ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकामा रोकिएन तस्करी, सशस्त्रका घुमुवाको आतंक कायमै

News Desk by News Desk
३:५८ मध्यान्ह, मंसिर १३, २०८०
नाकामा रोकिएन तस्करी, सशस्त्रका घुमुवाको आतंक कायमै
615
सेयर
614
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
बाँकेमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी नहुँदा भारतबाट हुने तस्करी रोकिनुको सट्टा झनै बढेको छ । नेपालगन्जको जमुनाह नाकामा कडाई गरिएपनि अन्य सहायक नाकाहरुबाट तस्करी मौलाउँदो छ । सरकारले दिएको दायित्व सशस्त्र प्रहरीले निर्वाह गर्न नसक्दा तस्करी रोकिनुको साटो मौलाउँदै गएको हो ।

सीमामा खटिएका सशस्त्र प्रहरीहरु अवैध तस्करी नियन्त्रण गर्न तदारुकता देखाउनुको साटो तस्करसँग साठगाँठ गरि रकम असुल्नमै तल्लिन भएको प्रत्यक्षदर्शी बताउँछन् ।
अवैध तस्करी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरीले मुख्य  जमुनाहनाकामा कडाई गरेको देखाउँदै सहायक नाकाबाट खुलेआम तस्करी गराउँदै आएको छ । सशस्त्र प्रहरीले तस्करहरुसँग लाइन लिएर अन्य सहायक नाकाहरुबाट खुलेआम तस्करी गराउँदै आएको भिडियो अनलाइन खोजखवरसँग सुरक्षित छ ।
यसमा सशस्त्रका घुमुवा असई सोमराज शर्माले भूमिका निभाइरहेका छन् । उनले तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीका लागि सुराकी गर्नुभन्दा तस्करका लागि सुराकी गर्दै आएको स्वयम सशस्त्र प्रहरीकै जुनियर अधिकृत बताउँछन् । ‘एक जना सशस्त्र प्रहरीका अधिकृत स्तरका कर्मचारी भन्छन्, ‘सोमराजले सशस्त्र प्रहरीको भूमिका भन्दा तस्करलाई सूचना दिन्छन् । उनकै सुचनाको आधारमा तस्करले सहजरुपमा अवैध सामान भित्र्याउन सकेका छन् ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएका सोमराजले सबैलाई लाइन मिलाएको उनको भनाई छ । एसपीका विश्वासपात्र भएकै कारण उनले असुलीधन्दालाई व्यापक बनाएको सुचना प्राप्त भएको छ ।

सशस्त्र प्रहरीले नाकामा खुलिआम असुलीधन्दा मच्चाउँदा बाँकेका सिडिओ भने सामाजिक संजाल फेसबुकमा भौकालमात्र मच्चाइरहेका छन् । तस्करी नियन्त्रण गर्ने, बजार अनुगमन गर्ने लगायतका फेसबुके स्टाटस लेख्दै भौकाल मच्चाउने उनले आफ्नै मातहतका सुरक्षा निकायले असुलीधन्दा मच्चाउँदा पनि कारवाहीको दायरामा ल्याउन सकेका छैनन् ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

सशस्त्र प्रहरीले नाकामा विपन्न तथा गरिव मानिसको सामान पक्राउ गर्ने गरेको छ । घरासयी कामका लागि मानिसले ल्याउने थोरै सामानहरु सशस्त्रले खोसेर नाकामा कडाई गरेको नाटक गरिरहेको छ । निमुखा जनताको सामान खोसेर जम्मा गर्दै आएको सशस्त्रले त्यही सामान तस्करको हो भन्दै सार्वजनिक गर्दै आएको छ ।
निमुखा जनताको सामान खोसेर एककठा गरि ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको मिडियावाजी गर्दै आएको सर्वसाधारण बताउँछन् । ‘सर्वसाधारणलाई त्रसित बनाएर नियन्त्रणमा लिएको सामानलाई तस्करबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको भौकाल मच्चाउँदै आएको छ,’ एक प्रत्यक्षदर्शीले भने ।

