ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

News Desk by News Desk
१०:२८ मध्यान्ह, मंसिर ११, २०८२
डुडुवा नहर पुनर्निमाण शुरु
396
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको डुडुवा नहर यस बर्षमा पुनः मर्मत कार्य शुरु भएको छ । तीन वर्षे योजनाअनुसार शुरु गरिएको मर्मत तथा पुनर्निर्माण कार्य रामेछाप शेर्पा कन्स्ट्रक्शन प्रालिले १ अर्ब १२ करोड बढी लागतमा जिम्मा लिएको हो । सोही रकममा १८ किलोमिटर नहर मर्मत तथा पुनः निर्माण गरिने आयोजना कार्यालयका ईन्जिनियर नविन पौडेलले जारकारी दिए ।

डुडुवा नहर निर्माणको पहिलो ठेक्का सम्झौता २०७३ असार १२ गते गरिएको थियो । उक्त सम्झौता अनुसार ९८ करोड ८१ लाखको लागतमा नहर निर्माण २०७५ पुस ४ भित्र सक्ने योजना थियो । तर निर्माण व्यवसायी र आयोजना बीच विवाद उत्पन्न भएपछि २०७४ चैत २८ देखि निर्माण कार्य पूर्णरूपमा रोकिएको आयोजना निर्देशक राजु आचर्याले जानकारी दिए ।

यसपछि कानुनी विवाद, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरीका कारण परियोजना वर्षौंदेखि अधुरो रहँदै आएको थियो । किसान र स्थानीय तहले बारम्बार दबाब दिएपनि निर्माण अघि बढ्न सकेको थिएन । सिक्टा सिँचाइ आयोजना सरकारद्वारा २०६२–०६३ मा प्रारम्भिक लागत १२ अर्ब ८ करोडमा शुरु गरिएको थियो । तर डिजाइन संशोधन, निर्माण ढिलाइ र बजेटीय समस्याका कारण परियोजनाको लागत पछिल्लो संशोधनमा २५ अर्बभन्दा माथि पुगेको छ ।

पहिलो ठेक्का रद्द हुना साथ डुडुवा नहर ६ वर्षभन्दा बढी समयसम्म पूर्णरूपमा अलपत्र रहेयो । नहरको ढलान समस्या, संरचनागत क्षति र पानी प्रवाह अवरुद्ध भएपछि यसले कूल सिँचाइ क्षेत्रमा गम्भीर प्रभाव पारेको थियो । २०७९ पछि सरकारी पुनरावलोकनसँगै डुडुवा नहरलाई नयाँ प्याकेजमा राखेर फेरि ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

डुडुवा नहरको नयाँ टेन्डर १ अर्ब १२ करोडमा १८ किमि मर्मत, थप प्याकेज १ अर्ब ३८ करोडमा भएको छ । जसमा आयोजनाले डुडुवा नहरका लागि दुई मुख्य प्याकेज आह्वान गरेको थियो । पहिलो प्याकेज २५ किलोमिटर नहर, लागत १ अर्ब ३८ करोड ४५ लाख र दोस्रो प्याकेज १८ किलोमिटर नहर, लागत १ अर्ब १२ करोड ७२ लाख राखेको छ । यीमध्ये १८ किमि पुनर्निर्माणको जिम्मा हाल रामेछाप शेर्पा कन्स्ट्रक्शनले पाएको हो ।

डुडुवा नहर सञ्चालनमा आएपछि बाँकेका करिब १६ हजार हेक्टर खेतबारीमा बाह्रै महिना सिँचाइ उपलब्ध हुने अपेक्षा गरिएको छ । स्थानीय किसानहरू विशेष गरी धान, गहुँ र मकै खेतीमा उत्पादन वृद्धि हुनेमा आशावादी छन् । लामो समयदेखि पानी अभाव सहँदै आएका डुडुवा, खजुरा, नेपालगञ्ज, जानकी क्षेत्रका किसानहरूको समस्या समाधान हुने विश्वास गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियरहरूले वर्तमान ठेक्का ‘तीन वर्षे योजना’ अनुसार समय मै सम्पन्न भए डुडुवा नहरको मुख्य संरचना, ढलान, बाँध, शाखा–उपशाखा सुधार हुँदै आगामी वर्षदेखि नियमित पानी प्रवाह सम्भव हुने अनुमान गरेका छन् ।

ADVERTISEMENT

किसानहरू भने यसपटक काम अलपत्र नपरोस् भन्ने अपेक्षा राखिरहेका छन् । विगतमा पटक–पटक निर्माण रोकिने, ढिलाइ हुने र नहर कमजोर डिजाइनले पटक–पटक भत्किने समस्या दोहोरिएको भन्दै उनीहरूले कडाइका साथ अनुगमन गर्न सरकारलाई आग्रह गरेको डुडुवा गाउँपालिकाका किसान मोहन वर्माले जिकिर गरे ।

डुडुवा नहर पुनः निर्माण शुरु भएसँगै किसानहरुमा आशा पलाएको छ । नेपालगञ्ज र डुडुवाका किसानहरु बह्रै महिना तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आएका छन् । बर्षे र हिउँदे सिजनमा धाराबाट पानी आएपनि बैशाख महिनामा पानी नआउने कारणले राम्रो आम्दानी गर्न सकिरहेका थिएनन् । नहर पुनः निर्माण भएसँगै किसानहरुमा थप उर्जा समेत बढेको छ ।

Share166Tweet96SendShare
Previous Post

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

Next Post

बाँकेमा दुई फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा दुई फरार प्रतिवादी पक्राउ

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

नेपालगन्जमा पेस्तोल र गोली बरामद

सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक

सडक पेटी र सडकमा तरकारीको ब्यापार : नेपालगन्ज उपमहानगर बेखवर, नगर प्रहरी मुक दर्शक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?