बाँके, असोज १२ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले ‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार श्रेष्ठले २०८१ सालदेखि बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजनाअनुसार माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्।
त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको भनाइ छ।
घटनापछि फरार रहेकी श्रेष्ठलाई प्रहरीले असोज ५ गते पक्राउ गरेको हो। उनीविरुद्ध थप अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए।
‘हनी ट्र्याप’मार्फत आपराधिक लाभ लिएको आरोपमा पक्राउ परेकी श्रेष्ठमाथि घटनासम्बन्धी थप तथ्य र संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post