ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

तस्करीको हव बन्दै साईगाउँ क्षेत्र, तस्करीलाई प्रोत्साहन गर्ने प्रहरी कर्मचारीलाई कारवाही गर्न माग

News Desk by News Desk
२:१४ बिहान, पुस १०, २०८२
521
सेयर
511
VIEWS
ShareTweetSendShare

बाँके पुस १० गते ।
तपाईं–हामीलाई नेपालगन्जको जमुनाहा नाकाबाट मात्र तस्करी हुने गरेको हो कि भन्ने लाग्न सक्छ, तर वास्तविकता भने फरक देखिएको छ । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बढैया, बेलभार र साईगाउँ क्षेत्रबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको छ ।

सहायक नाकाबाट तस्करी गर्दा सर्वसाधारणको ध्यान कम जाने र नाकामा खटिएका सुरक्षाकर्मीलाई मिलाएर सजिलै अवैध सामान भित्र्याउन सकिने भएकाले तस्करहरु ती क्षेत्रमा केन्द्रित हुन थालेका हुन् । हाल यी क्षेत्र तस्करीका मुख्य ट्रान्जिट प्वाइन्टका रुपमा विकसित हुँदै गएका छन् ।

साईगाउँ, बढैया र बेलभारमा खटिएका प्रहरीकै संरक्षणमा तस्करहरूले दिनदहाडै सामान ओसारपसार गर्ने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । सीमावर्ती स्थानीयवासीका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करीका सामान भित्रिने गरेको छ । ‘सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङ नमिल्दासम्म तस्करी सम्भव नै छैन,’ साईगाउँका एक प्रत्यक्षदर्शीले बताए । पछिल्लो समय नेपालगन्ज बजारबाट धमाधम अबैध सामान बरामद भइरहनु सामान्य संयोग मात्र होइन । यो अवस्था नाकामै सुरक्षा संयन्त्र कमजोर बनाइँदा वा मिलेमतो (सेटिङ) हुँदा उत्पन्न हुने गम्भीर संकेत हो ।

एक स्थानीयले भने, ‘सीमा नाकामा कडा चेकजाँच हुने हो भने भारतबाट अवैध रुपमा भित्रिएका सामान नेपालगन्जमा कसरी बरामद हुन्छन् ?’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको बताइए पनि मैदानमा खटिएका सुरक्षाकर्मीले ती निर्देशनलाई खुलेआम लत्याउँदै आएको स्थानीयको आरोप छ । निर्देशनविपरीत चेकपोष्ट र प्रहरी चौकी नजिकैबाटै तस्करीका सामान पास हुने गरेको एक स्थानीयले बताए । स्थानीय स्रोतका अनुसार रात पर्नासाथ साईगाउँ क्षेत्रमा तस्करी सुरु हुने गरेको छ ।

सम्बन्धित समाचार

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

कपडा, खाद्यान्न, कस्मेटिक, इलेक्ट्रोनिक्स, पार्टपुर्जा, सुर्तीजन्य पदार्थ लगायतका अवैध सामान सुरक्षाकर्मीको आँखै अगाडि सीमा पार गरिने गरेको स्थानीयहरूले बताएका छन् । ‘तस्कर र सुरक्षाकर्मीबीच समन्वय भएर नै अवैध सामान भित्रिने गरेको छ,’ नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए ।

तस्करले अवैध रूपमा सामान भित्र्याउँदा वैध रुपमा व्यापार गर्दै आएका व्यवसायीहरू मारमा परेको गुनासो गरेका छन् । ‘हामी वैध रूपमा कर तिरेर व्यापार गर्छौँ, तर प्रहरीको सेटिङमा खुलेआम तस्करी हुँदा हाम्रो व्यवसाय धरासायी बन्दै गएको छ,’ एक स्थानीय व्यवसायीले भने, ‘इमान्दार व्यापारीलाई टिक्नै गाह्रो भएको छ ।’ अवैध सामान ओसारपसारबारे सूचना दिने स्थानीयमाथि नै निगरानी, धम्की र दबाब आउने गरेको गुनासो पनि गरिएको छ । ‘माथिल्लो तहबाट आएको कडाइ साँच्चिकै कार्यान्वयन भएको भए साईगाउँ क्षेत्र तस्करीको केन्द्र बन्ने थिएन,’ एक स्थानीयले बताए ।

सीमा क्षेत्रबाट भइरहेको तस्करीका कारण राज्यले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ भने नेपाली उद्योग–व्यवसाय पनि गम्भीर रूपमा प्रभावित बनेका छन् । साईगाउँ क्षेत्रबाट भइरहेको तस्करीबारे तत्काल अनुगमन गर्न स्थानीयले माग गरेका छन् । ‘मैदानमा खटिएका प्रहरी कर्मचारीको भूमिका र सम्पत्तिको समेत अनुसन्धान हुन जरुरी छ,’ स्थानीयको भनाइ छ ।

ADVERTISEMENT

समयमै कडा कदम चाल्न नसकिए साईगाउँ क्षेत्र तस्करीको स्थायी हब बन्ने खतरा बढ्दै गएको स्थानीयले चेतावनी दिएका छन् । यसले प्रहरी संगठनकै साखमा गम्भीर धक्का पुग्ने उनीहरूको भनाइ छ । ‘तस्करी रोक्न नसक्ने र तस्करलाई संरक्षण दिने प्रहरी कर्मचारीमाथि कारबाही नगर्ने हो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीप्रतिको जनविश्वास झन् खस्किनेछ,’ एक स्थानीयले चेतावनी दिए ।

Share214Tweet128SendShare
Previous Post

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

Next Post

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ
अपराध

जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ५ लाख ६२ हजार ठगी, तेली पक्राउ

४:४८ बिहान, साउन २०, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

१०:१६ बिहान, साउन १९, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

भारतबाट आएका जङ्गली हात्तीको आतंक

बर्दियामा हात्तीको त्रास, रातभर निदाउँदैनन् स्थानीय

खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक

नेपालगन्ज मेयर कपको तयारी पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?