काठमाडौं चैत १९ गते ।
विश्वकप छनोट खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो।
उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए।
यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ। जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।
अब जर्मनीले विश्वकप छनौट अन्तर्गतको चौथो खेल आगामी सेप्टेम्बर ३ मा लिचटेनटैनविरुद्ध खेल्ने छ।
Discussion about this post