ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

News Desk by News Desk
५:०६ मध्यान्ह, माघ २४, २०८०
सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान
406
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “हामीकहाँ राजमार्गको अवस्था उस्तै छ तर सवारीसाधन भने बढेको बढ्यै छन् त्यसैले यो अभियान गर्न जरुरी छ ।” प्रहरी निरीक्षक सुवेदीले यो अभियानमा सवारी चालक, पैदलयात्रीलगायत सरोकारवाला सबैलाई नैतिक शिक्षा सिकाउनुका साथै ट्राफिक नियम पालनका लागि जागृत गराउने बताउनुभयो ।

बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५७ सवारी साधनको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामा परी ४२ जना सख्त घाइते भएका र उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । प्रहरी निरीक्षक सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्रगतिको सवारीसाधनका कारण दुर्घटना बढ्दै जानका साथै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताउनुभयो ।

बाँकेमा गत आर्थिक वर्षमा एक सय २४ सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको र एक सय २९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशुचौपाया मरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारीझै बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

अध्यक्ष राईले दसवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् भन्दै देशमा प्रत्येक दिन सातदेखि आठजना र वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाउनुका साथै प्रत्येक वर्ष १४ हजार चार सय व्यक्ति घाइते भइरहेका छन् भन्नुभयो । “सडक पूर्वाधार निर्माण सुस्त छ, नयाँ ढङ्गले काम हुनसकेको छैन”, अध्यक्ष राईले भन्नुभयो, “सडक दुर्घटनाको कारण चालकलाई देखाएर राज्य पन्छिने गरेको छ ।”

सडकमा पूर्वाधार अभाव र मानवीय त्रुटिका कारण बढीजसो हुने दुर्घटना रोक्न सबैको दायित्व रहेको उल्लेख गदै उहाँले यातायात मजदुरलगायत राज्यका सबै निकायले आ–आफ्नो क्षेत्रबाट भएका कमीकमजोरी सच्याएर दुर्घटनाको विकराल अवस्थालाई कम गर्न हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष राईले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बाँकेसहित देशभर सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन सुरु गरेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा यातायात व्यवसायी, मजदुरसहितको पाँच सदस्यीय सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

ADVERTISEMENT
Share165Tweet101SendShare
Previous Post

वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा दायर

Next Post

राप्तीसोनारीको न्यायिक समितिमा ६ महिनामा २१ मुद्दा, १६ वटा फछ्यौंट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
राप्तीसोनारीको न्यायिक समितिमा ६ महिनामा २१ मुद्दा, १६ वटा फछ्यौंट

राप्तीसोनारीको न्यायिक समितिमा ६ महिनामा २१ मुद्दा, १६ वटा फछ्यौंट

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो, पहाडमा मौसम बदलीदेखि सफा रहने

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?