सरला सुबेदी बाँके बैशाख २६ गते ।
नयाँ बर्ष २०७७ शुरु भए सङ्गै यि गुलाबका फुलहरु फुलेर पुरै ढकमक्क भएका छन् । बसन्त ऋतुमा नयाँ बर्षको झन छुट्टै बहार र उमंग हुन्छ । बसन्त ऋतुमै धेरै थरीका फूल ढकमक्क फुलेका छन लाहुरे फुल, बेलि चमेली फुल, भिन्डी फुल ,लगायत अन्य धेरै फुलहरु तर पनि बसन्त ऋतुमा झन गुलाब यसरी फुल्छ कि सबैको मन नै लोभ्याउछ लाग्छ, टपक्क टिपेर कसैको हातमा राखिहालौ , टपक्क टिपेर कपालमा लगाइहाल्यौ या कसैको शिरैमा शिरफुल बनाएर सजाइदिउ।
तर मन लाग्दा लाग्दै नि फुल चुड्न हामिलाई माया लाग्छ है ।बसन्त ऋतुको यो समयमा बाटो, बगैचा, घर, वरिपरी रहेका गुलाबका फूलहरु फुलेका छन । राता, सेता पहेंलो सबै गुलाबका फूलले प्रेमलाई गाढा बनाउछ अनि यो लकडाउनको समयलाई भुलाउने पनि ।
अहिले लकडाउनका बेला धेरै मानिस घरमै हुँदा प्राकृतिक रुपमा फूलिरहेका गुलाब हेरेर पनि दिन काटिरहेका छन कोहि फोटो खिच्न मा मख्ख छन् ।र घरमै बस्नु परेको र आफ्नो वरिपरी गुलाबको बोट नहुनेलाई औडाहा भएको हुन सक्छ तर आफ्नो मा फुल नभएपनी गुलाब फुलेको ठाउमा गएर फोटो खिच्न हामी एकदम मनपराउछौ।
हमिलाई गुलाबको अलगअलग रंगको फुलले अलगअलग फिलिंग्स प्रकट गर्दछ । आफनो प्रेमी–प्रेमीका लाई गुलाब दिदा हामिलाई संसार नै दिए जस्तो लाग्छ होइन । गुलाब धेरै रङ्गका हुन्छ्न त्यसमा नि हामिले रातो गुलाब लाई मायाको प्रतीक मान्छौ अनि रातो गुलाब दिए प्रेम गाढा हुन्छ भनेर खोजिखोजी प्रेमिप्रेमिकालाई रातो गुलाब नै दिन्छौ माया दर्शाउन भ्यालेनटाइनको दिनमा पनि फुलको पसलहरुमा रातो रंगको गुलाब सबैभन्दा बढी नै देखिन्छ अनि सेतो गुलाब शुद्धता, साँचो र विनम्रताको प्रतिक मानिन्छ ।भने पहेलो गुलाबले खुशीयाली दर्शाउछ भने गुलाबी गुलाबले सुन्दरताको बर्णन गर्छ। अरेन्ज गुलाब सम्बन्ध प्रगाढ निरन्तरता राख्नको लागी साथै तपाईको उत्साह बचाइराख्न अरेन्ज गुलाब दिने गरिन्छ यसरी छुट्टाछुट्टै रङ्गका छुट्टाछुट्टै विशेषता रहेका हुन्छ्न ।साच्ची गुलाब मायाप्रेमको लागि आदानप्रदान मात्र हुने होइन गुलाबको फूलले विभिन्न स्वास्थ्य समस्यालाई रोक्न सक्छ, केही साधारण समस्या ठिक पार्न सक्छ रङ्गीचङ्गी गुलाबमा ९५ प्रतिशत जलांश हुन्छ ।
अर्थात कब्जियतको समस्या हल गर्न यसले केही मद्दत गर्न सक्छ । यसमा थोरै मात्रामा भिटामिन ‘सी’ हुन्छ, केही रेसादार पदार्थ पनि हुन्छ । गुलाबको फूलमा सूक्ष्म पोषक तत्त्व कम हुन्छ । तर यो खाँदा सौन्दर्य बढ्छ ।
गुलाबको फूलको पातबाट सर्वत बनाइन्छ । गुलाबजल बनाएर सुगन्धका लागि प्रयोग गरिन्छ अनि फुलेर झरेको गुलाबको पत्ता सुकाएर पानीमा उमालेर वा तातो पानीमा हालेर केही छिन् राखेपछि मिठो बास्ना आउँछ । त्यसलाई मजासँग पिउन सकिन्छ, चियाजस्तै बनाउने अनि गुलाबको फुल ले प्रकृति सुन्दर बनाए सङ्गै मान्छेको मन लोभ्याउने काम सङ्गै स्वास्थ र सौदर्यको लागि पनि एकदम गुणकारी मानिन्छ ।
Discussion about this post