ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

News Desk by News Desk
११:२६ बिहान, जेष्ठ १६, २०८१
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
410
सेयर
377
VIEWS
ShareTweetSendShare

कैलाली जेठ १६ गते ।
कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो ।

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । “गर्मीले पढ्नै सकिँदैन,’ उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेन्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेन्च पनि तातेका हुन्छन् ।’

दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन् । ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ,’ उनले भनिन्, ‘पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।’

यस्तै कक्षा ५ मा अध्ययनरत रजनी सुनारले विद्यालयमा सबै कक्षाकोठा टिनले छाएकाले पढ्न गाह्रो हुने गरेको बताइन् । ‘टिनले छाएका कोठामा पढ्न दिउँसो गाह्रो हुन्छ,’ उनले भनिन्, ‘अधिकांश साथीहरू बीचमै पढाइ छाडेर घर हिँड्छन्, केही साथीहरू गर्मीमा विद्यालय नियमित आउँदैनन् ।’

सम्बन्धित समाचार

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

विक्रम थारू खडक स्मृति माविमा कक्षा ९ मा पढ्छन् । उनी कक्षामा ९० विद्यार्थी अध्ययनरत छन् । ‘एउटै कक्षामा यतिधेरै विद्यार्थी बस्छौँ, भीडभाड हुँदा त्यसै गर्मी हुन्छ,’ उनले भने । शिक्षकलाई पनि पढाउन गाह्रो हुने गरेको थारु बताउँछन् । कक्षा ८ का विद्यार्थी अंशु चौधरीको कक्षामा एक सय १३ विद्यार्थी छन् । एउटै बेन्चमा सात सात जनासम्म कोच्चिएर बस्नुपर्छ । उनी भन्छन्, ‘गर्मी सहन नसकेर केही साथीहरू नियमित विद्यालय आउँदैनन् ।’

कैलालीको टीकापुर नगरपालिकाभित्रका सबै विद्यालय दिउँसो सञ्चालनमा छन् । जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन । दिउँसो बालबालिकालाई गर्मीले सताउँछ । केही विद्यालयमा टिनका छाना छन् । अझ बिजुली गएका बेला बस्नै कठिन छ । प्रधानाध्यापकहरूको बैठकले सबै विद्यालय अनिवार्य दिउँसो चलाउने निर्णय गरेकाले यस वर्ष सबै विद्यालय दिउँसो सञ्चालन गरिएका हुन् ।

‘यस्तो बेलामा बिहानी कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ’, अभिभावक रमेश चौधरीले भने । अभिभावकले अत्यधिक गर्मी बढेकाले केही दिन विद्यालय बिदा दिनुपर्ने मागसमेत गरेका छन् । टिकापुर बाहेकका पालिकामा विद्यालयको अवस्थाअनुसार बिहान र दिउँसो पढाइ सञ्चालनमा छ ।

ADVERTISEMENT

टीकापुरमा पनि विद्यालयले चाहेअनुसार पठनपाठन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘विद्यालयको अवस्थाअनुसार सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

Share184Tweet94SendShare
Previous Post

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

Next Post

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
Next Post
आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?