ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

News Desk by News Desk
९:२२ बिहान, जेष्ठ १८, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके, जेठ १८ गते ।
बाँकेमा आगामी जेठ २३ र २४ गते तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घको आयोजनामा नेपालगञ्ज रङ्गशालास्थित कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा इन्क्लाइन बेञ्च प्रेस, ह्याक लिफ्ट तथा टु–ह्यान्ड बार्बेल कर्ल गरी तीन विधामा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष विनी टण्डनले जानकारी दिए। उनका अनुसार प्रतियोगिता नेपाल स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको संयोजन तथा वल्र्ड स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको आबद्धतामा सञ्चालन हुनेछ। प्रत्येक खेलाडीलाई हरेक विधामा तीन–तीन अवसर प्रदान गरिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा सब–जुनियर मेनतर्फ १३ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी हुनेछन् भने जुनियर मेनतर्फ १९ देखि २३ वर्ष उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, सिनियर मेनतर्फ ६० केजीमुनि, ६८ केजीमुनि, ७६ केजीमुनि, ८५ केजीमुनि र ८५ केजीमाथि गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

मास्टर मेन–१ अन्तर्गत ४० देखि ५० वर्ष उमेर समूह र मास्टर मेन–२ अन्तर्गत ५० वर्षमाथिका खेलाडी सहभागी हुनेछन्। महिला सिनियरतर्फ भने ६० केजीमुनि र ६० केजीमाथि गरी दुई तौल समूहमा प्रतिस्पर्धा आयोजना गरिने आयोजकले जनाएको छ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घका सचिव चन्द्रशेखर थापाले राष्ट्रिय स्तरका खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने उनले जानकारी दिए।

प्रतियोगितालाई थप आकर्षक र स्मरणीय बनाउन नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका चार जना ओलम्पियन खेलाडीलाई विशेष सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ।

ADVERTISEMENT

सम्मानित हुने खेलाडीमा सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न २३औँ ओलम्पिकमा सहभागी सुरेन्द्रबहादुर हमाल, सन् १९८८ को सियोल ओलम्पिकमा सहभागी पार्वती थापा, सन् १९९२ को बार्सिलोना ओलम्पिकमा सहभागी अनिता श्रेष्ठ तथा सन् २०२० को टोकियो ओलम्पिकमा सहभागी सोनिया भट्ट रहेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले स्ट्रेन्थलिफ्टिङ खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा खेलकुद गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share152Tweet95SendShare
Previous Post

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

Next Post

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत, भारतीय नेताहरूसँग भेटघाट हुँदै

सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद

सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 3km/h WSW
Humidity: 69%
Pressure: 1014.22mbar
UV index: 4
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?