ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

News Desk by News Desk
६:५७ बिहान, जेष्ठ २७, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
बाल सुधारगृहहरू बालबालिकाको सुधार, संरक्षण तथा सामाजिक पुनःस्थापनाको केन्द्रका रूपमा सञ्चालन हुनुपर्नेमा क्षमताभन्दा अत्यधिक चाप र न्यून पूर्वाधारका कारण अमानवीय थुनास्थलमा परिणत भएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरिएको छ।

विशेषगरी बाँकेको जयन्दु र नौबस्ता तथा कास्कीको सराङ्कोटस्थित बाल सुधारगृहहरूमा क्षमताभन्दा धेरै बालबालिकालाई राखिएको अवस्थाबाट उत्पन्न मानवीय सङ्कटको समाधान खोज्दै उक्त रिट दायर गरिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, महान्यायाधिवक्ताको कार्यालय तथा कारागार व्यवस्थापन विभागलगायतलाई विपक्षी बनाइएको छ। साथै बाल न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गर्न माग गरिएको छ।

अधिवक्ता कुमार थपलियाद्वारा दर्ता गरिएको रिटमा नेपालको संविधानको धारा ३९ अन्तर्गत बालबालिकालाई प्राप्त मौलिक हक तथा बालमैत्री न्यायसम्बन्धी संवैधानिक व्यवस्थाको गम्भीर उल्लङ्घन भइरहेको उल्लेख गरिएको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ ले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई कसुरको प्रकृति हेरी कैदको सट्टा सुधारगृहमा राख्ने व्यवस्था गरेको भए पनि व्यवहारमा सुधारगृहहरूलाई कारागारसरह कठोर र प्रताडनापूर्ण बनाइएको दाबी निवेदनमा गरिएको छ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

रिटअनुसार ७० जनाको क्षमता रहेको बाँकेको जयन्दु बाल सुधारगृहमा २५० भन्दा बढी बालक राखिएका छन्। अत्यधिक भीडका कारण स्वास्थ्य सेवा, पोषण, स्वच्छ खानेपानी, सरसफाइ तथा सुरक्षित वातावरणजस्ता आधारभूत अधिकार प्रभावित भएका छन्। पर्याप्त सुरक्षा र मनोसामाजिक परामर्शको अभावमा गृहभित्र आपसी झडप, हिंसा तथा यौनजन्य जोखिमसम्बन्धी घटनाहरू बढेको दाबी पनि गरिएको छ।

बाल अधिकार तथा बाल न्यायका क्षेत्रमा लामो समयदेखि पैरवी गर्दै आएका अधिवक्ता थपलियाले बाल सुधारगृह जेल नभई बालबालिकालाई सुधार र पुनःस्थापनाका लागि आवश्यक वातावरण प्रदान गर्ने विशेष संरचना भएको बताए। उनका अनुसार वर्तमान अवस्था कानुनले निर्धारण गरेका न्यूनतम मापदण्डविपरीत रहेको छ।

उनले राज्य आफ्नै कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख हुन नसक्ने उल्लेख गर्दै पर्याप्त सुरक्षाकर्मी, मनोपरामर्शदाता तथा आवश्यक जनशक्तिको अभावले बालबालिकाहरू मानसिक तथा सामाजिक रूपमा गम्भीर असर भोग्न बाध्य भएको बताए।

ADVERTISEMENT

रिटमा प्रहरी हिरासतदेखि नै बालबालिकालाई हतकडी लगाउने, वयस्क कैदीसँग राख्ने तथा गोपनीयताको हनन हुनेजस्ता कार्य भइरहेको उल्लेख गर्दै बालबालिकासम्बन्धी ऐनको दफा ३३ र ३४ अनुसार गठन गरिनुपर्ने ‘बाल कल्याण अधिकारी’ तथा ‘केन्द्रीय बाल न्याय समिति’ जस्ता संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरिएको छ।

साथै, बाल सुधारगृहहरूको नियमित, स्वतन्त्र तथा निष्पक्ष अनुगमनका लागि मानवअधिकारसम्बन्धी संस्था र नागरिक समाजलाई सहज पहुँच दिनुपर्ने माग गरिएको छ। रिट निवेदकले बालबालिकाको जीवन र सुरक्षाको संरक्षणका लागि अन्तरिम आदेश जारी गर्न तथा मुद्दालाई सर्वोच्च अदालत नियमावली, २०७४ अनुसार अग्राधिकार प्रदान गरी शीघ्र सुनुवाइ गर्न अनुरोध गरेका छन्।

Share151Tweet95SendShare
Previous Post

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?