ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

News Desk by News Desk
२:०५ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, असोज १५ गते ।
आधुनिक प्रविधिको प्रयोग बढेसँगै लोपोन्मुख कुचबधिया–पत्थरकट्टा समुदायको पुख्र्यौली पेसा सङ्कटमा परेको छ । घरघरमा मिक्सर र बजारमा मिलको प्रयोग बढेपछि सिलौटा, जाँतो र सनपाटका डोरी बनाउने तथा बिक्री गर्ने पेसा संकटमा परेको हो ।

जानकी गाउँपालिका–३ इन्द्रपुरका अर्जुन कुचबधियाले सिलौटा र जाँतोको बिक्री घटेपछि पुख्र्यौली पेसाबाट जीविका चलाउन कठिन भएको बताए । ‘हाम्रो पुख्र्यौली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो । अहिले बिक्री नै हुँदैन,’ उनले भने, ‘घरघरमा मिक्सर चलाउन थालेपछि सिलौटा र जाँतो कसैले किन्दैनन् ।’

सिलौटा र जाँतो बनाउन आवश्यक ढुङ्गा भारतको बहराइचबाट ल्याउनुपर्ने र भन्सार नाकामा समेत समस्या हुने गरेको उनले बताए । एउटा सिलौटा बनाउने ढुङ्गाको मूल्य भारु १५० पर्ने भए पनि तयार भएपछि चार–पाँच सय रुपैयाँमा बिक्री गर्नसमेत कठिन हुने गरेको समुदायका अगुवा पटवारी कुचबधियाले बताए ।

‘जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सर आयो । सनपाटका डोरीको साटो प्लास्टिकका डोरी प्रयोग हुन थाले,’ उनले भने, ‘अब हाम्रो पेसा बन्द हुँदै गएको छ ।’

सम्बन्धित समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

सिलौटा र जाँतो बिक्री हुन छाडेपछि युवापुस्ता मजदुरीका लागि सहर पस्न थालेको उनले बताए । महिलाहरू भने घरघरमा पुगेर पुराना सिलौटा र जाँतो खोप्ने काम गर्छन् । त्यसबापत चामल र दाल पाउने भए पनि दैनिक गुजारा चलाउन कठिन रहेको मीनाको भनाइ छ ।

पुख्र्यौली पेसाबाट आम्दानी घटेपछि समुदायका कतिपय परिवार सामाजिक सुरक्षा भत्तामा निर्भर हुन थालेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुरका २७५ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएको वडा सचिव लालबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार बाँकेको इन्द्रपुर, नेपालगन्ज–६ फुल्टेक्रा र नेपालगन्ज–२० गायत्रीनगरमा कुचबधिया समुदायको बसोबास छ । विसं २०७८ को जनगणनाअनुसार कुचबधिया–पत्थरकट्टा समुदायको जनसङ्ख्या ३ हजार ३४३ रहेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

Next Post

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
Next Post
Auto Draft

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:11 am6:05 pm +0545
Feels like: 37°C
Wind: 10km/h WSW
Humidity: 68%
Pressure: 1010.84mbar
UV index: 8
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?