ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

News Desk by News Desk
१२:२३ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
641
सेयर
641
VIEWS
ShareTweetSendShare

बाँके, असार २१ गते ।
नेपालगन्जको जमुनाहा नाका यतिबेला एउटा प्रश्नको केन्द्र बनेको छ– कडाइ कसका लागि ? सर्वसाधारणका लागि कि तस्करका लागि ?

भारतबाट घरायसी प्रयोजनका लागि किनमेल गरेर फर्किने सर्वसाधारणलाई सीमामै रोक्ने, केरकार गर्ने र सामान खोस्ने जस्ता गतिविधि सुरक्षाकर्मीका लागि सामान्यजस्तै बनेको छ। तर, त्यही समयमा नेपालगन्ज बजारका गल्ली–गल्लीमा भन्सार नतिरी भित्रिएका भारतीय सामान खुलेआम बिक्री भइरहेका छन् । यसले सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।

भारतबाट दुई किलो आँप किनेर फर्किएका एक स्थानीयले सीमामा आफूले भोगेको अपमानजनक अनुभव सुनाए। ’हामीले घरका लागि दुई किलो आँप ल्याउँदा पनि यति धेरै दुःख दिइन्छन् । तर नेपालगन्ज बजारभरि भारतीय आँप छ्यापछ्यापी कसरी बिक्री भइरहेको छ ? साना उपभोक्तामाथि मात्रै कडाइ गर्ने हो भने ठूलो परिमाणमा आउने सामान कसरी भित्रिन्छ ?’ उनले भने, ’नाकामा खटिएका सुरक्षाकर्मी र सम्बन्धित निकायको मिलेमतोबिना यस्तो सम्भव देखिँदैन ।’ जमुनाहा नाकाबाट आँप ल्याउन नपाउने उपभोक्ता नेपालगन्ज बजार पुग्दा भने भारतीय आँप जताततै देख्छन् । त्रिभुवन चोकदेखि विभिन्न बजार क्षेत्रमा साइकल, ठेला र पसलमा भारतीय आँप खुलेआम बिक्री भइरहेको छ।त्रिभुवन चोकमा आँप बिक्री गरिरहेका एक व्यापारीले समेत सुरक्षाकर्मीलाई रकम बुझाएर सामान ल्याउने गरेको स्वीकार गरे । यदि यो दाबी सत्य हो भने सीमामा देखाइने कडाइ सर्वसाधारणका लागि मात्रै भएको आशंका बलियो बन्छ। सरकार परिवर्तनसँगै सीमा नाकामा कडाइ बढाइएको दाबी गरिए पनि त्यसको प्रत्यक्ष असर तस्करी नियन्त्रणभन्दा बढी सर्वसाधारणमाथि परेको देखिन्छ। पहिले आफैँ भारतबाट किनेर ल्याउने उपभोक्ता अहिले बजारको भर पर्न बाध्य छन्। त्यसको प्रत्यक्ष असर मूल्यमा परेको छ। भारतको नवाबगन्जमा भारु २०० (नेरु ३२० रुपैयाँ) मा पाइने पाँच किलो आँप नेपालगन्ज आइपुग्दा एक हजार रुपैयाँ सम्ममा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ।’ बालबच्चाले आँप खान खोज्छन्। नाकाबाट ल्याउन दिँदैनन्।

अन्तिममा यही बजारबाट तीन गुणा महँगोमा किन्नुपरेको छ।’ स्थानीयको आरोप छ, अहिलेको व्यवस्था तस्करी रोक्नभन्दा पनि बिचौलिया र अवैध कारोबारीलाई फाइदा पुग्ने गरी सञ्चालन भइरहेको छ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

आफैँ किनेर ल्याउने बाटो बन्द भएपछि उपभोक्ता महँगो मूल्यमा बजारबाट किन्न बाध्य छन्। यसले प्रतिस्पर्धा घटाएको छ भने बिचौलियाको एकाधिकार बढेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार, सीमा नाकामा नियम–कानुनको नाममा सर्वसाधारणलाई दुःख दिने तर ठूलो परिमाणमा हुने अवैध कारोबारमा प्रभावकारी नियन्त्रण नहुनुले सुरक्षा निकाय र सम्बन्धित निकायप्रतिको विश्वास कमजोर बन्दै गएको छ।
सीमामा खटिएका निकायले कडाइ त गरिरहेका छन्। तर नागरिकको प्रश्न उही छ यदि नाकाबाट केही पनि छिर्न दिइँदैन भने नेपालगन्जका बजारमा भारतीय फलफूल, खाद्यान्न र अन्य सामान यति सहज रूपमा कसरी पुगिरहेका छन् ?

ADVERTISEMENT
Share256Tweet160SendShare
Previous Post

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

Next Post

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?