ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्जमा हात्तीपाइले विरुद्धको औषधी सेवन गराउन कठिन

News Desk by News Desk
११:२१ मध्यान्ह, फाल्गुन २०, २०८१
नेपालगन्जमा हात्तीपाइले विरुद्धको औषधी सेवन गराउन कठिन
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
नेपालगन्जमा हात्तीपाइले विरुद्धको आमऔषधी सेवन अभियान यसपटक पनि उत्साहपूर्वक चल्न सकेको छैन । बाँकेका तीन पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका केही वडा र टोलमा औषधी सेवन गराउनका लागि निकै कठिन भैरहेको स्वास्थ्य स्वयंसेवकहरू बताउँछन् ।

नेपालगन्जमा गत फागुन ५ गते र डुडुवा गाउँपालिका तथा नरैनापुरमा फागुन ७ गतेबाट हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सुरु गरिएको थियो । बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको अभियानले दुई साता नाघिसक्दा पनि नेपालगन्जमा औषधी सेवनमा अनिच्छा प्रकट गर्नेहरूको संख्या ठूलै रहेको छ ।

नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । ‘एक महिने अभियान हो, समय छ, लक्ष्य हासिल गर्नलाई सबैको सहयोग आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम भन्छिन् ।

बाँकेमा दुई साता नाघिसक्दा औषधी सेवन समग्र लक्ष्यको ३८ प्रतिशत मात्रै भएको छ । पालिका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ३१ प्रतिशत, नरैनापुर गाउँपालिकामा ५४ प्रतिशत, डुडुवा गाउँपालिकामा ४९.६ र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा लक्ष्यको ३३.८ प्रतिशतले औषधी सेवन गरेका छन् । ‘कतिपय जनप्रतिनिधि औषधी सेवन कार्यक्रममा आफैपनि हिड्नु भएको छ भने कतिपय चासो नदिएको पनि पाएका छौं’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘सबैले औषधी सेवन गरे जोखिम मुक्त हुनसक्छ, नत्र यसअघि पास भएका पालिका तर्फ पनि सर्ने जोखिम हुनसक्छ ।’‘

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

नरैनापुर र डुडुवामा दिउँसो औषधी खादिन भन्नेहरूलाई राती भएपनि जोखिम मोलेर स्वास्थ्यकर्मी घरघर पुग्नु भएको छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘नेपालगन्जमा पनि घरघर पुगिरहनु भएको छ ।’ अब औषधी खानेले नखानेलाई बुझाएर औषधी खुवाए अभियानको अवधी भित्र लक्ष्य हासिल हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।

उनले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेको जानकारी दिए । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरूले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । इस्लामिक धर्मावलम्वीहरूको रोजा सुरु भएकाले औषधी सेवन कार्यक्रम साँझमा पनि सञ्चालन गर्नुपर्ने देखिन्छ । बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो ।

देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले हालसम्मको अभियानमा औषधि नै नखाएको तथ्यांकले देखाएको छ ।

ADVERTISEMENT

यसअघिका अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । बाँकेमा औषधी किन खाएनन् भन्ने अध्ययन पनि गरिएको छ । अध्ययन अनुसार, अनुपस्थितिका कारण ८.५६ प्रतिशत, दिर्घ रोगका कारण १४.३८ प्रतिशत, प्रति असरको डरले ३३.२८ प्रतिशत, जनचेतनाको कमीले ३२.५३ प्रतिशतले औषधी सेवन गरेका थिएनन् ।

Share156Tweet97SendShare
Previous Post

मरेको अवस्थामा भेटियो बर्दियामा पाटे बाघ

Next Post

लुम्बिनीमा ५ सयजना बन्दै छन् अल्पकालीन भिक्षु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए

४:११ बिहान, चैत्र १४, २०८२
बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द
शिक्षा/स्वास्थ्य

कोहलपुरमा आँखा शिविरमा भीड, मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै

४:३८ बिहान, चैत्र १३, २०८२
एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण
मुख्य समाचार

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

५:०६ बिहान, चैत्र १२, २०८२
निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या
शिक्षा/स्वास्थ्य

निःशुल्क कान शिविरमा १२७ जनामा संक्रमण, १०२ मा काने गुजी समस्या

१:१६ बिहान, चैत्र ११, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

२:२४ बिहान, फाल्गुन १८, २०८२
माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने
शिक्षा/स्वास्थ्य

एचपिभी खोप अभियानमा बाँकेमा ९२ प्रतिशत उपलब्धि

११:१९ मध्यान्ह, फाल्गुन १३, २०८२
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य
मुख्य समाचार

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

११:४३ मध्यान्ह, फाल्गुन १२, २०८२
Next Post
लुम्बिनीमा ५ सयजना बन्दै छन् अल्पकालीन भिक्षु

लुम्बिनीमा ५ सयजना बन्दै छन् अल्पकालीन भिक्षु

प्रहरी, जनप्रतिनिधि र टोले गुण्डाहरु मिलेपछि नदीजन्य पदार्थको तीब्र दोहन

प्रहरी, जनप्रतिनिधि र टोले गुण्डाहरु मिलेपछि नदीजन्य पदार्थको तीब्र दोहन

घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

घोराही–घोरदौरा मार्ग : स्तरोन्नतिको काम हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?