ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिरमिनिया र साईगाउँ तस्करको मुख्य ट्रान्जिट, घुमुवाको पनि रजगज

News Desk by News Desk
१२:१८ मध्यान्ह, साउन २४, २०८१
हिरमिनिया र साईगाउँ तस्करको मुख्य ट्रान्जिट, घुमुवाको पनि रजगज
563
सेयर
562
VIEWS
ShareTweetSendShare

बाँके साउन २४ गते ।
सरकारले देशभर नै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन । नेपालगन्ज भन्सार कार्यालय त झन राज्यले दिएको लक्ष्यको ५ प्रतिशतमा सिमित हुन पुग्यो । यसैलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको साउन महिनाको लक्ष्य पनि हासिल गर्न कठिन देखिन्छ । राजस्व घट्नुका विभिन्न कारणहरु छन् । तीमध्ये एउटा कारण हो अवैध रुपमा भइरहेको तस्करी ।

तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायहरु तस्करसँगको सेटिङमा मस्त हुँदा राज्यलाई करोडौंको घाटा भइरहेको छ । खुला सीमानाकामा सशस्त्र र नेपाल प्रहरीकै सेटिङमा अवैध धन्दा चलिरहेको प्रत्यक्षदर्शी बताउँछन् । नेपालगन्जको मुख्य नाका जमुनाहमा देखाउनका लागि कडाई गरिएको छ । तस्करहरुको समूहले सशस्त्र र नेपाल प्रहरीलाई आफ्नो प्रभावमा पारेर अवैध धन्दालाई भने निरन्तरता दिइरहेका छन् ।

जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न नाकाबाट चोरी तस्करी बढ्दो छ । विकट क्षेत्र भएकाले यहाँ जिल्लाको उच्च सुरक्षा निकायको उपस्थिति छैन । तर प्रहरीका चौकी र विओपी पोष्टहरु छन् । ति चौकीका इन्चार्ज र विओपीका इन्चार्जहरु तस्करसँग मिलेर भारतबाट अवैध रुपमा करोडौंको सामानहरु नेपाल भित्र्याउने गरेका छन् । पछिल्लो समय हिरमिनिया र साइगाउँ तस्करहरुको लागि मुख्य ट्रान्जिट नै बनेको छ । यता तिर न पत्रकारहरुको आँखा पर्छ न त अधिकारकर्मीको नै आँखा पर्छ । त्यसैले पनि प्रहरीका इन्चार्जहरुलाई कमाउ धन्दाका लागि सहज र सुरक्षित भएको छ ।

प्रहरी चौकी साइगाउँको आगनबाटै तस्करी भइरहेको स्थानीय बताउँछन् । साइगाउँका प्रहरी इन्चार्जमा विष्णु शाही छन् । तर तस्करहरुले मोटरसाइकल र साइकलमार्फत यही प्रहरी चौकीको आगनबाट भन्सार छलिको करोडौंको सामान भित्र्याइरहेका छन् । इन्चार्ज शाहीले प्रहरी जवान विनोद केसीलाई घुमुवाका रुपमा खटाएका छन् । तस्करसँगको मिलेमत्तोमा रकम असुलीका घटनामा इन्चार्ज शाही मुछिन थालेपछि उनले घुमुवाका रुपमा जवान केसीलाई प्रयोग गरेका छन् । प्रहरी स्रोतले भन्यो,“उनै केसीले तस्करसँग रकम उठाउँछन् । र, इन्चार्ज शाहीलाई बुझाउने गरेका छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

अनलाइन खोजखवरको सम्पर्कमा आएका केही तस्करहरुले इन्चार्ज शाहीले आफुलाई भन्दा पनि केसीमार्फत काम मिलाउन भन्ने गरेका छन्। यसअघि इन्चार्ज शाहीले तस्करसँग आफै रकम बुझ्ने गरेको बताइएको छ । ‘रात दिननै साइकल र मोटरसाइकलमा तस्कर भइरहेको छ स्थानीय भन्छन्–‘पुलिसको सहयोगविना एक किलो चिनी ल्याउन सकिदैन अनि यसरी मोटरसाइकलका मोटरसाइकल भारतबाट कसरी अवैध सामान आउँछ ?’ आक्रोसित हुँदै स्थानीयहरुले त्यस्ता अवैध धन्दामा मुछिएका प्रहरीहरुको विगतको आर्थिक अवस्थाबारे जाँचबुझ गर्न पनि सुझाउँछन् । ३४ हजारको जागिरले उनीहरुको फेरिदो आर्थिक हैसियतबारे पनि खोजविन जरुरी रहेको स्थानीय बताउँछन् ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक कमलबहादुर बुढाथोकी पनि तस्करलाई सघाउँदै आएका छन् । अहिले तस्करका लागि हिरमिनिया नाका सहज हुनुको कारण बुढाथोकीले तस्करसँग मासिक २०–२५ हजार लिनु हो । उनले रकम असुल्न प्रहरी जवान मिलन खाँडलाई सादा पोशाकमा (घुमुवा) परिचालन गरेका छन् । खाँड र बरिष्ठ सई बुढाथोकी मिलेर एक जनाबाट २० देखि २५ हजार रुपैयाँ लिइरहेको एक तस्करले अनलाइन खोजखवरलाई जानकारी दिए । ‘यी दुबै जनाको रातदिन तस्करसँग असुली गर्नमा बित्छ,’ एक प्रत्यक्षदर्शीले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्ताका अरबी खाँ हत्या घटनाको अनुसन्धान गर्न प्रहरी हवल्दार अतिस खान, प्रहरी हवल्दार रामसुमन चौधरी, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान बिनोद केसी र प्रहरी जवान वीरबहादुर ताउलेलाई परिचालन गरेको छ । तर, यो घुमुवा टोली अनुसन्धानका लागि सुरु सुरुमा बिर्ता पुगे पनि अहिले भने जान छोडिसकेका छन् । अनुसन्धानका लागि खटिएको प्रहरी टोली हत्या घटनाको अनुसन्धान गर्नमा भन्दा पनि हिंजोआज नाकामा भेटिन्छन् ।

ADVERTISEMENT

विओपीका इन्चार्ज तथा प्रहरी चौकी इन्चार्जहरुसँग मिलेर घुमुवाले पनि राम्रै रजगज चलाइरहेका छन् ।

यो पनि पढ्नुहोस्  

साइगाउँ प्रहरीले समातेको पाँच लाखको अवैध सामान कहाँ गयो ?

 

Share226Tweet141SendShare
Previous Post

नेपालगन्ज भन्सारका सुचना अधिकारीलाई कारवाहीको माग

Next Post

स्रोत नखुलेको २४ लाख नगदसहित ५ जना भारतीय पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

स्रोत नखुलेको २४ लाख नगदसहित ५ जना भारतीय पक्राउ

बालबन्दीलाई शैक्षिक सामाग्री वितरण

बालबन्दीलाई शैक्षिक सामाग्री वितरण

कञ्चनपुरमा युरिया मलको अभाव

मलको संकट व्यहोर्दै किसान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?