तर, सशस्त्र प्रहरीकै तल्लोतहका कर्मचारी भने ठूलो परिमाणमा अवैध सामान समाउने अवस्था अहिलेसम्म नआएको बताउँछन् । उनीहरुले ठूलो सामान सेटिङमा भित्र्याउने भएकाले पक्राउ पर्ने सम्भावना नहुने बताउँछन् ।
बाँकेमा एसपी र डिआइजीका आ–आफ्नै घुमुवा छन् । एसपीका घुमुवा असई शर्मा, विष्णु थारु र डिले अधिकारी हुन् भने डिआइजीका घुमुवा दुई छन् । विगतमा पनि उनीहरु घुमुवा भएर नाकामा खटिएका सशस्त्र प्रहरी हुन् । उनीहरु असुलीधन्दामा चर्चा कमाएका सशस्त्र प्रहरीका कर्मचारी हुन् । उनीहरु सेटिङका विज्ञ भएकै कारण एसपीदेखि डिआइजीसम्मले प्रयोग गर्दै आएको सशस्त्र प्रहरीमा चर्चा छ । यहाँसम्मकी सशस्त्रका घुमुवा तस्करका नातेदार समेत पर्ने गरेका कारण सेटिङ मिलाउन उनीहरुलाई सहज भएको सशस्त्र प्रहरीमा व्यापक चर्चा छ ।

तरस्करहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । नेपालबाट केराउ, जडिबुटी, सुपारी लगायतका सामान भारत लैजाने गरेको पाइन्छ । जाउआउका लागि पाँच सयदेखि एक हजार रुपैयाँ ड्यूटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको तस्करहरु स्वयम बताउँछन् । एसपीदेखि बिओपी इन्चार्जलाई महिनावारी लाखौं रुपैयाँ बुझाउने गरेको उनीहरुको भनाई छ ।
भारतबाट तस्करी गरि ल्याइएको सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा सप्लाई हुने गरेको छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो रकम सशस्त्र र तस्करको पोल्टामा जाने गरेको छ ।

ADVERTISEMENT

भारतबाट नेपाल सामान छिराउन तस्करहरुले भारतीय एसएसबी र पुलिसलाई समेत महिनावारी लाखौं रुपैयाँ बुझाउने गरेको स्रोत बताउँछ । सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा हुने अवैध तस्करी रोक्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रभावकारी भूमिका नदेखिएको सर्वसाधारणको बुझाई छ । सशस्त्र प्रहरीको अवैध असुलीबारे संचार माध्यममा छ्यापछ्याप्ती समाचार आउँदा समेत गृह प्रशासन मौन बस्नुले शंका उब्जिएको छ ।

पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) थप्ने क्रम जारी नै छ । बाँकेमा मात्रै ८ वटा यस्ता पोष्टहरु छन् । रात दिन गस्ती भइरहेको पनि सशस्त्र बताउँछ । तर उनीहरुको गस्ती भने तस्करको सुरक्षाका लागि हुने गरेको देखिएको छ । सशस्त्र प्रहरी राज्यप्रति असहयोगी र तस्करमैत्री बन्दा राजस्व संकलन खस्किएको छ ।

नेपाल–भारत सीमा अन्तरगत बाँकेको खडैचा, हिरमिनिया कालाबन्जार, भज्जुपुरुवा, नयाँ वस्ती, जमुनाह, जयसपुर इच्छाराम बाबा मन्दिर पछाडीको भाग, पचपोखरा, साईगाउँ, बढैया, सैनिक लगायतका सहायक नाका चोरी तस्करीका लागि प्रमुख सहायक नाका मानिन्छन् । मुख्य नाकामा कडाई गरेर सशस्त्र प्रहरीले यी सहायक नाकाबाट तस्करसँग मिलेर अवैध सामान भित्र्याउन सहयोग गर्दै आएको छ । यस विषयमा सरोकारवाला निकायले बेलैमा ध्यान नदिए राज्यलाई करोडौ रुपैयाँ नोक्सान हुने निश्चित छ ।

Share247Tweet154SendShare
Previous Post

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

Next Post

अझै सुल्झेन सैलुङ्ग सीमा विवाद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
Next Post
अझै सुल्झेन सैलुङ्ग सीमा विवाद

अझै सुल्झेन सैलुङ्ग सीमा विवाद

हडियाबाबा मन्दिरमा भण्डारा तथा रामलिला मंचन सुरु

हडियाबाबा मन्दिरमा भण्डारा तथा रामलिला मंचन सुरु

लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण

लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?