ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

News Desk by News Desk
७:२३ बिहान, जेष्ठ १०, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
380
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
अत्यधिक गर्मी र तातो हावा ‘लु’ बाट राहत पाउन बाँकेसहित सीमावर्ती भारतीय सहरका सर्वसाधारणको प्रमुख रोजाइ अहिले नेपालगन्जका वाटरपार्क र स्विमिङ पुल बन्न थालेका छन्।

गर्मीको प्रभाव बढेसँगै नेपालगन्ज, कोहलपुर तथा आसपासका क्षेत्रका साथै भारतका बहराइच, नानपारा, बाबागञ्ज, मिहीपुरवा, कैसरगञ्जलगायत सहरबाट ठूलो सङ्ख्यामा मानिस नेपालगन्जका वाटरपार्क र पौडीपोखरीमा पुग्न थालेका हुन्।

नेपालगन्ज उपमहानगर क्षेत्र र आसपासमा सञ्चालनमा रहेका वाटरपार्क तथा होटलका स्विमिङ पुलहरू यतिबेला दैनिक रूपमा भरिभराउ देखिन थालेका छन्। विशेषगरी बिदाका दिन र सप्ताहन्तमा यहाँ आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको व्यवसायीहरू बताउँछन्।

जानकी गाउँपालिका–६, मनिकापुरस्थित अत्याधुनिक “वन्डरल्याण्ड वाटर एण्ड फन पार्क” मा पछिल्लो समय सबैभन्दा बढी भीड हुने गरेको सञ्चालक शिवन्सु यादवले जानकारी दिए। उनका अनुसार अत्यधिक गर्मी बढेसँगै अहिले दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक तथा भारतीय पर्यटक पार्कमा आउने गरेका छन्।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

“पहिले बिदाको दिनमा मात्र बढी भीड हुन्थ्यो, अहिले त हरेक दिन पानीमा रमाउन आउनेको चाप बढेको छ,” यादवले भने।

गर्मीबाट राहत खोज्दै वाटरपार्क पुगेकाहरूले पनि अनुभव उत्साहजनक रहेको बताएका छन्। भारतको बहराइचबाट आएका दिनेश मिश्रले अत्यधिक गर्मीका बीच पानीमा खेल्दा शरीर र मन दुवैलाई राहत मिलेको बताए। उनले साथीहरूसँग समय बिताउँदा गर्मीको अनुभूति नै कम भएको प्रतिक्रिया दिए।

नेपालगन्जका रमेश साहुले पनि बढ्दो तापक्रमका बीच आफ्नै क्षेत्रमा सुविधा सम्पन्न वाटरपार्क उपलब्ध हुनु सकारात्मक पक्ष भएको बताए। “केही समय पौडी खेल्दा र पानीमा रमाउँदा गर्मी बिर्सिएजस्तो हुन्छ,” उनले भने।

ADVERTISEMENT

यस्तै, नेपालगन्जको बालेगाउँस्थित “मेरो प्लानेट वाटरपार्क” र कोहलपुरको “ह्याप्पी वल्र्ड वाटरपार्क” मा पनि दैनिक ठूलो भीड हुने गरेको छ। चरम गर्मीबाट राहत पाउन टाढाटाढाबाट मानिसहरू ती स्थानमा पुग्ने गरेका छन्।

वाटरपार्कबाहेक नेपालगन्ज रंगशालास्थित स्विमिङ पुल, खजुरा मिनी पार्कको पौडीपोखरी तथा विभिन्न होटलमा सञ्चालित स्विमिङ पुलहरूमा पनि गर्मी छल्न आउनेको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

भारतीय सीमासँग जोडिएको तथा पश्चिम नेपालको प्रमुख व्यापारिक र सेवा केन्द्रका रूपमा विकसित नेपालगन्जमा सञ्चालित वाटरपार्कहरूले गर्मीयाममा नेपाली र भारतीय पर्यटकलाई समान रूपमा आकर्षित गरिरहेका छन्।

Share152Tweet95SendShare
Previous Post

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?