ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राप्तीसोनारीको न्यायिक समितिमा ६ महिनामा २१ मुद्दा, १६ वटा फछ्यौंट

News Desk by News Desk
१०:०७ मध्यान्ह, माघ २४, २०८०
राप्तीसोनारीको न्यायिक समितिमा ६ महिनामा २१ मुद्दा, १६ वटा फछ्यौंट
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको ६ महिनामा २१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएकामध्ये १६ मुद्दा फछ्यौट भएको छ भने २ वटा मुद्दा हेर्न बाँकी रहेको कानुन शाखा प्रमुख लोकन्द्र चन्दले जानकारी दिए । आर्थिक वर्ष २०७९÷०८० मा ४ वटा मुद्दा सरेर आएको जानकारी पनि उनले दिए ।

आर्थिक वर्ष २०७८÷७९ मा न्यायिक समितिमा २८ वटा मुद्दा परेका थिए । तीमध्ये २४ वटा मुद्दा फछ्र्यौट भएका थिए भने ४ वटा मुद्दा सरेर आएका थिए । चालू आर्थिक वर्षमा दर्ता भएका मुद्दा मध्ये दुई वटा दरपिट गरिएको पनि उनले बताए । न्यायिक समितिको क्षेत्राधिकार भन्दा बाहिरका मुद्दाहरु समितिले दरपिट गर्ने गरेको छ । ‘क्षेत्राधिकार तोकेको भन्दा धेरै मुद्दाहरु आउने गरेका छन्। सबैलाई न्याय दिन सकिएको अवस्था छैन् ।

यो कुरा आम नागरिकलाई जानकारी गराउन जरुरी छ’ उनले भने । यस्तै एउटा मुद्दा भने प्रेषण गरिएको छ । सामुदायिक वन सम्वन्धी उक्त मुद्दा स्थानीय तवरबाटै समाधान हुने गरी एउटा संस्थालाई जिम्मा लगाइएको पनि चन्दले बताए । न्यायिक समितिमा अधिकांश अंश एलानी जग्गा विवाद र लेनदेनका परेको राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समितिका संयोजक मनिषा सिंह थारुले जानकारी दिइन् । हरेक स्थानीय तहहरुमा न्यायिक समिति गठन भएसँगै अहिले स्थानीय स्तरका मुद्दाहरुमा मेलमिलाप तथा छिनफानो गर्न ठूलो सहयोग पुगेको उनको भनाइ छ ।

पीडितलाई न्याय दिन त्यति सजिलो छैन । झगडियाहरु बीच छलफल गराउने र सकेसम्म मेलमिलापमा पुग्ने न्यायिक समितिको उद्देश्य हो । उनी भन्छिन्–‘स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारलाई अधिकतम उपयोग गरेर दुवै पक्षबीच जीत–जीतको अनुभूति हुने गरी न्याय निरुपण गर्ने गरिएको छ ।’ समितिलाई ज्याला मजदुरी नदिएको, जेष्ठ नागरिकको हेरचाह तथा पालन पोषण नगरेको, पति पत्नीवीचको मेलमिलाप, गाली बेइज्जती, आलीसादी लगायतका मुद्दा मेलमिलापबाट निरुपण गर्ने अधिकार दिइएको छ । राप्तीसोनारी गाउँपालिकाले न्यायिक समितिले न्याय सम्पादन प्रभावकारी बनाउन पालिकाभरका सबै वडामा ६० जना मेलमिलापकर्तामार्फत् सेवा दिने गरेको छ ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

एउटा वडामा ६ जनाका दरले मेलमिलापकर्ता राखिएको छ । सबैभन्दा ठूलो वडा नं.७ मा भने ११ जना मेलमिलापकर्ता छन् । हरेक वर्ष ती मेलमिलापकर्ताहरुलाई पुनर्ताजकी लगायतका तालिम दिने गरिएको छ । यो पटक पनि तालिम दिने तयारीमा न्यायिक समिति रहेको छ । साना मुद्दामिलाप, आर्थिक वचत, सामाजिक सन्तुलन लगायतका पक्षमा काम गर्न सहज भएपछि अहिले न्यायिक समितिप्रति नागरिकको विश्वास समेत बढ्दै गएको छ । सूचीकृत मेलमिलापकर्ताहरुले न्यायिक समितिमा आउने विवाद समाधानका लागि भूमिका खेल्ने गरेको समिति संयोजक थारुले जानकारी दिइन् ।

मेलमिलाप प्रक्रिया झगडियाले निवेदन दर्ता गराएपछि न्यायिक समितिले म्याद तामेल गर्छ । घटनाको प्रकृति र झगडियाको अवस्था हेरेर म्याद तामेल गरिने गरिएको न्यायिक समिति संयोजक थारुको भनाइ छ । नेपालको संविधानको धारा २१७ ले कानून बमोजिम अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिकाको हकमा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकाको हकमा उपप्रमुखको संयोजकत्वमा गाउँ वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेको दुई सदस्य सहित तीन सदस्यीय एक न्यायीक समिति रहने व्यवस्था गरेको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

Next Post

तराईमा हुस्सु र कुहिरो, पहाडमा मौसम बदलीदेखि सफा रहने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो, पहाडमा मौसम बदलीदेखि सफा रहने

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइन विस्तारमा अवरोध कायमै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?