ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गणपति एसपी शाहीको सिको गर्दै हालका एसपी डाँगी : तस्करबाट पैसा असुल्दै, सामान छाड्दै

सशस्त्र प्रहरीकै मिलोमतोमा बाँकेको सीमा क्षेत्रमा तस्करी बढ्यो

News Desk by News Desk
१:३८ मध्यान्ह, बैशाख १७, २०८१
गणपति एसपी शाहीको सिको गर्दै हालका एसपी डाँगी ः तस्करबाट पैँसा असुल्दै, सामान छाड्दै
568
सेयर
548
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते ।
नेपाल–भारत खुल्ला नाकाका कारण हुने अपराध र तस्करी नियन्त्रण गर्ने जिम्मा राज्यले सशस्त्र प्रहरी बललाई दिएको छ । नेपाल–भारत तर्फमात्र नभई नेपाल–चिन सिमामा पनि सशस्त्र प्रहरी परिचालन भएका छन् ।
सशस्त्र प्रहरीलाई सिमा स्तम्भको रेखदेख गर्ने जिम्मेवारी पनि छ । मुख्यतया अवैध तस्करी नियन्त्रण गरि राज्यको राजस्व बृद्धि गर्ने प्रमुख उद्देश्यले सशस्त्र प्रहरीलाई नाकामा खटाइएको हो ।

तर, अवैध तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीका गणपतिदेखि विओपी इन्चार्ज र अवैध सामान नियन्त्रणका लागि नाकामा खटिएका सशस्त्र प्रहरीले तस्करसँग मिलेर अवैध सामान नेपाल भित्र्याउन सहयोग गर्दै आएका छन् ।
जुन जोगी आए पनि … भन्ने उखान जस्तै बाँकेमा आउने सशस्त्र प्रहरीका गणपति र विओपी इन्चार्जहरु पैसा कमाउनका लागि आएको देखिन्छ । ‘यहाँ आउने सशस्त्र प्रहरीका एसपीले जति आदर्शका कुरा गरे पनि उनीहरुको उद्देश्य पैसा कमाउने हुँदोरहेछ,’ तस्करका एक नाइकेले अनलाइन खोज खबरसँग भने ।

यसअघिका गणपति एसपी रमेश बिक्रम शाहीले तस्करी हुन दिन्न, तस्करसँग साँठगाँठ गर्दिन भन्दै हिड्थे, तर तिनै एसपी शाहीले तस्करसँग रकम असुल्न असई सोमराज शर्मालाई परिचालन गरेका थिए ।

तत्कालिन एसपी शाहीलाई पछ्याउँदै अहिलेका गणपति एसपी विमल डाँगीले पनि घुमुवा परिचालन गरि तस्करसँग मोटो रकम लिइरहेको खुलासा भएको छ । उनले बाहिरी रुपमा कडाई गर्न लगाएर तस्करसँग लाखौँ रुपैयाँ उठाइरहेको आरोप लागेको छ । यो आरोपलाई नेपाल प्रहरीले नेपालगन्जबाट तस्करीको सामान बरामद गर्नुले पनि उक्त आरोपलाई पुष्टि गर्दछ । ‘सशस्त्र प्रहरीले चाहेको भए बाँकेमा हुने अवैध तस्करी नियन्त्रणमात्र होइन, निर्मुल हुन सक्थ्यो, तर सशस्त्र प्रहरीका हाकिमदेखि तल्लो दर्जाका प्रहरी कमाउ धन्दामा लागेपछि तस्करी नहुने कुरै भएन,’ एक स्थानीयले भने, ‘सशस्त्र प्रहरीसँग लाइन लिएका तस्करको सामान सशस्त्र प्रहरीकै अगाडीबाट जाँदासमेत चुप लागेर बसेको प्रष्ट देखिन्छ ।’

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

यसअघिका एसपी शाहीले तस्करसँग मिलेर रकम असुलेको कुरा गृहमन्त्री र आइजिपी समक्ष नपुगेको होइन । गृहमन्त्री र आइजिपीले तस्करसँग मिलेको पाइए कारवाही गर्ने चेतावनी समेत दिएका थिए । तर, स्थानीयको गुनासो बारम्बार आउँदासमेत गृहमन्त्री र आइजिपीले नसुनेको झैँ गर्नुले उनीहरुमाथि पनि शंका उब्जिएको छ । ‘तस्करसँग मिलेर पैसा असुलेको सूचना पाए वा जनगुनासो आए तत्काल कारबाही गर्ने गृहमन्त्री र आइजिपीले तस्करीको सामान नेपालगन्जबाट दिनदिनै बरामद हुँदा पनि किन चुप बसेका होलान ? यसमा पनि कुनै रहस्य लुकेको हुनुपर्छ,’ नागरिक समाजका एक अगुवाले भने ।

नेपाल–भारत सीमा अन्तरगत विभिन्न नाका अवैध तस्करीका लागि मुख्य नाका मानिन्छन् । विभिन्न नाका मध्ये नेपालगन्ज नाका पनि मुख्य नाका हो । यहि नाका भएर गाडीका पार्टपूर्जादेखि औषधि, खाद्यन्न लगायतका सामान तस्करी हुने गरेको छ ।
नेपालगन्ज नाकामा हुने तस्करी नियन्त्रण गर्न सरकारले नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्र्वाटर बागेश्वरीलाई जिम्मेवारी दिएको छ । यो गण पनि तस्करबाट पैसा कमाउने राम्रो गणको रुपमा लिइन्छ । यस गणमा आउन सशस्त्रका एसपीहरु ठूलो जोडबल लगाउँछन् । नागरिक समाजका अगुवा भन्छन्, ‘कमाई नहुने भए सशस्त्र प्रहरीका एसपीहरु किन यो गणमा आउन मरिहत्ते गर्छन् त ?’

नम्बर ३० गणको हाकिम हुँदा एसपी शाहीले बाँकेमा मनगे पैसा कमाए । उनी नियन्त्रणमा लिएको सामान जस्तोसुकै पावर लगाउँदा पनि नछोड्ने भन्दै नेताहरुलाई समेत थर्काएको नाटक गर्थे, तर तिनै एसपी शाहीले घुमुवा परिचालन गरि लाखौँ रुपैयाँ असुलेर फर्किए ।
एसपी शाहीले जानेबेला हालका एसपी डाँगीलाई व्रिफिङ गरेर गएको हुनुपर्छ । त्यसैले उनी आउने वित्तिकै बाँकेमा तस्करी ह्वात्तै बढेको छ । नेपालगन्ज नाकामा कडाई गरेर जनतालाई तर्साउने बाहेक उनले तस्करी रोक्न सकेका छैनन् ।

ADVERTISEMENT

तै पनि डाँगीले तस्करीको सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाउँदै आएको दावी गर्न छाडेका छैनन् । उनले अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाए पनि बाहिर नल्याएको बताउँछन् । एसपी डाँगी आउने वित्तिकै तस्करी बढ्नुले उनको नियतमाथि खोट लगाउने ठाउँ भएको छ । यसको जिम्मेवारी उनले लिनु पर्ने हुन्छ ।

Share239Tweet137SendShare
Previous Post

कोहलपुरमा बोर्डिङ स्कुलको शुल्क निर्धारण

Next Post

धनुषामा पुरुषको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
Next Post
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

धनुषामा पुरुषको शव फेला

तातो हावाको लहर अझै बढ्ने

तातो हावाको लहर अझै बढ्ने

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?