ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

News Desk by News Desk
१२:११ बिहान, जेष्ठ २२, २०८२
जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि
385
सेयर
384
VIEWS
ShareTweetSendShare

जाजरकोट जेठ २२ गते ।
भूकम्पमा घर भत्किएपछि जाजरकोटको भेरी नगरपालिका—१ थाप्लेका अमरबहादुर परियारको ७ जनाको परिवारले ५ मिटर लम्बाइ र ५ मिटर चौडाइको साघुँरो टहरामा जीविकोपार्जन गरिरहेको छ । ‘यही टहरामै दुई वटा हिउँद बिताइयो, पानी पर्न सुरु गरिसक्यो, अब दोस्रो बर्खा पनि यही बित्ने भयो,’ उनले भने, ‘सरकारले स्थायी आवास निर्माण नगर्दासम्म अझै कति हिउँद र बर्खा जाने हुन थाहा छैन ?’ दुई साताअघि टहराको टिन हावाले उडाएपछि उनले पुराना कपडा र त्रिपालले टहरो जोगाएका छन् भने पानी परे खाद्यान्न र लत्ताकपडा भिज्दा सास्ती भोग्नुपरिरहेको छ ।

बसाइको व्यवस्थापन राम्रो नहुँदा पत्नी लालसरीसहित ३ छोरा र २ छोरीहरु झाडापखाला, रुघाखोकी, ज्वरो र हातखुट्टा सुन्निनेलगायत बिरामी भइरहने उनको गुनासो छ । दुई सातादेखि दैनिकजसो पानी पर्न थालेपछि नलगाड नगरपालिका–१ का घनश्याम महरको अस्थायी टहरा माथिबाट झण्डै पहिरो खस्न सुरु गरिसकेको छ । ‘ठूलो पानी परे त पूरै परिवारलाई पहिरोले एउटै चिहान बनाउँछ कि भन्ने जोखिम छ,’ उनले भने, ‘अस्थायी आवास बन्ने छाँटकाट छैन, सास्ती नै सास्तीमा जीवन गुजारिरहेका छौँ ।’ उनको ५ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो भने १६ महिनादेखि अस्थायी टहरामा कष्टकर तरिकाले बस्नुपरेको छ ।

गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । संघीय सरकारले पुनर्निर्माणको काममा ढिलाइ गर्दा भूकम्पपीडित सास्तीपूर्वक जीविकोपार्जन गर्न बाध्य छन् । भूकम्पप्रभावित क्षेत्रको पुनर्निर्माणका लागि क्षतिको विस्तृत विवरण (डिटेल ड्यामेज एसिस्मेन्ट—डीडीए) को काममा ढिलाइ हुँदा पुनर्निर्माणको काम अन्योलमा परेको हो । पहिलो चरणमा झन्डै ३८ हजार घरको डीडीए सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जसका लागि प्राधिकरणका २० सहित १ सय १८ प्राविधिकहरू खटिएका थिए । उनीहरुले झन्डै एक महिना काम गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । ‘बाँकी घरधुरीको डीडीएका लागि फेरि अर्को टोली खटाइएको छ, डीडीएको काम सकिएपछि पुनर्निर्माणका लागि सम्झौताको काम अघि बढ्छ,’ उनले भने, ‘दोस्रो चरणका प्राविधिकलाई ४५ दिनको कार्यादेश दिइएको छ, वैशाख दोस्रो सातादेखि उनीहरू फिल्डमा खटिएका छन् ।’

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ७६ हजार घरमा भूकम्पले क्षति पु¥याएको थियो । त्यसमध्ये रुकुम पश्चिममा झन्डै ३३ हजार र जाजरकोटमा ४३ हजार लाभग्राही कायम गरिएको छ । अब झन्डै ३८ हजार घरको डीडीए गर्न बाँकी रहेको प्रवक्ता केसीले बताए । उनका अनुसार दोस्रो चरणको डीडीएका लागि मध्यपश्चिम विश्वविद्यालयबाट ८५ जना इन्जिनियर भूकम्पप्रभावित क्षेत्रमा खटिएका छन् । प्राधिकरणले डीडीएका लागि १९ करोड रुपैयाँको लागत अनुमान गरेको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

Next Post

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

७८३ किलो गाँजासहित दुईजना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?