ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद

News Desk by News Desk
१२:४८ बिहान, चैत्र २३, २०८१
बाँके प्रहरीको अग्रसरता : बैशाखदेखि फागुनसम्म करिव साढे दुई किलो ब्राउन सुगर बाँके प्रहरीद्वारा बरामद
528
सेयर
527
VIEWS
ShareTweetSendShare

बाँक चैत २३ गते ।
लागु औषधलाई सुरक्षाको मुख्य चुनौतिको रुपमा लिएर अभियान थालेको बाँके प्रहरीले ११ महिनामा दुई किलो १११ ग्राम ३५२ मिली ग्राम ब्राउन सुगर बरामद गरेको छ । बाँकेको मुख्य नाका जमुनाह र अन्य सहायक नाका भएर लागु औषधको कारोवार, ओसारपसार तथा प्रयोगकर्ता बढ्दा सुरक्षा चुनौति थपिएपछि बाँके प्रहरीले नियन्त्रणका लागि विशेष निगरानी बढाएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनका अनुसार, बाँके प्रहरीले ११ महिनामा एक हजार आठ सय ९१ ट्याब्लेट नाइट्रजेपाम, ६ हजार पाँच सय १३ ट्याब्लेट ट्रामाडोल, चार किलो दुई सय ग्राम चरेश, दुई किलो २५० ग्राम गाँजा बरामद गरेको छ । लागु औषध ओसारपसारमा संलग्न दुई सय ३१ जनालाई पक्राउ गरि कानुन दायरामा ल्याइएको एसपी कार्कीले बताए ।

यस अवधिमा पाँच सय ५९ जना फरार अपराधी पक्राउ गरि दुई सय ४८ वर्ष १३ दिन कैद भुक्तान तथा एक करोड ९५ लाख ६० हजार ९६७ रुपैयाँ जरिवाना असुल गरिएको बाँके प्रहरीले जनाएको छ । ‘अदालतबाट सजाय फैसला भएर फरार रहेका अपराधिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने सरकारको नीति अनुसार पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको छ,’ उनले भने ।

बैशाखदेखि फागुनसम्मको अवधिमा बाँके प्रहरीमा एक हजार चार सय ७४ वटा मुद्धा दर्ता भएका छन् । किटानी जाहेरीमा नाम रहेका मध्ये एक हजार दुई सय ८५ जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याइएको उनले बताए । ‘यस अवधिमा पाँच सय २ वटा पेन्डिङ मुद्धा फच्यौैट भएको एसपी कार्कीले अनलाइन खोजखवरलाई जानकारी दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

उनले ११ महिनामा चार हजार आठ सय ४८ वटा निवेदन परेकोमा चार हजार तीन सय ५३ वटा फच्यौट भएको बताए । सवारी धनीको नाम नखुलेका एक सय २१ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएर लिलाम गरि ६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरिएको बाँके प्रहरीले जनाएको छ ।

यस अवधिमा बाँके प्रहरीले पाँच करोड ७७ लाख ९५ हजार १८१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरि आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको एसपी कार्कीले बताए । अबैध सामानसहित १४ जनालाई पक्राउ गरिएको छ भने ट्रक एक, एक माइक्रो बस, चार वटा जिप, २ वटा कार र २० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कानुनी कारवाही गरिएको छ,’ उनले भने ।

बाँके प्रहरीले सवैभन्दा धेरै ट्राफिक कारवाहीबाट राजस्व संकलन गरेको छ । ‘गत ११ महिनामा ट्राफिक नियम उलंघन गर्ने ३० हजार १३६ वटा सावरी साधनलाई कारवाही गरी दुई करोड ६३ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ एसपी कार्कीले भने ।
भारतबाट ल्याइएका करिव १२ लाख ६४ हजार ८१० रुपैयाँ मुल्य बराबरको ब्रोइलर कुखराको चल्ला, मासु र कुखरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको उनको भनाई छ । उनले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ८ वटा जेसिवी, २२ वटा टिप्पर र १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरि एक लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए ।

ADVERTISEMENT

हुण्डी कारोवारमा संलग्न २४ लाख ६२ हजार ३१५ रुपैयाँसहित तीन जनालाई पक्राउ गरि कानुनी कारवाही अगाडी बढाएको बाँके प्रहरीले अनलाइन सट्टेबाज (जुवा) खेल्ने, खेलाउने १५ जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याएको छ । ‘गत १० भदौँमा बाँके प्रहरीले ४०७ ग्राम सुन, १० किलो ६१३ ग्राम चाँदीसहित ४ जनालाई पक्राउ गरेको बताउँदै एसपी कार्कीले ४० लाख १० हजार २५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँसहित ७ जना हुण्डि कारोबारी पक्राउ गरि कानुनी दायरमा ल्याउन सफल भएका छौँ,’ उनले भने ।

बाँके प्रहरीले गत असोज २७ र २८ गते नाबालिकालाई सामुहिक करणी गर्ने ५ जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको छ । जमिनमुनीबाट सुन निकाली दिन्छु भनी दुई करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । ‘नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गने कार्यमा संलग्न सात जनालाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइएको छ,’ एसपी कार्कीले भने ।

Share212Tweet132SendShare
Previous Post

प्रयोगशाला विनानै पानी उद्योग सञ्चालन

Next Post

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
Next Post
नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

नेपालगन्ज र आसपास क्षेत्रमा क्रिकेट स्टेडियम निर्माणका लागि आफ्नो निजी जमिन दिने समाजसेवी राजा खानको उद्घोष

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्विनी प्रदेश सरकारले देखायो तदारुकता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?