ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प

News Desk by News Desk
४:१९ मध्यान्ह, बैशाख २१, २०७९
नेपालगन्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक, पाँच वर्षमा, पाँच संकल्प
438
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २१ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ ।

नेपालगन्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

“पाँच वर्ष, पाँच संकल्प” भन्ने मुल नाराका साथ उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।

संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

यस्तै नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।

कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरीएको छ ।

यसका साथै युवा यूवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ ।

ADVERTISEMENT

संकल्प पत्रमा स्थापित तथा उदियमान गन्तब्यहरुको पहिचान, सहज र सुलभ पहँुचका लागि गुणस्तरीय पुर्वाधार विकास, विस्तार र स्तरोन्नती गर्ने कुरालाई पर्यटनको बिषयमा उठान गरिएको छ, भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदीको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।

स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याईने लगायत महत्वपुर्ण बिषयहरु संकल्प पत्रमा समावेश गरिएको छ ।

संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारका रुपमा अगाडी सारिएका प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताउनुभयो । “जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले हुन सकेन, यदी हामीले ब्यवस्थित तरिकाले गठबन्धन गर्न सकेको भए गठबन्धन दलहरुलाई बढी उपलब्धी हुने थियो, तर त्यो हुन सकेन,’ उहाँले भन्नुभयो “म भन्न चाहन्छु, हाम्रो जुन केन्द्रीय तहबाट तालमेल भएको छ, यो गठबन्धनलाई सफल बनाउने तपाई हामी सबैको दायित्व हो ।” पार्टीभित्र धेरै ब्यवस्थापन गर्न समस्या भएका कारण नेपालगन्ज उपमहानगरपालिकाको वडा तहमा गठबन्धन हुन नसकेको उहाँको भनाई छ ।

गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विविध विषयलाई समेटिएको बताउनु भयो । चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पुरा कार्यान्वयन गरिने उहाँको भनाई छ ।

गठबन्धनका उम्मेदवारप्रति मतदाताले देखाएको उत्साह देखेर अरु उम्मेदवारहरु अत्तालिसकेको विष्टले बताउनु भयो । “गठबन्धनप्रति धेरै मतदाताल देखाएको उत्साह देखेर अरु उम्मेदवार अत्तालिसकेका छन, नेपालगन्जका मतदाता र सबै क्षेत्रका बुद्धिजिवीले पनि हामीलाई विश्वास गर्नु भएको छ,” उहाँले भन्नुभयो । कतिपय उम्मेदवारले गठबन्धनका उम्मेदवार विरुद्ध अफवाह फैलाउने कोसिस गरिरहेको बताउनु भयो । आफुहरु धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नमा उत्तिकै जिम्मेवार रहेको विष्टले बताउनु भयो । “हाम्रो पहिलो प्राथमिकता नै सामाजिक सद्भाव हो,” उहाँले थप्नु भयो ।

सो क्रममा नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफुहरु विरद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताउनु भयो । “हामी विरुद्ध अनेक भ्रम फैलाउन खोजिएको छ, तर मतदाताहरु सचेत हुनुहुन्छ, यो भ्रमलाई चिर्दै गठबन्धनलाई जिताउन जरुरी छ,” उहाँले भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका उपाध्यक्ष ताराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकालले पाँच दलिय गठबन्धन केन्द्रबाटै निर्माण भएको र नेपालगन्ज उपमहानगरपालिकामा आफ्ना साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताउनु भयो । यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको उहाँहरुले जोड दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संकल्प पत्र तयारी समितिका संयोजक हेमन्त कर्माचार्यले उम्मेदवारले निर्वाचित भएपछि गर्न सक्ने विषय बस्तुलाई मात्र समेटिएको बताउनु भयो । “निर्वाचित भएपछि गर्नै नसक्ने कुरालाई हामीले संकल्प पत्रमा समेटेका छैनौं,” उहाँले भन्नुभयो ।

Share193Tweet102SendShare
Previous Post

नेपालगन्जका उपमेयर पदका उम्मेदवार राई घरदैलो गर्दै वडा नं.१८ मा पुगे

Next Post

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
Next Post
राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

राप्रपाको घोषणापत्र सार्वजनिकः नन्दलाल भन्छन्–‘मेरो जित सुनिश्चित छ

नेपालगन्ज वडा नम्वर ५ का मतदाताले भने–‘हाम्रो भोट प्रशान्तलाई’

नेपालगन्ज वडा नम्वर ५ का मतदाताले भने–‘हाम्रो भोट प्रशान्तलाई’

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ सबैभन्दा बलियो उम्मेदवार

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ सबैभन्दा बलियो उम्मेदवार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Rain Shower
5:24 am7:20 pm +0545
Feels like: 33°C
Wind: 5km/h NNE
Humidity: 93%
Pressure: 998.31mbar
UV index: 0
WedThuFri
35/28°C
34/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?