बाँके भदौ २ गते ।
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ । नेपालगञ्जमा आज आयोजित एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एन’ का डिस्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठले अध्यक्ष यज्ञ बहादुर बस्नेत लगायत पदाधिकारी एवम् सम्पूर्ण कार्यसमितिलाई सपथ गराएका हुन् ।
लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष बस्नेतको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर टिकाराम चपाईले लायन्य क्लब अफ नेपालगञ्जमा आवद्ध भएका नयाँ सदस्यलाई पनि सपथ खुवाएका थिए ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनका आगामी कार्ययोजनाबारे जानकारी गराउँदै लायन्स क्लब अफ नेपालगञ्जलाई क्रियाशिलताका साथ काम गर्न निर्देशन दिएका थिए । त्यसक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख ब्रह्मकुमारी दुर्गा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
लायन्य क्लब अफ नेपालगञ्जका द्वितीय उपाध्यक्ष तारा प्रसाद खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव तेज रावल र वर्तमान सचिव नर्मदा शाही रेग्मीले गरेका थिए । कार्यक्रममा विभिन्न लायन लिडरहरुको उपस्थिति थियो । त्यस अवसरमा अध्यक्ष बस्नेतले आगामी कार्ययोजनाबारे जानकारी समेत गराएका थिए ।













Discussion about this post