ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

News Desk by News Desk
४:०९ बिहान, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २० गते।
नेपालगन्ज तथा आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा माटोका भाँडाको माग उल्लेख्य रूपमा वृद्धि भएको छ। गर्मी मौसममा गाग्री, सुराही र घैंटोमा पानी राखेर पिउने चलन बढेसँगै यस्ता परम्परागत भाँडाको बिक्री पनि बढ्न थालेको हो।

फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण पछिल्लो समय धेरै उपभोक्ता प्राकृतिक रूपमा पानी चिस्याउने परम्परागत भाँडोतर्फ आकर्षित भएका छन्। यसले गर्दा बजारमा माटोका घैंटो, गाग्री र सुराहीको माग ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन्।

नेपालगन्जको त्रिभुवन चोकमा माटोका भाँडा बिक्री गर्दै आएका सुशिल कुम्हालका अनुसार पछिल्लो एक महिनायता यस्ता भाँडा खरिद गर्न आउने ग्राहकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। मागअनुसार उत्पादन तथा आपूर्ति हुन नसक्दा कतिपय ग्राहक खाली हात फर्किनुपर्ने अवस्था समेत सिर्जना भएको उनले बताए।

यस्तै, नेपालगन्ज–८ स्थित कुम्हारन टोलमा माटोका भाँडा निर्माण तथा बिक्री गर्दै आएका रमेश कुम्हालले पनि गर्मी बढेसँगै भाँडाको माग बढेको जानकारी दिए। तर आवश्यक मात्रामा माटो उपलब्ध नहुँदा उत्पादन बढाउन नसकिएको र माग पूरा गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

उपभोक्ताहरूका अनुसार माटोको भाँडोमा राखिएको पानी प्राकृतिक रूपमा चिसो, स्वादिलो र स्वास्थ्यका लागि उपयुक्त हुने भएकाले यसको प्रयोग सहरदेखि गाउँसम्म बढ्दै गएको छ। नेपालगन्ज–११, इदगाह रोडका मुबारक सिद्दिकीले माटोका भाँडा सस्तो, उपयोगी तथा स्वास्थ्यका दृष्टिले लाभदायी भएकाले गर्मीमा यसको प्रयोग बढ्दै गएको बताए।

यद्यपि बजारमा माग बढिरहे पनि परम्परागत रूपमा माटोका भाँडा निर्माण गर्दै आएको कुम्हाल समुदाय भने कच्चा पदार्थको अभावले समस्यामा परेको छ। नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक कानुनी व्यवस्था बनेपछि मात्र माटो उपलब्ध गराउने बताउँदै आएको स्थानीय कुम्हालहरूको गुनासो छ।

नेपालगन्जमा बसोवास गर्ने करिब १७० कुम्हाल परिवारमध्ये झण्डै १५० परिवार माटोका भाँडा निर्माण पेसामै निर्भर छन्। तर पर्याप्त माटो उपलब्ध नहुँदा उत्पादन प्रभावित भएको उनीहरू बताउँछन्।

ADVERTISEMENT

नेपालगन्ज–८ का दिनेश कुम्हालले माटो अभावका कारण मागअनुसार भाँडा उत्पादन गर्न नसकिएको र यसले परिवारको जीविकोपार्जनमै असर परेको बताए। उनले बढ्दो मागका बीच कच्चा पदार्थको समस्या समाधान नभए परम्परागत कुम्हाल पेसा नै सङ्कटमा पर्ने चेतावनी दिए।

गर्मीसँगै माटोका भाँडाको लोकप्रियता बढ्दै गए पनि उत्पादनका लागि आवश्यक माटोको अभाव समाधान गर्न सम्बन्धित निकायले समयमै पहल नगरे परम्परागत सीप र व्यवसाय जोगाउन चुनौती थपिने देखिएको छ।

Share148Tweet93SendShare
Previous Post

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?