बाँके असोज २१ गते ।
नेपालगन्ज उपमहानगरपालिका–५ रामनगरस्थित द ह्वाइट र्याबिट क्याफे एन्ड किचेनमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
प्रहरीले जुवाखालबाट ९२ हजार रुपैयाँ नगद र तासका आठ गड्डी बरामद गरेको छ। क्याफे २७ वर्षीय रञ्जित बुढाथोकीले सञ्चालन गर्दै आएका थिए।
जुवातास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले क्याफेमा छापा मारेको थियो। सो क्रममा जुवातास खेलिरहेका चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए।
पक्राउ पर्नेमा नेपालगन्ज–५ का ३५ वर्षीय सन्तोष गुप्ता, नेपालगन्ज–६ का ४२ वर्षीय नारायणप्रसाद भण्डारी, नेपालगन्ज–१० का ४० वर्षीय शरदकुमार राना र जानकी गाउँपालिका–३ का ४४ वर्षीय रामजी कुर्मी छन्।
उनीहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट छ दिनको म्याद थप गरिएको राठौरले बताए।










Discussion about this post