ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा उद्योग–व्यवसाय दर्ता घट्यो, बन्द हुनेको संख्या बढ्यो

News Desk by News Desk
४:५१ बिहान, साउन ७, २०८१
बाँकेमा उद्योग–व्यवसाय दर्ता घट्यो, बन्द हुनेको संख्या बढ्यो
559
सेयर
550
VIEWS
ShareTweetSendShare

बाँके साउन ७ गते ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ । कार्यालयको गत आर्थिक वर्ष ०८०–०८१ को तथ्याङ्क अनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो। गत आवमा विभिन्न प्रकृतिका ७६० नयाँ उद्योग दर्ता भएका थिए भने २३० उद्योग खारेजी भएका थिए ।

गत आवमा उत्पादनमूलक उद्योगतर्फ १६४, कृषि तथा वन्यजन्तु उद्योगतर्फ २६८, पर्यटनमूलक उद्योगतर्फ ११० र सेवामूलक उद्योगतर्फ २१८ गरी जम्मा ७६० उद्योग दर्ता भएको कार्यालयका प्रमुख प्रमुख उद्योग अधिकृत रमेश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आवमा उत्पादनमूलक उद्योगतर्फ ५८, कृषि तथा वन्यजन्तु उद्योगतर्फ ११०, पर्यटनमूलक उद्योगतर्फ ४० र सेवामूलक उद्योगतर्फ २२ गरी जम्मा २३० उद्योग खारेजी भएका हुन्।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९–०८० मा ८७६ उद्योग दर्ता भएका थिए भने १६० उद्योग खारेजी भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७८–०७९ मा १७ सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा १३८ उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष ०७७–०७८ मा २३ सय ४१ उद्योग दर्ता भएकोमा ९६ उद्योग खारेजी भएका थिए ।

त्यसैगरी वाणिज्यतर्फ पनि नयाँ फर्म दर्ता हुने भन्दा खारेजी गर्नेकै सङ्ख्या बढिहरेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ६३४ र साझेदारी फर्म १४ गरी कूल ६४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०७९–०८० मा प्राइभेट फर्म ८५८ र साझेदारी फर्म १६ गरी कूल ८७४ फर्म दर्ता भएको बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ४५० र साझेदारी फर्म १२ गरी ४६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९–०८० मा ३१२ प्राइभेट फर्म खारेजीमा परेका थिए ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

“कार्यालयको तथ्याङ्कमा विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ ।” कार्यालय प्रमुख बुढाथोकीले भन्नुभयो, “आर्थिक मन्दी, बैङ्कको चर्को व्याज, खुल्ला सिमाना लगायतका कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ ।”

“कतिपय युवाहरूले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना त गर्नुभयो तर विविध कारणले गर्दा उहाँहरूले उद्योग टिकाइराख्न र कन्टिन्यु सञ्चालन गर्न सक्नुभएन ।” बुढाथोकीले भन्नुभयो, “त्यसपछि उहाँहरू उद्योग खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ, यस कारणले पनि पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।”

कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो ।

ADVERTISEMENT
Share229Tweet138SendShare
Previous Post

निःशुल्क प्राथमिक उपचार तथा पिउने पानी बितरण

Next Post

अनुदानमा बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
अनुदानमा बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा

अनुदानमा बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा

भेरी अस्पतालमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

भेरी अस्पतालमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?