ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेकी हसिना बनिन् स्वास्थ्य राज्यमन्त्री

News Desk by News Desk
१२:३३ मध्यान्ह, जेष्ठ २, २०८१
बाँकेकी हसिना बनिन् स्वास्थ्य राज्यमन्त्री
423
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके जेठ २ गते ।
बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् । दुई सन्तानकी आमा उनी बल्ल २७ वर्षकी भइन् । जबकि उनका जेठा छोरानै ९ वर्षका भइसके ।

मुस्लिम समुदायकी छोरी÷बुहारी हसीनाले बालबच्चा हुर्काउँदै स्नातकसम्म पढेकी छन् । राजनीतिक पृष्ठभूमिको परवारकी उनलाई त्यही योग्यताले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ मुस्लिम महिलाको कोटामा उम्मेदवार बनायो । उनी जसपा नेपालबाट समानुपातिक उम्मेदवार थिइन् । सो दलबाट मुस्लिम महिलातर्फ निर्वाचित मन्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार हसीनाले अप्रत्यासितरुपमा संसद् छिर्ने मौका पाइन् ।

७ वैशाखमामात्रै उनले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी थिइन् । सांसद भएको महिना दिन नपुग्दै उनी सोमबार राज्यमन्त्री बनेकी हुन् । जसपा नेपाल विभाजित भएर बनेको जसपाबाट हसीनाले स्वास्थ्य राज्यमन्त्री बन्ने मौका पाएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै नवगठित जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका हुन् । यादव र खानले सोमबारै शितलनिवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री यादव र प्रधानमन्त्री दाहालसमक्ष राज्यमन्त्री खानले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

खान राज्यमन्त्री बन्दा मन्त्रिपरिषद्मा महिलाको संख्या पाँच पुगेको छ भने मुस्लिम महिला र मुस्लिम समुदायकै समेत प्रतिनिधित्व भएको छ । राज्यमन्त्री बनेपछि उनले चुनौतीपूर्ण संघर्ष पार गरेर यहाँसम्म पुगेको बताइन् । ‘मुस्लिम समुदायबाट राजनीतिमा आउनु आफैँमा चुनौती हो । यो अवसर पाउनु मेरो लागि मात्र होइन, सिंगो समुदायकै लागि उपलब्धि हो,’ राज्यमन्त्री खानले कान्तिपुरसँग भनिन्, ’मेरो समुदायको प्रतिनिधित्वको सम्मान हो ।’

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

उनले स्वास्थ्य मन्त्रालयमा रहँदा आफूले समुदायस्तरमा स्वास्थ्य सेवा पु¥याउन प्रयास गर्ने बताएकी छन् । दुर्गममा डाक्टरहरु नबस्ने, विपन्नले स्वास्थ्य सेवाको पहुँच नपाउने समस्याको अन्त्यका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ । खानको संसद्‌ र मन्त्रिपरिषद्मा भएको उपस्थिति नै मुस्लिम महिलाको लागि ठूलो हौसला भएको महिला अधिकारकर्मी मैमुना सिद्धिकीले बताइन् । ‘राजनीतिमा मुस्लिम महिलाको संख्या नै न्यून छ ।

त्यसमाथि यो खालको अवसर दिएर प्रोत्साहन गर्ने अभ्यास छैन,’ उनले भनिन्, ’यो हसिनाका निमित्त मात्रै होइन, समग्र मुस्लिम महिलाका लागि समेत हौसलाको विषय हो ।’ हसिना निर्वाचित भएको सिटमा जसपा नेपालले सबैभन्दा पहिले सहनाज रहमानलाई निर्वाचित गरेको थियो । तर उनको २०७९ फागुन १३ मा ह्रदयघातका कारण निधन भयो । त्यसपछि मन्जु अन्सारी निर्वाचित भइन् । अन्सारीको समेत गत चैत ४ गते हृदयघातकै कारण निधन भएपछि बन्दसूचीकै आधारमा खान निर्वाचित भएकी थिइन् ।

ADVERTISEMENT
Share170Tweet106SendShare
Previous Post

लुम्बिनीको विकासका लागि योजना प्रस्ताव

Next Post

टुक्रे योजनालाई बजेट नदिन लुम्बिनी सरकारलाई सुझाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
लुम्बिनी प्रदेश सभा बैठक स्थगित

टुक्रे योजनालाई बजेट नदिन लुम्बिनी सरकारलाई सुझाव

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?