बाँके, असार ५ गते ।
नेपालगञ्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगिता–२०८३ को फाइनल समीकरण पूरा भएको छ । महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
महिलातर्फ त्रिभुवन चोक क्लबले लिग चरणमा २ जीत र २ हारसहित ६ अंक र बाँके गाउँ क्लबले ३ खेलमा अपराजित रहँदै ९ अंक प्राप्त गरी फाइनलमा प्रवेश गरेका हुन् ।
त्यस्तै पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लबले लिग चरणमा १ हार र २ जीतसंगै समान ७÷७ अंक हासिल गर्दै फाइनलमा प्रवेश गरेका हुन् । फाइनल खेल आज बेलुका ५ः३० बजे हुने आयोजकले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५ एस हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको हो । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ ।










Discussion about this post