ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित

News Desk by News Desk
१:०५ मध्यान्ह, मंसिर २१, २०८०
नेपालगन्ज र कोहलपुरमा बन्ने आकाशे पुल अनिश्चित
967
सेयर
864
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २१ गते ।
नेपालगन्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना विते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यू स्वीकृत नगर्दा आकाशे पुल निर्माण अनिश्ति बनेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले बताए । उक्त पुलको पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले गत मंसिरमा शिलान्याश गरेका थिए ।

डिजाइन रिभ्यूका लागि पुल महाशाखामा पठाएको लामो समय भए पनि अहिलेसम्म डिजाइन रिभ्यू स्वीकृत नभएको शाक्यको भनाई छ । ‘डिजाइन रिभ्यूको लागि पठाएको फायल लामो समयदेखि पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन,’ उनले भने ।

आकाशे पुल निर्माणका लागि २८ कात्तिक, २०७९ मा चितवनको भरतपुरस्थित डायनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उनले बताए । सम्झौता भएको १५ महिनामा काम सक्ने सहमति भएको छ, तर १३ महिना वितिसक्यो । अहिलेसम्म कार्यान्वयनको काम अगाडी बढेको छैन,’ शाक्यले भने, ‘डिजाइन रिभ्यू स्वीकृत भएपछिमात्र काम अगाडी बढाउन सकिन्छ ।’
सम्झौता अनुसार, नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, कारकाँदो चोक र राँझा चोक तथा कोहलपुरको एक ठाउँमा आकाशे पुल निर्माण गर्ने रहेको छ ।

पुल निर्माणका लागि डायनामिक कन्स्ट्रक्सनसँग आठ करोड ३३ लाख रुपैयाँमा सम्झौता भएको डिभिजन प्रमुख शाक्यले बताए । उनले निर्माण कम्पनीसँग सम्झौता भए पनि अहिले वजेट नभएको बताए । ‘एक त डिजाइन रिभ्यू भएको छैन । अर्कोतर्फ निर्माण गर्ने भनिएको आकाशे पुल निर्माण शिर्षकमा वजेट नै छैन,’ उनले भने, ‘डिजाइन रिभ्यू स्वीकृत नहुँदै पुल बन्छ भन्न सकिने अवस्था छैन ।’
पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मद इस्तियाक राईको जोड्वलमा नेपालगन्जमा चार र कोहलपुर एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने योजना परेको थियो । तर, राई मन्त्रीबाट बाहिए लगत्तै यो योजना अनिश्चित भएको छ । ‘इस्तियाक राई ज्यू मन्त्री भएको बेला सम्झौता गर्नेहरु अहिले कार्यान्वयन गर्न नसक्ने भन्दै पञ्छिदै छन् । सम्झौता कार्यान्वयन नहुँदा म समस्यामा परेको छु,’ डिभिजन प्रमुख शाक्यले भने ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

बाँकेबाट विजयी सांसदले चासो नदिँदा आकाशे पुल निर्माणले गति लिन नसकेको पूर्वमन्त्री राईले बताए । उनले यस विषयमा आफूले विभागिय मन्त्री, मन्त्रालयका उच्च पदाधिकारी र पुल महाशाखाका कर्मचारीलाई ताकेता गरिरहेको वताए । ‘सम्झौता अनुसारको काम छिटो अगाडी बढाउन बारम्बार ताकेता र दवाव दिइरहेको छु । डिजाइन रिभ्यू छिट्टै स्वीकृत गरेर काम अगाडी बढाउने आश्वासन पाएको छु,’ उनले भने ।

तर, डायनामिक कन्स्ट्रक्सन प्रालिका प्रमुख यूवराज क्षेत्रीले डिजाइन रिभ्यूका कारण नभई सडक डिभिजन कार्यालय नेपालगन्ज र सडक विभागको लापरवाहीले आकाशे पुल निर्माण अगाडी बढ्न नसकेको बताए ।
उनले सम्झौता अनुसार पुल निर्माणको काम अगाडी बढाउन ५० भन्दा धेरै पटक ताकेता गरेको जिकिर गरे । ‘कन्स्ट्रक्सनको तर्फबाट काम गर्न तयार छौँ । काम गर्ने अनुमति दिनु पर्यो भनेर पटक–पटक ताकेता पनि गरि सक्यौँ, तर कुनै सुनुवाई भएको छैन,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको नियत के हो बुझ्न सकिएन । अनुमति नदिँदा हामी अन्यौलमा छौँ ।’

सडक वारपार गर्न सर्वसाधारण बटुवालाई समस्या भएपछि पूर्वमन्त्री राईले नेपालगन्ज र कोहलपुरमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएर प्रक्रिया अगाडी बढाएका थिए । उनी मन्त्री हुँदा भनसुन गरि ल्याएको आकाशे पुल निर्माण योजना अनिश्चित बनेपछि सर्वसाधारण चिन्तित बनेका छन् । ‘टेण्डर खोलेर योजनाको काम गर्ने निर्माण कम्पनीसँग सम्झौता समेत भइसक्दासमेत काम अगाडी नबढ्नु नेपालगन्ज र कोहलपुरबासीका लागि दुर्भाग्य मान्नु पर्छ,’ नेपालगन्ज १, धम्बोझीका गुलाम अलीले भने, ‘आकाशे पुल निर्माणको काम छिटो अगाडी बढाउनु पर्यो । नत्र हामी आन्दोलन गर्न बाध्य हुने छौँ ।’

ADVERTISEMENT
Share449Tweet216SendShare
Previous Post

एक करोड केजी चिया गोदाममा थन्कियो

Next Post

सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको चामल नेपालगन्जबाट बरामद

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

भन्सार छलेर ल्याइएका ४ वटा राँगा परे प्रहरीको फन्दामा

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:12 am6:01 pm +0545
Feels like: 25°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1010.5mbar
UV index: 0
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?