ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

News Desk by News Desk
१:५४ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, असोज १५ गते ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका दुई युवाको योगदानलाई जीवन्त राख्न नेपालगन्ज उपमहानगरपालिकाले उनीहरूको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नयाँ पुस्तालाई जेनजी शहीदको योगदानबारे जानकारी गराउँदै उनीहरूको स्मृतिलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा परिचय समेट्ने तयारी भइरहेको बताए।

शहीद परिवारको आग्रहबमोजिम उक्त कार्य तत्काल अघि बढाउने तयारी गरिएको उनले जानकारी दिए।

नगर प्रमुख विष्टका अनुसार नेपालगन्ज–१, धम्बोजीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ राज श्रेष्ठले गत वर्ष भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका थिए। उनीहरूको सम्मान र सम्झनामा उपमहानगरपालिकाले विभिन्न भौतिक तथा सामाजिक कार्य अघि बढाएको उनले बताए।

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

सरकारी विवरणमा पनि थापा र श्रेष्ठलाई नेपालगन्ज–१, बाँकेका जेनजी शहीदका रूपमा उल्लेख गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार दुवै शहीदको स्मृतिमा धम्बोजीमा ‘शहीद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ। उनका अनुसार शहीदद्वयको नाममा ‘शहीद प्रवेशद्वार’ समेत निर्माण भइरहेको छ।

‘वडा कार्यालय परिसरमा दुवै शहीदको स्मृतिमा शहीद योग भवन तथा खुला जिम हाउस निर्माण गरिएको छ,’ वडाध्यक्ष रिजालले भने, ‘उहाँहरूको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूको नाममा शहीद प्रवेशद्वार निर्माण भइरहेको छ।’

ADVERTISEMENT

उपमहानगरपालिकाले दुवै शहीदको स्मृतिमा ‘शहीद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको पनि उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले बताए।

उनका अनुसार शहीद परिवारका समस्या र माग सम्बोधनका लागि स्थानीय सरकार परिवारसँग निरन्तर संवादमा रहेको छ।

जेनजी आन्दोलनका क्रममा नेपालगन्जको एउटै टोलका दुई युवाले ज्यान गुमाएपछि धम्बोजीका बासिन्दा पनि उक्त घटनाबाट अझै प्रभावित रहेको स्थानीय बताउँछन्।

शहीदको सम्झनामा उपमहानगरपालिका र वडा कार्यालयले विभिन्न भौतिक संरचना निर्माण गरिरहे पनि काठमाडौंमा आफ्ना छोराले ज्यान गुमाएको एक वर्ष बितिसक्दा पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएको भन्दै शहीदका परिवार असन्तुष्ट छन्।

शहीद परिवारले सरकारसँग शहीदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन र गोली चलाउनेमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन्।

आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको शहीद आयुषका पिता सुशील थापाले बताए। सरकारले दोषीमाथि कारबाही गर्न नसक्नुको कारण स्पष्ट गर्नुपर्ने उनको माग छ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका शहीदका चाहना र माग पूरा गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको रहेको बताए।

Share148Tweet93SendShare
Previous Post

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

Next Post

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
Next Post
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:11 am6:05 pm +0545
Feels like: 37°C
Wind: 8km/h WSW
Humidity: 70%
Pressure: 1012.19mbar
UV index: 9
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?