
बाँके कात्तिक २ गते । भारतको उत्तरप्रदेश राज्यमा हुने विधानसभाको उपनिर्वाचनका लागि शनिबार बेलुकादेखि रुपैडिया नाका बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशको बहराईच जिल्लाको बलहा विधानसभामा सोमबार विहानदेखि मतदान सुरु हुने भएको छ । मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेपछि सीमानका पुनः संचालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
हालै सम्पन्न नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बैठकमा समेत भारतमा हुने विधानसभा निर्वाचनको सुरक्षाको विषयमा छलफल भएको थियो । सीमा क्षेत्रमा एकअर्का देशमा निर्वाचन हुने भएपनि सुरक्षाका कारण मतदान हुनुभन्दा दुईदिन अघिदेखि नै सीमा नाका बन्द हुने गरेको छ । सीमा बन्द वारे जिल्ला प्रशासन कार्यालयले औपचारिक जानकारी गराएको छ ।









Discussion about this post