
बाँके कार्तिक ५ गते । फौजी किराले दुःख दिएपछि बाँकेका किसानले मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्जमै रहेका मुख्यमन्त्री पोख्रेललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै किसानहरुले फौजी किराको व्यवस्थापन र सहयोग गर्न आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझाउँदै मुख्य मन्त्रि ले यस्को निबारण र कृषक लाई राहातको बिषयमा कुरा अगाडि बढाउने भन्दै कृषक हरुलाई सान्तोना समेत दिएका छन । बाँके जिल्ला का नेकपा पार्टी कमिटी का निर्वार्चित जनप्रतिनिधि हरुलाई प्रशिक्षण दिन नेपालगञ्ज आएको मौकामा कृषक हरुले ज्ञापन पत्र बुझाएका छन ।
बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा हुने धान खेतीमध्ये फौजी किराले झण्डै १७ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । फौजी किरा पूर्णरुपमा नियन्त्रणमा नआएको र धान काट्न बाँकी रहेका कारण क्षतिको विवरण अझ बढ्नसक्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । नियन्त्रणका लागि किसानलाई सूचना प्रवाह, स्थलगत अनुगमन र केही स्थानमा विषादीको पनि प्रयोग गरिएको छ ।
आगामी बालीमा समेत किरा लाग्ने सम्भावना भएकाले सचेतनालगायतका अन्य कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ। फौजी किराको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि बाँकेमा किसानहरुले राम्ररी नपाकेको धान भित्र्याउन थालेका छन् । आगामी दिन मा यो प्रकोप बढ्न नदिन कृषक हरु पनि सचेत रहनु पर्नेमा जोड दिए को छ।









Discussion about this post