ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सत्तामा पुगेपछि लुम्बिनीमा कांग्रेस र एमालेभित्र कलह

News Desk by News Desk
१२:४० बिहान, साउन १२, २०८१
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
410
सेयर
394
VIEWS
ShareTweetSendShare

लुम्बिनी साउन १२ गते ।
लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेसँगै दुवै दलभित्र कलह बढेको देखिएको छ । सरकारको नेतृत्व गरेको एमालेभित्र संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि प्रदेशमा आन्तरिक कलह बढेको हो ।

यता नेपाली कांग्रेसभित्र मन्त्रीहरूको छनोट गर्दा कांग्रेस प्रदेश समितिसँग छलफल नगरी केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि विवाद बाहिर आएको छ । मुख्यमन्त्री चयनमा असन्तुष्टि जनाउँदै एमाले संसदीय दलका नेता लीला गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष दलको नेताबाट राजीनामा नै बुझाएका छन् ।

यस्तै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीयताको मर्म विपरीत केन्द्रबाट हस्तक्षेप गरेर प्रदेशको सरकारमा मन्त्रीहरू छनोट गरिएको भन्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएका छन् । कांग्रेस प्रदेश सभापति पुनले मन्त्रीहरूको नाम नसच्याएमा छिटै प्रदेशमा भेला गरेर दबाब दिने योजना रहेको बताए ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीले लुम्बिनी प्रदेश सरकार गठन हुनासाथ नेपाली कांग्रेस र एमालेभित्र आन्तरिक कलह हुनुमा केन्द्रीय नेतृत्वको दोष रहेको बताए । उनले प्रदेश संरचना पार्टीले निर्माण गरे पनि केन्द्रमा रहेका शासकहरूको सोच अझै सिंहदरबारबाट निर्देशित हुनुपर्ने मान्यता रहेकाले एमाले र कांग्रेसभित्रको विवाद बाहिर आएको बताए । मुख्यमन्त्री नियुक्त गर्ने, मन्त्रीहरू छनोट गर्ने अधिकार प्रदेशका नेताहरूमै हुनुपर्नेमा केन्द्रबाट पुरानो शैलीमा हस्तक्षेप गर्दा लुम्बिनीमा अहिले यस्तो अवस्था आएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

एमाले केन्द्रीय अनुशासन समितिका सदस्य तुलसी प्रसाद चौधरीले नेतृत्वको कमजोरीले गर्दा यस्तो अवस्था आएको बताए । उनले पार्टीभित्रको विवाद छिटै मिलाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले प्रदेश सभापति प्रदेशको संसदीय बोर्डमा पदेन सदस्य हुने व्यवस्था रहे पनि लुम्बिनीमा नेतृत्वले समन्वय नगर्दा कांग्रेसभित्रको विवाद बाहिर आएको बताए । लुम्बिनी प्रदेशमा बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले ८ जना मन्त्री नियुक्त गरे पनि विभागीय जिम्मेवारी तोकेका छैनन् । नेपाली कांग्रेसबाट ४ जना र एमालेबाट ४ जना मन्त्री छन् ।

प्रदेश सरकारका अझै तीन जना मन्त्री नियुक्त गर्न बाँकी छ । हाल विनाविभागीय रहेका मन्त्रीको जिम्मेवारी तोक्ने र बाँकी तीन मन्त्री पनि नियुक्त गर्ने योजनामा मुख्यमन्त्री रहेको विनाविभागीय मन्त्री भुमेश्वर ढकालले बताए । उनले पार्टीभित्रको समस्याले कहिलेकाहीँ काम कारबाहीमा अप्ठ्यारो हुने भए पनि अहिले सरकार विस्तार र मन्त्रीहरूको कार्य विभाजनमा अप्ठ्यारो नहुने दाबी गरे । उनले नेताहरूसँग मुख्यमन्त्री संवादमै रहेकाले समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे ।

तर उनले दाबी गरेजस्तै छिटै नेपाली कांग्रेसबाट नयाँ मन्त्रीको नाम तत्काल सिफारिस हुने सम्भावना कम छ । प्रदेश समितिको सहमतिविना नयाँ मन्त्रीको नाम दिएमा पार्टी नेतृत्वलाई थप अप्ठ्यारो पर्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सचेतक निमा गिरीले बताइन् । यता एमालेभित्र पनि अझै संसदीय दलको नेता लीला गिरीको राजीनामा स्वीकृत भइसकेको छैन । गिरीसँगै एमालेको प्रमुख सचेतक र सचेतक पनि स्वतः निष्क्रिय भएकाले उनीहरूको ठाउँका नयाँ छनोट गरेपछि मात्रै प्रदेश सभामा एमालेको भूमिका प्रभावकारी हुन सक्छ ।

ADVERTISEMENT
Share174Tweet99SendShare
Previous Post

सामुदायिक सेवा केन्द्रको एम्बुलेन्स गायब

Next Post

राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post
राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?