बाँके कात्तिक १ गते ।
नेपालीहरुको दोस्रो महान पर्व तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहि आएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम र शुभ मानिन्छ ।
आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ । धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

आजको दिन सुन, चाँदी, तामाको भाँडादेखि लिएर अन्य सरसमान किनेर घरमा भित्र्याउने चलन रहेकाले गर्दा नेपालगन्ज बजार क्षेत्रमा किनबेच गर्नेहरुको विहानैदेखि चहलपहल बढेको छ ।
शनिबार विहानैदेखि सुन पसल, भाडाँको पसलहरुमा किन्नेहरुको भिडभाड लागेको छ ।













Discussion about this post