ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

News Desk by News Desk
२:२८ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
388
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ५ गते ।
बहुमूल्य जडीबुटीको सङ्कलन, भण्डारण, प्रशोधन र निर्यातका लागि नेपालगञ्ज प्रमुख व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन हुने यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी नेपालगञ्ज हुँदै भारत निर्यात हुने गरेका छन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट सङ्कलन हुने जडीबुटीको भण्डारण र निर्यातका लागि नेपालगञ्ज मुख्य केन्द्र बनेको बताए ।

‘पहाडी जिल्लाबाट सङ्कलन हुने जडीबुटी नेपालगञ्ज ल्याएर भण्डारण तथा निर्यात गर्ने गरिएको छ,’ उनले भने, ‘पछिल्लो समय नेपालगञ्ज जडीबुटीको प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ ।’

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका जिल्लाबाट सडक तथा हवाई मार्ग हुँदै जडीबुटी नेपालगञ्ज ल्याउने गरिएको शर्माले बताए । नेपालगञ्ज र आसपासमा जडीबुटी भण्डारणका लागि गोदाम तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा रहेको उनले बताए ।

जडीबुटी निर्यातमा भने विभिन्न समस्या रहेको शर्माले बताए । निर्यातका लागि आवश्यक कानुनी प्रक्रिया र प्रमाणीकरणमा ढिलाइ हुने, कच्चा पदार्थकै रूपमा निर्यात गर्दा उचित मूल्य नपाइने तथा आधुनिक प्रशोधन र परीक्षण प्रयोगशालाको अभाव रहेको उनले बताए ।

‘भारत निर्यात गर्दा क्वारेन्टाइन र गैरभन्सार अवरोधसमेत बेलाबेलामा आउने गरेका छन्,’ उनले भने, ‘यी समस्या समाधान गर्न सके जडीबुटीको निर्यात अझै बढाउन सकिन्छ ।’

ADVERTISEMENT

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज नाकाबाट रु. ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । सो अवधिमा ३७ लाख ३ हजार ८ सय ६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालगञ्ज नाकाबाट रु. ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष २०८०/८१ मा रु. ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो ।

जडीबुटीको निर्यात बढेसँगै पश्चिम नेपालका किसान, सङ्कलक र व्यवसायी उत्साहित भएका छन् । नेपालगञ्ज नाका हुँदै जडीबुटीको कारोबार बढे पनि स्थानीयस्तरमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्दा यसको ठूलो हिस्सा कच्चा पदार्थकै रूपमा बाहिरिने गरेको व्यवसायीको भनाइ छ ।

Share155Tweet97SendShare
Previous Post

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

Next Post

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 6km/h E
Humidity: 81%
Pressure: 1010.16mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?