ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रधानमन्त्री ओलि असन्तुष्ट भए ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको कामप्रति

जावेद अन्सारी by जावेद अन्सारी
२:०३ मध्यान्ह, जेष्ठ २६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २६ गते ।
मुलुक ७७ दिनयता लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण नै लकडाउनलाई मानेको सरकारले साढे २ महिनाको अविधिमा अवलम्बन गर्नुुपर्ने अन्य उपायको पर्याप्त खोजी नगर्दा सर्वसाधारण मानिसहरु रोगले भन्दा पनि भोक र अभावले छट्पटिन थालिसकेका छन् ।

सरकारले भनेको मानेर चैत ११ गतदेखि घरमा ढोका थुनेर बसेका कतिपय सर्वसाधारणको न घरमा खानेकुरा छ न हातमा पैसा ? कतिपयको रोजगारी समेत गुमेको छ आगामी दिनमा कसरी गुजारा गर्ने भन्ने समस्या बढ्दै गएको छ । सरकारले वितरण गरेको राहत पनि वास्तविक पीडितले भन्दा चल्दापुर्जाहरुले नै लिएका गुनासा आइरहेका छन् ।

धिमा गतिमा भइरहेको परीक्षणमा पनि संक्रमितहरु बढ्दै गएका छन् । उता, मृतकको संख्या पनि बढ्दै गइरहेको छ । तर, यति लामो समयसम्म पनि सरकारले न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा तीव्रता दिन सकेको छ, न लकडाउनकै विकल्प खोजेको छ ? जसले गर्दा विपतका बेलामा सरकारको सहारा खोजेका नागरिक वेसाहारा जस्तै बन्न पुगेका छन् ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन गठन गरिएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिलाई कोरोनाविरुद्धका सवै कामकारवाही अघि बढाउने पूर्ण जिम्मेवारी छ । तर यो समितिले गरेका कामकारवाही प्रभावकारी बन्नुको साटो विवादित र असफल बन्दै गएका छन् ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

विदेशमा रहेका नेपालीलाई भित्र्याउने विषय होस् वा काठमाडौबाट मानिसहरुलाई बाहिर पठाउने नै विषय किन नहोस्, पोखरेलको अपरिपक्क निर्णयका कारण विवादित बन्न पुगेका छन् । समितिमा आफ्नो निर्णय नै निर्णायक ठान्ने पोखरेलका गल्तिले आम नेपालीले समस्या भोग्नुपरेको गुनासो बढ्दै गएको छ ।

पोखरेल नेतृत्वको यो समितिको कामकारवाहीप्रति आम जनता मात्रै होइन, स्वयं प्रधानमन्त्री केपी ओली समेत सन्तुष्ट बन्न नसकेको खुलासा भएको छ । समितिको कमाण्ड फितलो भएको भन्दै पोखरेलसँग पटकपटक असन्तुष्टि जनाएका प्रधानमन्त्री ओली आफूले लकडाउनको खुलाउने कार्ययोजनाको सन्दर्भमा समयमै ठोस कार्ययोजना ल्याउन दिएको सुझावलाई समेत समितिले वेवास्ता गरेकोमा आक्रोशित नै बन्न पुगेका हुन् ।

लम्बिदो लकडाउनको मोडालिटी परिवर्तनबारे बहस चलिरहेका बेला जेठको दोस्रो सातामै प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिलाई जारी लकडाउनको मोडल परिवर्तनको ठोस प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिएको दुई साता हुन लाग्दा समेत समितिले उपयुक्त विकल्प दिन नसकेपछि मन्त्रिपरिषदले ठोस निर्णय गर्न सकेको छैन ।

ADVERTISEMENT

स्रोत भन्छ, ‘समितिले ठोस कार्ययोजना ल्याउन नसकेकै कारण प्रधानमन्त्रीले आफै लकडाउन परिमार्जन गर्न सरोकारवाला र विज्ञहरुसँग औपचारिक अनौपचारिक छलफल गर्नुपरेको हो ।’ उन बैठक प्रधानमन्त्रीले आइतबार राति बोलाएका थिए । सो छलफलमा ओलीले खुलेरै पोखरेलको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए ।

