ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

News Desk by News Desk
१:३६ बिहान, मंसिर ६, २०८३
कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ५ गते ।
कोहलपुर नगर क्षेत्रमा बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न परिवर्तनशील युवा क्लबले सडकमा अधिकतम गति सीमा २० किलोमिटर प्रतिघण्टा कायम गर्न माग गरेको छ ।

क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई निवेदन बुझाउँदै कोहलपुरको न्यू रोडदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको पूर्वी गेटसम्म, एनटिभी रोडलगायत टाउन प्लानिङ क्षेत्रका सडकमा २० किलोमिटर प्रतिघण्टाको गति सीमा निर्धारण गर्न माग गरेको हो ।

क्लबका अध्यक्ष आदित्य बस्यालले बजार क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्ति बढेको र त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कारबाही नहुँदा दुर्घटनाको जोखिम बढेको बताए ।

उनले अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेको प्रहरीको विश्लेषणले समेत गति नियन्त्रण आवश्यक देखाएको बताए ।

सम्बन्धित समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

‘बजार क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाउने क्रम बढेको छ । गति नियन्त्रण नहुँदा दुर्घटनाको जोखिम पनि बढिरहेको छ,’ उनले भने, ‘नागरिकको सुरक्षाका लागि सडकमा गति सीमा कायम गर्न आवश्यक छ ।’

क्लबका पदाधिकारीले निवेदन बुझाउँदै नगरभित्रका सडकमा गति सीमा उल्लेख गरिएका संकेत बोर्ड राख्न, नियमित ट्राफिक निगरानी गर्न र तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाउनेमाथि कडाइका साथ नियम कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

निवेदन बुझ्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक शाहीले क्लबले उठाएको माग कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको क्लबले जनाएको छ ।

ADVERTISEMENT

क्लबका अध्यक्ष बस्याल, उपाध्यक्ष प्रशान्त खत्री र सल्लाहकार विक्रम ओलीले संयुक्त रूपमा प्रहरीलाई मागबारे जानकारी गराउँदै सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीवनरक्षाका लागि सम्बन्धित निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताए ।

अध्यक्ष बस्यालले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना हुनुअघि नै सावधानी अपनाउनुपर्ने बताए ।

‘सडक सुरक्षित बनाउने जिम्मेवारी हामी सबैको हो । दुर्घटना भएपछि पछुताउनुभन्दा दुर्घटना हुनुअघि नै सावधानी अपनाउनु आवश्यक छ,’ उनले भने ।

क्लबले कोहलपुरका व्यस्त सडक तथा टाउन प्लानिङ क्षेत्रमा गति सीमा निर्धारण गरी प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

Share148Tweet93SendShare
Previous Post

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव
मुख्य समाचार

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

६:०३ बिहान, मंसिर ५, २०८३
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु
मुख्य समाचार

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

२:२१ बिहान, मंसिर ५, २०८३
धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु
प्रदेश समाचार

धम्बोझीदेखि नन्दनी मिलसम्मको दुई किलोमिटर सडक विस्तार सुरु

२:११ बिहान, मंसिर ५, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै
मुख्य समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, दलहरूसँग आज छलफल गर्दै

२:०३ बिहान, मंसिर ५, २०८३
वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा
मुख्य समाचार

वर्षौंदेखि भूमिहीन रहेका बैजापुरका १० परिवारले पाए लालपुर्जा

९:५२ मध्यान्ह, मंसिर ३, २०८३
बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
मुख्य समाचार

बाँके–दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु हुँदै, ५ अर्ब ६० करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

६:०२ बिहान, मंसिर ३, २०८३
बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल
मुख्य समाचार

बाँकेको खुला सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, जनप्रतिनिधिसँग छलफल

३:०३ बिहान, मंसिर ३, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह
मुख्य समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पहल गर्न आग्रह

१:११ बिहान, मंसिर ३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:44 am5:23 pm +0545
Feels like: 27°C
Wind: 5km/h WNW
Humidity: 49%
Pressure: 1018.96mbar
UV index: 5
SunMonTue
27°C / 13°C
26°C / 12°C
25°C / 12°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?