ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका

News Desk by News Desk
१२:१९ मध्यान्ह, मंसिर २३, २०८०
तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका
1.2k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले डुडुवा गाउँपालिका ६ मुन्सिपुरुवाबाट बिहीबार चार वटा राँगा बरामद गर्यो । ती राँगा सशस्त्र प्रहरीलाई लाइन दिएर तस्करहरुले भारतबाट नेपाल भित्र्याएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लाइन दिएकै कारण नेपाल प्रहरीको टोली आएको सूचना सशस्त्र प्रहरीले तस्कारलाई दिएका कारण प्रहरीलाई देख्ने वित्तिकै तस्कर फरार भएको स्थानीयले बताए ।
बरामद गरिएका राँगाको बजार मुल्य एक लाख ४० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । नेपाल सरकारले सिमाक्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाललाई खटाएको छ । पछिल्लो समयमा बाँकेमा सिमापारीबाट नेपाली सुरक्षाकर्मीकै मिलेमतोमा दिनरात सामान तस्करी हुने गरेको प्रत्यक्षदर्शीले अनलाइन खोजखवरलाई सूचना दिएका छन् ।

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, पिप्रहवा, हड्डी चोक, सुइया, जयसपुर इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका हुन् । उक्त नाकाबाट सामान ओसारे बापत तस्करहरुबाट सशस्त्र प्रहरी बिओपी इन्चार्जहरुले महिनावारी रकम उठाउने गरेको स्रोतले बताउँछ ।
नेपालगन्जको जमुनाह नाकामा कडाई गरेको देखाउने सशस्त्र प्रहरीले अन्य सहायक नाकालाई खुकुलो बनाउँदा तस्करी मौलाउँदो छ । सरकारले दिएको दायित्व सशस्त्र प्रहरीले निर्वाह गर्न नसक्दा तस्करी रोकिनुको साटो मौलाउँदै गएको सर्वसाधारणको बुझाई छ ।

५० हजारको सामान बरामद गरेर भौकाल मच्चाउने सशस्त्र प्रहरीले लाखौं मूल्य पर्ने तस्करीका सामान नियन्त्रण गर्न भने सकेको छैन । जयसपुर विओपीका इन्चार्ज रामबहादुर खत्रीले केही दिन अघि सशस्त्रले एक लाख ६८ हजार रुपैयाँको सामान बरामद गरेको भन्दै भौकाल मच्चाए । तर उक्त सामानको परिमाण हेर्दा ५० हजार बराबरको समेत नरहेको सशस्त्रकै एक कर्मचारी बताउँछन् ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

जमुनाहको मुख्य गेट पश्चिम तिर इच्छाराम बाबा मन्दिर पछाडि जयसपुर विओपी पर्छ । उक्त बाटोबाट सशस्त्रले लाइन लिएपछि खुलेआम तस्करी भइरहेको स्पष्ट देखिन्छ ।

सीमामा खटिएका सशस्त्र प्रहरीहरु अवैध तस्करी नियन्त्रण गर्न तदारुकता देखाउनुको साटो तस्करसँग साँठगाठ गरि रकम असुल्नमै तल्लिन छन् । अवैध तस्करी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरीले मुख्य जमुनाह नाकामा कडाई गरेको देखाउँदै सहायक नाकाबाट खुलेआम तस्करी गराउँदै आएको छ । सशस्त्र प्रहरीले तस्करहरुसँग लाइन लिएर अन्य सहायक नाकाहरुबाट खुलेआम तस्करी गराउँदै आएको भिडियो अनलाइन खोजखवरसँग सुरक्षित छ । यसमा सशस्त्रका घुमुवा असई सोमराज शर्माले नै भूमिका निभाइरहेका छन् ।
असई शर्माले रुपैडियाबाट तस्करसँग नगद रकम लिने र ड्युटीमा खटिने सिपाहीलाई सामान आउँदैछ नरोक्नु भनेर निर्देशन दिने गरेका छन् । ‘रोक्न खोजे एसपीको सामान हो कारवाही गर्छु भनेर धम्की दिन्छन्,’ सशस्त्र प्रहरीका एक जवानले भने, ‘अवैध सामान नियन्त्रणका लागि राज्यले सशस्त्र प्रहरीलाई नाकामा खटएको छ, तर आफ्नै कर्मचारीले सामान नरोक्न निर्देशन दिन्छन् । के गर्नु हजुर हाकिमले भनेको मान्नै पर्यो जागिरको सवाल छ ।’