सरोकारवालाहरुसँगको छलफलपछि लकडाउनको विकल्पमा जानुपर्ने र सोही अनुसारका योजना तर्जुमा गर्नुपर्ने मनस्थितिमा पुगेका ओलीले समितिलाई त्यसको विकल्प तयार गर्न ताकेता गर्दै आएका छन् । गत जेठ १७ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा त समितिलाई दुई दिनभित्र लकडाउन परिवर्तनको विस्तृत योजना ल्याउन समय नै तोकिएको थियो ।

तर उच्चस्तरीय समितिले सो समयमा उपयुक्त विकल्पसहितको योजना तयार पार्न नसकेपछि आइतबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक सोमबार समेत बस्ने–नबस्ने टुुंगो लाग्न सकेको छैन । बरु घरभित्र बस्दाबस्दा वाक्क दिक्क भएका नागरिक सरकारबाट कुनै विकल्प नपाएपछि लकडाउनको स्वतः उलंघन गर्न थालिसकेका छन् ।

सरकारको निर्णय क्षमतामा नै प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा बैठक बोलाएका हुन् । ‘समितिको कामकारवाही सन्तोषजनक नदेखिएपछि प्रधानमन्त्री स्वयंले पनि चासो देखाउनु भएको छ ।

तर नौ जना मन्त्री र सचिवहरु रहेको समितिले उपयुक्त प्रस्ताव तयार गर्छ भन्ने विश्वास गर्नै पर्नेपनि भयो’,बालुवाटार निकट श्रोतले भन्यो, ‘लकडाउन परिवर्तन गर्ने र जनजीवन सामान्य पार्दै आर्थिक गतिविधहरु अघि बढाउने विषयका प्रस्तावहरु त आए तर चित्तबुझदो र बैज्ञानिक प्रस्ताव नआएपछि परिमार्जनका लागि पुनः समय दिइएको छ ।’

समितिका सदस्यसचिव समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए । ‘तयार भईरहेको कार्ययोजनाको मस्यौदामा आजपनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ ।

यो कार्य जारी छ’, आइतबारको बैठकपछि सचिव विडारीले सञ्चारमाध्यमलाई भनेका थिए,‘प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पूर्ण टीम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् ।

यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरि मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुन पेश गर्ने गरि बैठक सम्पन्न भएको छ ।’ प्रधानमन्त्रीले कतिपय कुरामा आफूलाई थाहा नै नदिई विवादास्पद निर्णय गराउने र समग्र सरकारलाई नै बद्नाम गराउने काम भएकातर्फ सचेत हुन निर्देशन समेत दिएका छन् ।

‘कोरोना परीक्षण गर्ने मेसिनहरु विग्रिएर नचलेको सुनेको छु । कतिपय स्थानमा परीक्षणमा चाहिने किट नै नभएर रोकिएका कुरा पनि आएका छन् । तर तपाई सवै ठिकठाक छ भनेजसरी कुरा गर्नुहुन्छ । वर्षा लागि सक्यो, पानी परेको पर्यै छ ।

उता क्वारेन्टिनहरु व्यवस्थित छैनन भन्ने सुनिन्छ, यस्तो तरिकाले हुदैन,’ प्रधानमन्त्री ओलीले पोखरेललाई बालुवाटारमा आइतबार राति ओलीले भनेका थिए, ‘एउटा कमजोरीले धेरै कुरा विर्गाछ ।

Share149Tweet93SendShare
Previous Post

बाँके र बर्दियामा थप १९ जनामा कोरोना भाइरस

Next Post

भारतीय चेलीबारे छानबिन गर्ने ः सभामुख अग्नि सापकोटा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post

भारतीय चेलीबारे छानबिन गर्ने ः सभामुख अग्नि सापकोटा

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई चौथो नम्वरमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?