ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

शान्ति, सुरक्षामा चुक्दै बाँके प्रहरी

जावेद अन्सारी by जावेद अन्सारी
१:४५ बिहान, भदौ ४, २०८१
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
771
सेयर
757
VIEWS
ShareTweetSendShare

बाँके भदौ ४ गते ।
बाँकेका सर्वसाधारणले आफूलाई असुरक्षित महशुस गरेका छन् । दिनदहाडै खुकुरी प्रहारका घटना दोहिरिन थालेपछि बाँकेका सर्वसाधारणले आफूलाई असुरक्षित महशुस गरेका हुन् ।

बाँके प्रहरीले शान्ति, सुरक्षा दिन नसकेपछि यहाँका नागरिक चिन्तित बनेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताए । उनले पछिल्लो समय बाँकेका सर्वसाधारण आफूलाई असुरक्षित महशुस गरेको बताए । ‘दिनदहाडै खुकुरी प्रहार र हत्याका घटना हुन थालेपछि बाँकेबासीले असुरक्षित महशुस गरेका छौँ,’ उनले भने ।

घरमा सुतिरहेका ब्यक्तिलाई लुटेराको समुहले धारिलो हतियार हिर्काउँदा जानकी गाउँपालिका–३ का एक जनाको मृत्यू भएको घटना सेलाउन नपाउँदै नेपालगन्ज उपमहानगरपालिका–२१ विर्ताका अरबी खाँको विभत्स तरिकाले हत्या भयो ।
उक्त घटना छानविनका लागि सिआइवीको टोली नेपालगन्ज आए पनि प्रहरीले अहिलेसम्म हत्यारा पक्राउ गर्न सकेको छैन ।
यी दुई ठूला घटनाको अनुसन्धानमा चुकेको बाँके प्रहरीलाई राप्तीसोनारी गाउँपालिका–५ बिनौनामा भएको खुकुरी प्रहारको घटनाले झनै चुनौती थपेको छ । विनौनामा भएको खुकुरी प्रहारको घटनामा दुई जना सख्त घाइते भएका छन् । दुवै जनाको भारतको लखनउमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरे पनि कारवाहीको दायरामा ल्याउने शंका ब्यक्त गरिएको छ । ‘बाँके प्रहरी शान्ति, सुरक्षा कायम गर्न पूर्णरुपमा असफल भइसकेको छ,’ नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर निवासी संविधान सभा सदस्य हाजी अब्दुल हमीद सिद्दिकी (भोला)ले भने , ‘प्रहरीबाट सुरक्षा पाइएला भन्ने आशा गर्नु बेकार छ ।’

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

अरबी खाँको हत्या भएको ५ महिना पुग्नै लाग्दा समेत हत्यारा पक्राउ गर्न नसकेको बाँके प्रहरीले सँधै अनुसन्धान भइरहेको छ, भन्ने रेडिमेड जवाफ दिँदै आएको छ । बाँके प्रहरीलाई घटना अनुसन्धानको बारेमा सोध्दा रेडिमेड जवाफ दिँदै भन्छ, ‘अनुसन्धान भइरहेको छ । हामी हत्यारा नजिक पुगिसकेका छौँ । केहि दिनमा हत्यारा पक्राउ गरि कारवाहीको दायरामा ल्याउँछौँ । तपाईहरु ढुक्क हुनुस हत्यारालाई छिट्टै पक्राउ गरि सार्वजनिक गर्छौँ ।’

बाँके प्रहरीले रेडिमेड जवाफ दिन लागेका ५ महिना भइसक्यो । तर घटनामा संलग्न एक जनालाई पनि पक्राउ गर्न सकेको छैन । यसले प्रहरीको कार्य कुशलतामाथि जनताले औँला उठाउन थालेका छन् ।
प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि अरबी खाँका परिवारलाई थप पीडा दिएको छ । जिल्ला प्रहरी कार्यालयमा दिनदिनै बोलाएर चिन्ता नलिन भन्दै ढाडस बाहेक अरु प्रतिफल दिन सकेको छैन बाँके प्रहरीले । ‘प्रहरीको ढाडसले हाम्रो चित्त बुझ्ने कुरा हुँदैन । प्रहरीले हत्यारालाई पक्राउ गर्यो भने मात्र हाम्रो मनमा शान्ति मिल्नेछ,’ अरबी खाँकी आमा राविया खाँले भनिन् ।

अरबी खाँ घटना अनुसन्धानका लागि बाँके प्रहरीले प्रहरी हवल्दार अतिस खाँको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन गरे पनि केहि हात लागेको छैन । ति सादा पोशाकका प्रहरी टोली अरबी खाँ हत्या अनुसन्धान गर्नुभन्दा नाकामा बसेर तस्करसँग हप्ता असुल्न ब्यस्त गरेकोले हत्या घटना अनुसन्धान फितलो भएको परिवारका सदस्यले गुनासो गरेका छन् ।

ADVERTISEMENT

धारिलो हतियार प्रयोग गरि असार २८ गते राती नेपालगन्जमा एक युवकको हत्या भयो । नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोक नजिकै ३८ वर्षीय इरसाद राईमाथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको एक महिना वितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसक्नु लज्जाको विषय बनेको छ । ‘बाँके प्रहरी एकपछि अर्को घटनामा चुक्दै गएको छ । पछिल्लो समय बाँके असुरक्षित बनेको छ । दिनदहाडै खुँडा, खुकुरी प्रहार हुँदासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न नसक्दा बाँकेबासी असुरक्षित महशुस गरिरहेका छौँ,’ कोहलपुर नगरपालिका–११ का सन्तोष थापाले भने ।

यो पनि पढ्नुहोस्

बाँकेको शान्ति सुरक्षा खस्कदै

यो पनि पढ्नुहोस् 

पाँच महिनासम्म फेला परेनन् अरबी खाँका हत्याराः पीडित भन्छन्–‘हत्यारासँगै प्रहरी मिलेको छ’

Share317Tweet189SendShare
Previous Post

बाँकेका तीन पालिकामा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप

Next Post

नेपालगन्जमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
Next Post
नेपालगन्जमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदै

नेपालगन्जमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदै

दुई युवामाथि धारिलो हतियार प्रहार भएको घटनाप्रति कांग्रेस बाँकेको भत्सर्ना

दुई युवामाथि धारिलो हतियार प्रहार भएको घटनाप्रति कांग्रेस बाँकेको भत्सर्ना

गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?