ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कांग्रेसको संकल्प पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति

News Desk by News Desk
१२:४० मध्यान्ह, फाल्गुन १२, २०८२
कांग्रेसको संकल्प पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति
393
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
नेपाली कांग्रेसले बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प पत्र मंगलबार सार्वजनिक गरेको छ। नेपालगन्जमा औपचारिक समारोहका बीच उक्त संकल्प पत्र सार्वजनिक गरिएको हो।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला चुनाव लड्दै आएको क्षेत्रमा उनका भतिज एवं कांग्रेस बाँकेका जिल्ला सचिव शुधान्सु प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन्। कांग्रेसले कानुन÷न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा÷खेलकुदको उत्थान र धर्म÷संस्कृति जगेर्नाप्रतिको संकल्पलाई बुँदागत रूपमा समेटेको छ।

उम्मेदवार कोइरालाले सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीतिलाई कार्यान्वयन गर्न पहल गर्ने, सरकार वा संस्थाको काम पारदर्शी र स्पष्ट हुनुका साथै निर्णय, बजेट, योजनाबारे नागरिकले थाहा पाउनुपर्ने मान्यतालाई व्यवहारमा ल्याउन जोड दिने, सूचनाको हकको पूर्ण कार्यान्वयनको वातावरण बनाउन भूमिका खेल्ने, जिम्मेवार तहमा रहेका सबैले आफ्नो काम, कर्तव्यप्रति जवाफदेही हुँदै असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति÷संस्कृति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने लगायत संकल्प गरेका छन्।

यस्तै भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजनालाई मूर्त रुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पूर्वाधार (सडक, ढल, नाला) निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामीण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका संकल्प गरिएको छ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

यसैगरी उद्योग, व्यवसाय प्रवद्र्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागु गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ।

त्यस्तै राँझा विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर(१०८ फिट), राप्ती(सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने लगायत रहेका छन्।

उम्मेदवार कोइरालाले ऐतिहासिक, साँस्कृतिक, धार्मिक र बहुभाषिक यस क्षेत्रलाई शान्त, सद्भाव र समृद्ध क्षेत्रको रुपमा विकसित गर्न आवश्यक पहल गर्ने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिने, सामाजिक, धार्मिक सद्भाव कायम राख्न पूर्ण प्रतिवद्धता व्यक्त गरेका छन्।

ADVERTISEMENT

त्यसैगरी कोइरालाले नेपालको संविधान २०७२ को कार्यान्वयन प्रक्रियामा प्रतिबद्ध रहँदै जनचाहनालाई उच्च प्राथमिकता दिदैं आवश्यक संशोधनका लागि पहल गर्ने, राष्ट्रिय वन तथा सामुदायिक वनको संरक्षण÷सम्वद्र्धन गर्न आवश्यक पहल गर्ने, कृषिलाई उच्च प्राथमिकता दिँदै खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न पहल गर्ने, गुणस्तरिय शिक्षाका लागि विद्यालय÷कलेज÷विश्वविद्यालयलाई डिजिटलाइजेशन, प्रयोगशाला लगायतको स्तरोन्नति गर्दै शैक्षिक सुधारको प्रयास गर्ने संकल्प गरेका छन्।

यस्तै भेरी अस्पताललाई ५ सय शैयाको स्तरोन्नतीका लागि पहल गर्ने, साथै पुरानो ओपिडी ब्लकलार्य भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउन पहल गर्ने, युवा नीति कार्यान्वयनमा जोड दिइने, खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतकाखेल मैदान निर्माण गर्न आवश्यक पहल गर्ने संकल्प पनि गरिएको छ।

कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै कटिबद्ध भएर प्रस्तुत हुनेमा दृढ संकल्प पनि गरेका छन्।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी एवम् राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस बाँकेका पूर्वसभापति युवराज शर्मा, कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी लगायतले नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला जस्तो योग्य र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरे।

Share157Tweet98SendShare
Previous Post

बाँके प्रशासनद्वारा होली र रमजान संयमित रूपमा मनाउन आग्रह

Next Post

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
Next Post
मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

मतदाता शिक्षा अभियान तीव्र, नरैनापुरमा शतप्रतिशत सदर मत खसाल्ने लक्ष्य

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

निर्वाचन आठ दिन बाँकी : प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छ : गौडेल

नरैनापुरको शैक्षिक सुधार प्राथमिकतामा छ : गौडेल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:11 am6:05 pm +0545
Feels like: 32°C
Wind: 3km/h W
Humidity: 88%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
32°C / 24°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?