ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

News Desk by News Desk
४:१९ बिहान, अशोज २७, २०८३
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, असोज २७ गते ।
चारैतिर दसैँको रौनक छाएको छ । बजारमा किनमेल गर्ने, घर सजाउने र आफन्तसँग खुसी साटासाट गर्नेको चहलपहल बढेको छ । तर, बाँकेका किसानलाई भने दसैँको उल्लासभन्दा खेतमा पाकेर पहेँलपुर भएको धान सुरक्षित रूपमा भित्र्याउने चिन्ताले सताएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई यतिबेला दसैँको टीका र जमराभन्दा खेतको धान कसरी सुरक्षित रूपमा भित्र्याउने भन्ने चिन्ता बढी छ । असारमा रोपेको धान पाकेर खेतभरि झुले पनि वर्षाले फेरि क्षति पु¥याउने हो कि भन्ने डरले उनलाई पिरोलेको छ ।

“असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ । त्यसैले दसैँको टीका थाप्नेभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ,” थापाले भने, “यदि अहिल्यै धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन्छ । त्यसैले हाम्रा लागि यतिबेला दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोले छोएको छ ।”

गत हप्ता भएको ठूलो वर्षाका कारण धान भित्र्याउन नसकिएको उनले बताए । केही दिनदेखि पानी पर्न रोकिएपछि भने किसान खेताला लगाएर धान काट्न र थन्क्याउन जुटेका छन् । अहिले फेरि वर्षा भए पाकेको धानमा क्षति पुग्ने चिन्ता किसानमा छ ।

सम्बन्धित समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

विगतका वर्षमा दसैँ सकिएपछि धान भित्र्याउने चटारो सुरु हुने गरेको थियो । तर, यस वर्ष दसैँ केही ढिला परेकाले धान पाक्ने र चाडपर्व मनाउने समय एकैपटक परेको छ । त्यसैले गाउँघरमा दसैँको उल्लाससँगै खेतबारीको कामको चटारो पनि उत्तिकै छ ।

राप्ती सोनारी गाउँपालिका–५ का किसान अशोक वलीलाई पनि दसैँ मनाउनेभन्दा धान भित्र्याउने र हिउँदे खेतीको तयारी गर्ने हतारो छ । उनका अनुसार धान काट्ने समयमा परेको वर्षाले किसानको काम प्रभावित भएको थियो । अहिले पानी रोकिएपछि किसान धान काट्न र भित्र्याउन व्यस्त छन् ।

“अहिले त धान काट्ने बेलामै ठूलो वर्षा भयो । केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ,” वलीले भने, “एकातर्फ धान भित्र्याउनु छ, अर्कातर्फ बारीमा गहुँ छर्ने समय भइसकेको छ । एकैपटक धेरै काम थपिएकाले यसपालिको दसैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने छाँट छैन ।”

ADVERTISEMENT

वर्षाका कारण रोकिएको धान काट्ने काम अहिले किसानले अर्मपर्म गरेर अघि बढाइरहेका छन् । राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार केही दिनअघि नै धान काट्ने तयारीमा रहेका किसान वर्षाका कारण रोकिएका थिए । अहिले मौसममा सुधार आएपछि उनीहरू धान भित्र्याउन लागेका छन् ।

यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धान उत्पादन राम्रो भएको चौधरीले बताए । खेतभरि झुलेका धानका बाला देख्दा उत्पादनप्रति किसान आशावादी भए पनि पाकेको बाली घर भित्र्याउने बेलामा हुने वर्षाको जोखिमले उनीहरूलाई चिन्तित बनाएको छ ।

“आकाशमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पु¥याउन सक्छ,” चौधरीले भने, “बाँकेका किसान यतिबेला दसैँको रमझमभन्दा माथि उठेर धान भित्र्याउन लागेका छन् । किसानलाई धानखेती सुरक्षित रूपमा घर भित्र्याउन पाउनु नै यसपालिको सबैभन्दा ठूलो दसैँ र खुसी हुनेछ ।”

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी एवं वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार धान पाकेर स्याहार्ने समयमा वर्षा हुने जोखिम रहेकाले किसान अहिले धमाधम बाली भित्र्याउन लागेका छन् ।

केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यस वर्ष भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको शर्माले जानकारी दिइन् ।

दसैँको समयमा किसानका लागि पाकेको धान सुरक्षित रूपमा भित्र्याउनु नै मुख्य प्राथमिकता बनेको छ । वर्षभरि परिवारको छाक टार्ने अन्न बाली भित्र्याउन पाए मात्र चाडपर्वको खुसी पूरा हुने उनीहरूको भनाइ छ ।

Share148Tweet93SendShare
Previous Post

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
33°
Fair
6:17 am5:51 pm +0545
Feels like: 37°C
Wind: 5km/h E
Humidity: 55%
Pressure: 1013.55mbar
UV index: 3
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?