ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

News Desk by News Desk
२:५३ बिहान, बैशाख ३, २०८२
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन
433
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३ गते ।
सवारी दुर्घटनामा परि चालू आर्थिक वर्षको ९ महिनामा बाँकेमा ५७ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा ९० जना सख्त घाइते र ४४७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए ।

उनले तीव्र गति, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने र ट्राफिक नियम उलंघन गरेका कारण सवारी दुर्घटना भएको अनुसन्धानबाट खुलेको बताए । दुर्घटनामा परि पुस महिनामा सवैभन्दा धेरैको मृत्यु भएको उनले बताए । उनका अनुसार पुस महिनामा सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, असोज र कात्तिकमा ८/८ जना र माघमा सात जना, साउन, भदौँ र चैत महिनामा ६/६ जनाको मृत्यु भएको उनले बताए । उनले मंसिरमा ३ जना र फागुनमा चार जनाले ज्यान गुमाएको बताए । ‘दुर्घटनामा ४६ पुरुष, ७ महिला, ३ बालक र एक बालिकाको मृत्यु भएको छ,’ उनले भने ।

घाइते हुनेको संख्या पनि महिलाको भन्दा पुरुषको धेरै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । गत ९ महिनामा ५१ जना पुरुष, ११ जना महिला, ७ बालक र ३ वालिका गरि ९० जना सख्त घाइते भएको पन्तले जानकारी दिए । ‘दुर्घटनामा २८२ जना पुरुष, ९७ जना महिला, ३९ जना बालक र २९ जना बालिका गरि ४४७ जना सामान्य घाइते भएको तथ्यांक छ,’ उनले भने ।

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

ट्राफिक नियम उलंघन तथा दुर्घटना न्यूनिकरण गर्न पछिल्लो समय तदारुकता देखाएको बाँके ट्राफिक प्रहरीले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसबाट राजस्वमा समेत बृद्धि भएको छ । ६ साउन, २०८१ देखि चैत मसान्तसम्म बाँके ट्राफिकले २६ हजार ७२४ वटा सवारी साधनलाई कारवाही गरि दुई करोड १८ लाख ९७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुन महिनामा २९ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले चैत महिनामा २५ लाख ८९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने एक हजार ५३ जनालाई कारवाही गरिएको पन्तले जानकारी दिए । मापसे गर्नेहरुलाई गरिएको कारवाहीबाट ५३ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

तीव्र गतिमा सवारी साधन चलाउन १ हजार ४६१ जनालाई कारवाही गरि उनीहरुबाट सात लाख २० हजार ५ सय र ओभर लोड बोक्ने ३ हजार ८०८ वटा सवारी साधनलाई कारवाही गरि ३७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
९ महिनाको अवधिमा १ हजार ७०९ वटा सचेतनामुलक कार्यक्रम संचालन गरि एक लाख १६ हजार ९७० जनालाई ट्राफिक नियम सम्बन्धि जानकारी गराइएको उनको भनाई छ ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह शुरु

Next Post

स्वास्थ्य विवरण संकलन गर्न स्वास्थ्यकर्मी घरघरमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
स्वास्थ्य विवरण संकलन गर्न स्वास्थ्यकर्मी घरघरमा

स्वास्थ्य विवरण संकलन गर्न स्वास्थ्यकर्मी घरघरमा

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

लुम्बिनी कपको तयारी पूरा

चार ठेकेदार कम्पनी कालोसूचीमा

चार ठेकेदार कम्पनी कालोसूचीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?