सशस्त्रका आइजिपि राजु अर्याललाई समेत यहाँबाट लाइनको रकम जाने गरेको स्थानीयको आशंका छ । नत्र असई शर्माले खुलेआम तस्कर गर्दा पनि किन उनलाई हटाइदैन ? स्थानीय प्रश्न गर्छन् । उनले तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीका लागि सुराकी गर्नुभन्दा तस्करका लागि सुराकी गर्दै आएको स्वयम सशस्त्र प्रहरीकै जुनियर अधिकृत बताउँछन् । ‘एक जना सशस्त्र प्रहरीका अधिकृत स्तरका कर्मचारी भन्छन्, ‘सोमराजले सशस्त्र प्रहरीको भूमिका भन्दा तस्करलाई सूचना दिन्छन् । उनकै सूचनाको आधारमा तस्करले सहजरुपमा अवैध सामान भित्र्याउन सकेका छन् ।’

ADVERTISEMENT

नेपाल सरकारले सिमाक्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाललाई खटाएको छ । पछिल्लो समयमा बाँकेमा सिमापारीबाट नेपाली सुरक्षाकर्मीकै मिलेमतोमा दिनरात सामान तस्करी हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
एसपीका विश्वासपात्र भएकै कारण उनले असुलीधन्दालाई व्यापक बनाएको सूचना प्राप्त भएको छ । सशस्त्र प्रहरीले नाकामा खुलेआम असुलीधन्दा मच्चाउँदा बाँकेका सिडिओ भने सामाजिक संजाल फेसबुकमा भौकालमात्र मच्चाइरहेका छन् ।
सशस्त्र प्रहरीले नाकामा विपन्न तथा गरिव मानिसको सामान पक्राउ गर्ने गरेको छ । घरासयी कामका लागि मानिसले ल्याउने थोरै सामानहरु सशस्त्रले खोसेर नाकामा कडाई गरेको नाटक गरिरहेको छ । निमुखा जनताको सामान खोसेर जम्मा गर्दै आएको सशस्त्रले त्यही सामान तस्करको हो भन्दै सार्वजनिक गर्दै आएको छ ।

निमुखा जनताको सामान खोसेर एकत्रित गरि ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको मिडियावाजी गर्दै आएको सर्वसाधारण बताउँछन् । ‘सर्वसाधारणलाई त्रसित बनाएर नियन्त्रणमा लिएको सामानलाई तस्करबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको भौकाल मच्चाउँदै आएको छ,’ एक प्रत्यक्षदर्शीले भने ।
तरस्करहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । नेपालबाट केराउ, जडिबुटी, सुपारी चरेस लगायतका अवैध सामान भारत लैजाने गरेको पाइन्छ । जाउआउका लागि पाँच सयदेखि एक हजार रुपैयाँ ड्यूटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको तस्करहरु स्वयम बताउँछन् ।

एसपीदेखि बिओपी इन्चार्जलाई महिनावारी लाखौं रुपैयाँ बुझाउने गरेको उनीहरुको भनाई छ । बाँकेमा मात्रै ८ वटा यस्ता पोष्टहरु छन् । रात दिन गस्ती भइरहेको पनि सशस्त्र बताउँछ । तर उनीहरुको गस्ती भने तस्करको सुरक्षाका लागि हुने गरेको देखिएको छ । सशस्त्र प्रहरी राज्यप्रति असहयोगी र तस्करमैत्री बन्दा राजस्व संकलन खस्किएको छ ।

Share479Tweet284SendShare
Previous Post

मौरी स्रोत केन्द्रको निर्णय चार वर्षदेखि अलपत्र

Next Post

देशकै ठुलो साइकल ‘पम्प ट्रयाक’ अव नेपालगन्जमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
देशकै ठुलो साइकल ‘पम्प ट्रयाक’ अव नेपालगन्जमा

देशकै ठुलो साइकल ‘पम्प ट्रयाक’ अव नेपालगन्जमा

बैजनाथमा थारु संग्रहालय बनाउने स्थानीय सरकारको प्रतिवद्धता

बैजनाथमा थारु संग्रहालय बनाउने स्थानीय सरकारको प्रतिवद्धता

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

नेपालगन्जमा चालू आर्थिक वर्षमा तीन जना आमाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?