ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

जावेद अन्सारी by जावेद अन्सारी
६:५४ मध्यान्ह, पुस ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस ७ गते ।
बाँकेको हुलाकी सडक अन्तरगत पर्ने राप्ती पुलको करिव सय मिटर अगाडी विना नदी र सडक विनै पुल निर्माण भएको छ । ०७०/०७१ मा भैरव कन्ट्रक्सन काठमाण्डौले ठेक्का पाएको उक्त पुल ०७६ सालमा सकिएको छ । ०७६ साल जेष्ठमा सकिनुपर्ने पुल अहिले सकिएको हो ।

उक्त पुलको तल नदी छैन, सडक पनि छैन ।
नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन, न त मानिसको आवतजावत नै हुन्छ । हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ ।
आयोजनाको अभिलेखमा उल्लेख भएजस्तै पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ ।

४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन बनेको छ । हचुवाका भरमा पुल निर्माण गर्दा प्रयोगमा आउन नसकेको स्थानिय गंगाराम थारुले भन्नुभयो ।
उहाँले त्यहाँ पूरै बालुवा छ । राप्ती नदीको बगर क्षेत्र पूरै बालुवायुक्त छ । त्यहाँ वारपार नै पुल बनाउन पहिले नै अध्ययन थालिनुपथ्र्यो उहाँले भन्नुभयो । जुन किसिमको बन्नुपर्ने हो त्यो किसिमकोले पुल निर्माण नबनेको उहाँले बताउनुभयो ।

हचुवाका भरमा काम शुरु गर्दा सडकविनाको पुल मात्र बन्न पुगेको छ । पुल बनाउनै पर्ने भए राप्ती पुल सटेर बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो ।
राप्ती नदीमा सञ्चालनमा रहेको अर्को पुलसँगै जोडेर एक किलोमिटर लामो पुल निर्माण भए मात्रै समस्या समाधान हुन्छ, त्योबाहेक अरु विकल्प छैन स्थानिय फलुदन्त चौधरीले भन्नुभयो ।
२÷३ बर्ष देखि यो पुल यस्तै देखिरहेको छु चौधरीले भन्नुभयो । खाली ठाउँमा बनाएको हुनाले उपयुक्त ठाउँमा नरहेको उहाँले धारणा राख्नुभयो ।
नेपालगञ्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजिकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारी साधन कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् ।
यही पुललाई नर्सरीसम्म नजोडेसम्म यसको केही काम नहुने स्थानिय बालापुरका बर्साती यादवले भन्नुभयो । यसलाई जोडेर अझ लामो बनाउनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

बर्खायाममा राप्ती नदीमा बाढी आउँदा आवतजावतमा समस्या हुँदै आएको उहाँले बताउनुभयो । मोटरसाइकल, साइकल र पैदलयात्रुलाई समस्या हुने गरेको छ । बर्खामा राप्ती नदीमा बाढी आएपछि आवतजावत नै ठप्प हुन्छ स्थानिय उदयराज यादवले भन्नुभयो ।
पुल प्रयोगमा नआउँदा वैकल्पिक सडकबाटै सवारी साधन आवतजावत गर्दै आएका छौ यादवले भन्नुभयो । वर्षायाममा बाढी आइहाल्यो भने आवतजावतमा समस्या हुने गरेको स्थानीयवासी यादवको भनाइ छ ।

पुल बनेको ठिकै हो तर यो पुल जस्तै अझै आठवटा पुल बनेमात्र यसपुलको सार्थकता जनताले पाउने स्थानिय भैरवपुरी नागाबाबाले भन्नुभयो । पुल बन्यो पुलमाथि हिडदुल गर्ने वातावरण नै छैन नागाबाबाले भन्नुभयो ।

हुलाकी सडक आयोजना नेपालगञ्जका अनुसार सो स्थानमा करीब एक किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण कार्य रोकिएको थियो । २०७० सालको ठेक्का भयो बाढि २०७१ सालमा आयो योजना भैसकेको हुनाले यसलाई विचमा रोक्न नसकिएको हुलाकी सडक आयोजना नेपालगञ्जका निमित्त प्रमुख रामसागर हरिजनले भन्नुभयो ।
पुलको कार्यलाई धेरैचोटी रोक्ने प्रयास भयो तर योजनाको डिजाईन भैसकेको हुनाले माथिको निर्देशन बमोजिम रोक्ने र काम गर्ने प्रक्रिया चलिरहेको आयोजनाका निमित्त प्रमुख हरिजनले भन्नुभयो ।

ADVERTISEMENT

यसलाई रोक्न पूरै बगर क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएपछि सडक निर्माणको काम रोकिएको हुलाकी सडक आयोजना नेपालगञ्ज कार्यालयका निमित्त प्रमुख हरिजनले बताउनुभयो ।
विसं २०७१ असार २५ मा ठेक्का सम्झौता भएर निर्माण शुरु भई २०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य प्रगति ७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो । त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको थियो हरिजनले भन्नुभयो ।

अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको बताउँदै उहाँले थप एक किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । यसको काम पनि छिट्टै हुने उहाँले जानकारी गराउनुभयो ।
कहिले भन्ने फिक्स नभएको जानकारी गराउदै निमित्त प्रमुख हरिजनले भन्नुभयो यस विषयमा पनि कुरा चलिरहेको छ । काम पनि हुन्छ ।
देशका कतिपय स्थानका नदीमा पुल नहुँदा स्थानीयले सास्ती व्यहोरेका छन् । तर नेपालगञ्जदेखि ७ किलोमिटर टाढा न नदि न सडकमा पुल निर्माण भैसकेको छ ।
सो सडकमा एउटा यस्तो पुल बनेको छ जहाँ खोला नै छैन । नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन ।
सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ ।
त्यति मात्र होइन उक्त पुलले सडकलाई पनि छोएको छैन । स्थानियका अनुसार सो पुल बनाउनु भन्दा नबनाएकै जाति थियो तर कस्ले र कसरी बनायो सो बारेमा जानकारी नभएको स्थानियहरुको भनाई छ ।

Share150Tweet94SendShare
Previous Post

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

Next Post

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

वर्षौदेखि राप्तिको किनारमा सुन खोज्दै कुमाल जाती

बसको ठक्करबाट बालिका को मृत्यु, बसमा आगजनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?