ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई

News Desk by News Desk
१२:३८ बिहान, भदौ ३०, २०८१
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
404
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३० गते ।
दशैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याई छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मुर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए ।

“चौध–पन्ध्र जति मुर्ति तयारी अवस्थामा छन्, रङ्रोङ्गन गर्न मात्रै बाँकी छ, अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याई छ”, छोटुले भने, “आजभोली मुर्ति किन्न भारत जानु पर्दैन नेपालगञ्जमै ठाउँ–ठाउँमा बन्ने गरेका छन् ।” उनका अनुसार सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ ।

मुर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैंको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैं बनाएर बिक्री गर्ने गरिएको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् ।

दुर्गा भवानीका आकर्षक मुर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताए । नेपालगञ्जमै तीन चार ठाउँमा व्यवसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यस बाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

दशैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याई छ । तराईमा दसैंको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूर्तिमा पूजा गर्ने चलन छ । बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका राजकुमारको यो पुख्र्यौली पेसा हो ।

“पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भने, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।” उनका अनुसार रु. २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु. चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ ।

राजकुमारले आफू जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुले रु. १० हजारदेखि रु. २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । “सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भने, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।” बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् ।

ADVERTISEMENT

त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दशैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । दशैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताए ।

Share170Tweet98SendShare
Previous Post

मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तारजाली

Next Post

राप्रपाका नेता मुकेरी जसपा नेपाल प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
राप्रपाका नेता मुकेरी जसपा नेपाल प्रवेश

राप्रपाका नेता मुकेरी जसपा नेपाल प्रवेश

मोहम्मद डेमा नेपालगन्ज, जानकी र नरैनापुरमा सार्वजनिक विदा

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?