ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

News Desk by News Desk
१२:५६ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, साउन २७ गते ।
भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा रुपइडिहास्थित नेपालगञ्ज रोड स्टेसनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन र आवागमनमा नयाँ सम्भावनाको ढोका खुलेको छ ।

भारतीय रेल मन्त्रालयले वाराणसी सिटी–गोरखपुर रेलसेवा नेपालगञ्ज रोडसम्म विस्तार गर्ने निर्णय गरेसँगै नेपालगञ्जसहित बाँके, बर्दिया र पश्चिम नेपालका व्यवसायी उत्साहित भएका छन् । रेलसेवा विस्तार भएपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग रेलमार्गबाट जोडिनेछ ।

भारतीय रेल विभागले सार्वजनिक गरेको विवरणअनुसार वाराणसी सिटी–नेपालगञ्ज रोड र नेपालगञ्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउनेछन् । १५१३२ वाराणसी सिटी–नेपालगञ्ज रोड एक्सप्रेस वाराणसीबाट राति १०ः३५ बजे छुटेर बिहान ११ः२० बजे नेपालगञ्ज रोड पुग्नेछ । फर्किने क्रममा १५१३१ नेपालगञ्ज रोड–वाराणसी सिटी एक्सप्रेस नेपालगञ्जबाट दिउँसो ४ः१५ बजे छुटेर भोलिपल्ट बिहान ८ः३० बजे वाराणसी पुग्नेछ ।

गोरखपुरमा दुवैतर्फ १० मिनेट रेल रोकिने समयतालिका छ ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले रेलसेवा विस्तारले नेपालगञ्जको व्यापारिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने बताए । ‘नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो,’ उनले भने, ‘रेलमार्गबाट भारतसँगको पहुँच विस्तार हुँदा व्यापारसँगै होटल, यातायात, गोदाम, खुद्रा बजारलगायत सेवा क्षेत्रको गतिविधि पनि बढ्न सक्छ ।’

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले भारतका व्यापारिक केन्द्रबाट सीमावर्ती बजारसम्म मालसामान ढुवानीमा समेत रेल उपयोगी हुन सक्ने बताए । उनका अनुसार व्यापारिक वस्तुको ढुवानी सहज भए नेपालगञ्जको सीमावर्ती व्यापार थप विस्तार हुन सक्छ ।

रुपइडिहास्थित उत्तरप्रदेश उद्योग व्यापार मण्डलका अध्यक्ष शैलेश जयसवालले रेलसेवा विस्तारले सीमाका दुवैतर्फका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई लाभ पुग्ने बताए ।

ADVERTISEMENT

पर्यटनमा पनि लाभको अपेक्षा

रेलसेवा विस्तारबाट पर्यटन व्यवसायले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार वाराणसीलगायत भारतका धार्मिक सहरबाट आउने पर्यटकलाई नेपालगञ्ज हुँदै पश्चिम नेपालका पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुनेछ ।

‘भारतीय पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गन्तव्यसम्म लैजान रेलसेवा प्रवेशद्वार बन्न सक्छ,’ श्रेष्ठले भने ।

उनका अनुसार नेपालबाट भारतमा धार्मिक यात्रा तथा स्वास्थ्योपचारका लागि जाने यात्रुलाई पनि रेलसेवाले सहज बनाउनेछ ।

रेलसेवाबाट बाँके र बर्दियासँगै कैलाली, सुर्खेत, दाङ, कर्णाली र सुदूरपश्चिमका नागरिकले समेत अप्रत्यक्ष लाभ लिन सक्ने व्यवसायीको अपेक्षा छ ।

नेपालगञ्जका नागरिक अगुवा होन्तराज काफ्लेले भारतमा शिक्षा तथा स्वास्थ्योपचारका लागि जाने विद्यार्थी र बिरामीका लागि रेलसेवा बढी उपयोगी हुने बताए ।

लामो समयदेखिको माग

नेपालगञ्जसम्म ब्रोडगेज रेलसेवा विस्तार गर्नुपर्ने माग सीमावर्ती क्षेत्रका नागरिक र व्यवसायीले लामो समयदेखि उठाउँदै आएका थिए । नेपालगञ्ज रोडसम्म रेलसेवा विस्तार गर्ने निर्णयले उक्त मागलाई सम्बोधन गरेको व्यवसायीको भनाइ छ ।

तर रेल आएर मात्रै पश्चिम नेपालको व्यापारिक सम्भावना पूरा नहुने उनीहरूको तर्क छ । रेलसेवासँग जोडिने गरी नेपालतर्फको सीमा व्यवस्थापन, सडक यातायात, सार्वजनिक यातायात तथा अन्य पूर्वाधार सुधार गर्नुपर्ने देखिएको छ ।

व्यवस्थित पूर्वाधार र व्यापारिक सहजीकरण गर्न सके नेपालगञ्ज रोडसम्म विस्तार हुने रेलसेवा पश्चिम नेपालको व्यापार, पर्यटन, रोजगारी र आवागमनका लागि महत्वपूर्ण आधार बन्न सक्ने व्यवसायीको अपेक्षा छ ।

Share148Tweet93SendShare
Previous Post

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

Next Post

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?