्राहीहरुले समेत उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने गरेका छन् । नगर प्रमुख रावतका अनुसार कोहलपुर नगरपालिका बाल विवाह न्युनिकरण अभियानमा कटिबद्ध छ भन्ने सन्देश प्रवाह गर्नको लागि पनि अभियान थालिएको हो । सोही कार्यक्रम अन्तर्गत वडा तथा विषयत समिति र बाल अधिकारका क्षेत्रमा सक्रिय सस्था मार्फत जनचेनतामुलक कार्यक्रम गरिने उनको भनाई रहेको छ । बालविवाह न्युनिकरण अभियान अन्र्तगत विभिन्न सामुदायिक विद्यालयमा समेत कार्यक्रम गरिने योजना नगरपालिकाको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

धानबालीमा बढ्दै गएको फौजी किराको बिषयमा मन्त्री राईको चिन्ता,कृषी मन्त्रीको ध्यानाकर्षण

Next Post

सुर्खेतमा १३ वर्षीया बालिकालाई सामुहिक बलात्कृत, ७ जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

सुर्खेतमा १३ वर्षीया बालिकालाई सामुहिक बलात्कृत, ७ जना पक्राउ

सकिएन कोहलपुरमा ठेला व्यवस्थापन गर्न,झनै अब्यबस्थित बन्दै कोहलपुर

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?