ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात फर्किए किसान

News Desk by News Desk
७:१३ बिहान, साउन १९, २०८२
बिहान चार बजेदेखि लाइन, मल नपाउँदा रित्तै हात फर्किए किसान
410
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
बाँकेको कोहलपुर ११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।

सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली बोरा समाएर सयौँको संख्यामा किसानहरु सहकारीको गेटबाहिर लामो लाइनमा बसे । घण्टौँ लाइनमा बस्दासमेत उनीहरुले मल पाएनन् र ११ बजेतिर अन्ततः रित्तो बोरा लिएर घर फर्कनु पर्यो ।

“सहकारीको सूचना अनुसार हामी बिहानै ४–५ बजेदेखि नै लाइन लागेर बस्यौँ, अहिले सूचना जारी गरेर आज मल वितरण हुँदैन भनेर जानकारी गराए, ८ वर्ष भयो यो सहकारीको शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल यहाँबाट लैजान पाएको छैन ।” कोहलपुर १३ का किसान लालबहादुर बुढाले भने, “अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।”

अर्का किसान शेरबहादुर खड्काले बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दुःखेसो पोखे । “टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्छ ।” उनले भने, “न समयमा मल पाइन्छ, न बीउ पाइन्छ, न सिँचाइ छ, आकासे भरमा खेती गर्ने हो तर समयमै केही पनि नपाउँदा कसरी हामीले उत्पादन गर्न सक्छौँ, के खाने, के खुवाउने ?”

सम्बन्धित समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

“अहिलेसम्म छ पटक आइसकेँ, कुपन पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने, मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दुःख छ, नेताहरु किसानका समस्या समाधान गर्छौँ भन्छन्, ठुलाठुला भाषण गर्छन्, तर हामीले २० किलो मल पाउन पनि यो हालत छ ।” कोहलपुर १२ का किसान आसिराम सार्कीले भने, “अरु के आशा गर्नु ? यो पटकमात्र होइन हरेक वर्षको समस्या हो यो, किसानले कहिल्यै राहत नपाउने भए, कसलाई के भन्ने र ?”

सहकारीले साढे दश बजेतिर एक सूचना जारी गर्दै मल वितरण गर्ने कार्य बढी भिडभाड भएका कारण भन्दै स्थगित गरेको जानकारी गरायो । उक्त सूचना हेरेपछि जम्मा भएका किसान अल्ल न मल्लमा परे । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरण गर्ने भनी कुपनसमेत वितरण गरिएको तर मल वितरण गर्दा बढी भिड भएकाले मल वितरणमा समस्या आएका कारण कुपन पाएका किसानहरु सोमबार बिहान १० बजेपछि कुपन लिएर आएमा मल पाउने भनेर उल्लेख गरिएको छ । सूचनामा कुपन नपाएका किसानहरुले अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गरिने जनाइएको छ ।

सहकारीका अध्यक्ष पारसनाथ थारुले सहकारीको सदस्य संख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताए । “हामीलाई आवश्यक मल सरकारले दिँदैन्, मागअनुसारको मल पु¥याउन सक्दैन्, हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, जे जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा कुझ्दैनन्, उनीहरुले सहकारीले मल दिएन भन्छन्, तर हामीसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्नु ?” उनले भने, “नगरपालिकाअन्तर्गत रहेको नगर कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरुका पाँच सातसय सदस्य छन्, हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबार भाग लगाएर हामीलाई मल दिइन्छ अनि कसरी माग धान्न सक्छौँ हामीले ?”

ADVERTISEMENT

उनले असार महिनामा आएको १८० बोरी युरीया मल वितरण गरिएको तर अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको बताए । “असारमा आएको १८० बोरी युरीया मल वितरण ग¥यौं, अहिले २०० बोरी आएको छ, यो वितरण गर्न भनेर गत मङ्गलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ ।” उनले भने, “सोही मल आजलाई वितरण गर्ने योजना बनाएर ३५० वटा कुपन वितरण ग¥यौं, बिहानैबाट किसानको लाइन थियो, भिडभाड थियो, कुपन पाएका किसानलाई सहकारीको गेट बन्द गरेर भित्र वितरण गर्न थालेका थियौँ, बाहिरबाट सयौँको संख्यामा रहेका अन्य किसानहरुले गेट तोडर भित्र पस्नुभयो र आजपनि वितरण गर्न सकेनौँ ।”

“सम्बन्धित ठाउँमा समन्वय गर्दा साउन अन्तिम नभए भदौ पहिलो साता मल आउँछ भन्छ, कोटा निर्धारण गर्दा सम्बन्धितले सदस्य संख्या हेरेर मल दिनुप¥यो, अरुलाई १०० बोरी दिँदा हामीलाई ३–४०० बोरी दिनुप¥यो ।” अध्यक्ष थारुले भने, “हामी पनि किसानै हौँ, हामीलाई किसानका पीडा थाहा छ तर के गर्न सक्छौँ हामी ? अन्य किसानहरुले बुझिदिनुप¥यो, सरकारले व्यवस्थापन गर्दैन्, समयमा मागअनुसारको मल दिँदैन्, यसमा हाम्रो गल्ती छैन्, सरकाले तत्काल यो समस्या समाधान गर्न पहल गरोस् ।”

Share165Tweet102SendShare
Previous Post

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो

Next Post

गुलरियामा रोकिएन चितुवा आक्रमण, स्थानीय त्रसित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने
मुख्य समाचार

बाँकेमा मनोनयन शान्तिपूर्ण, क्षेत्र नं. २ मा २२ जनाको उम्मेदवारी, दुई उम्मेदवारले आफ्नै क्षेत्रमा भोट हाल्न नपाउने

१०:५४ बिहान, माघ ७, २०८२
उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता
मुख्य समाचार

उपमेयरबाट संसदतर्फ कमरुद्दिन राई, बाँके–२ बाट जसपाको मनोनयन दर्ता

८:४१ बिहान, माघ ७, २०८२
बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा
मुख्य समाचार

बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिन नेपालगन्जका उपमेयर राईले दिए पदबाट राजिनामा

९:३४ बिहान, माघ ६, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ ३, २०८२
बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत
मुख्य समाचार

बढ्दो जाडोका बीच नरैनापुरमा १२८ दलित परिवारलाई राहत

१२:०० बिहान, माघ २, २०८२
लोप हुँदै आगुन्तक पन्छीहरु
मुख्य समाचार

बाँकेमा जलपन्छी गणना सुरु, तालतलैया र नदी क्षेत्रमा अनुगमन

११:३० मध्यान्ह, माघ १, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
Next Post
चितुवाको आक्रमणबाट एकजना घाइते

गुलरियामा रोकिएन चितुवा आक्रमण, स्थानीय त्रसित

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

पाँचवटा प्रदेशमा भारी, तीनवटामा धेरै भारी वर्षाको सम्भावना

बाँकेमा २७ प्रतिशत खेत बाँँझै, रोपाइँ सुस्त

देशभर ८३.८८ प्रतिशत धान रोपाइँ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?