ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ : गुप्ता

News Desk by News Desk
१२:३६ बिहान, फाल्गुन ८, २०८२
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ : गुप्ता
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके फागुन ८ गते ।
बाँके क्षेत्र नम्बर २ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु कोइराला मैदानमा छन् । आफ्ना उम्मेदवार जिताउन क्षेत्रीय कार्यसमिति अहोरात्र खटिएको छ । युवा नेता कोइराला उम्मेदवारका रुपमा पाउँदा मतदाताहरुमा पनि उत्साह देखिएको छ । जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएकाले पनि देशभर छुट्टै खालको उत्साह मिलेको काँग्रेसका नेताहरु बताउँछन् । बाँके क्षेत्र नं.२ मा काँग्रेसको चुनावी अभियानबारे क्षेत्रीय सभापति रमेश कुमार गुप्तासँगको कुराकानीको सम्पादित अंशः

बाँके क्षेत्र नं.२ मा काँग्रेसको कस्तो चल्दैछ चुनावी अभियान ?
बाँके क्षेत्र नं. २ मा हाम्रो चुनावी अभियान निकै उत्साहजनक ढङ्गले अघि बढिरहेको छ । सहर तथा गाउँ वस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छौं । घरदैलो कार्यक्रम, टोल भेला, सभा सबै ठाउँमा जनताको उल्लेख्य सहभागिता देखिएको छ । उत्साहपूर्ण तरिकाले चुनावी अभियान चलिरहेको छ । हामीले विशेष गरी युवाहरु, महिला र किसानसँग बढी जोड दिएको छौं । विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा लिएर हामी जनतामाझ पुगेका छौं । समग्रमा भन्नुपर्दा, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं र वातावरण हाम्रो पक्षमा देखिन्छ ।

यो सुशील कोइरालाको विरासत बोकेका क्षेत्र पनि हो, मतदाताहरु के भन्छन् ?
हो, बाँके क्षेत्र नं. २ दिवंगत नेता सुशील कोइरालाको क्षेत्र हो । उहाँको सादगी, इमान्दारी र देशप्रतिको निष्ठा आज पनि यहाँका जनताले स्मरण गरिरहेका छन् । कोइराला परिवारको राजनीतिक विरासत बोकेको ठाउँ हो । काँग्रेसले विरासत बोकेका परिवारको उम्मेदवार त उठाएको छ नै, पछिल्लो जेनजी आन्दोलनपछि युवा नेतृत्वको चर्चाले पनि हामीले ४४ वर्षीय सुधान्शु कोइरालालाई चुनावी प्रतिस्पर्धामा उतारका छौं । सुधान्शु बेदाग युवा हुन् । सम्भावना बोकेका युवा हुन् । उनको राम्रो छवि छ । युवा पुस्तामा पनि लोकप्रिय छन् । युवा र अत्यन्तै इमान्दार उम्मेदवार पाएकाले पनि मतदाता उत्साहित देखिनुहुन्छ ।

नयाँ–नयाँ पार्टी पनि प्रतिस्पर्धामा आएका छन् नि ?
लोकतन्त्रमा नयाँ पार्टीहरु आउनु स्वभाविक हो । यो सकारात्मक पनि हो । तर, चुनाव जित्नका लागि केवल नयाँ हुनु मात्र पर्याप्त हुँदैन । अनुभव, संगठन, स्पष्ट नीति र जनतासँगको निरन्तर सम्बन्ध आवश्यक हुन्छ । नेपाली काँग्रेससँग लामो राजनीतिक अनुभव, संगठनात्मक मजबुती र जनताको भरोसा छ । त्यसैमा अहिले काँग्रेस बदलिएर आएको छ । एक हिसावले भन्ने हो भने नयाँ भनेकै काँग्रेस पार्टी हो ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

काँग्रेसको नेतृत्व बदलिएर आएपछि जनतामा उत्साह देखिएको छ भन्नुभएको हो ?
हामीले जनताको चाहना अनुसार काँग्रेसमा नयाँ नेतृत्व (गगन थापा) ल्याएर आफूलाई बदल्यौँ । तर, हाम्रा प्रतिस्पर्धी दलहरुले त अझै पुरानै नेतृत्व बोकिरहेका छन्, जसलाई जनताले मन पराएका छैनन् । नयाँ भनिएका पार्टीहरुले पनि २०७९ को चुनावमा भाग लिइसकेकै हुन्, उनीहरु पनि पूर्णरुपमा नयाँ होइनन् । त्यसैले यो क्षेत्रमा जनताको भरोसा अहिले नेपाली कांग्रेसप्रति नै छ । अन्य दलहरु मुद्दा र कलंकले घेरिएका छन् । तर, हाम्रा सभापति गगन थापामाथि त्यस्तो कुनै दाग छैन । उहाँले नेपाल बदल्ने जुन सपना र सोच राख्नुभएको छ, त्यसलाई अहिले देशभरका जनताले पत्याएका छन् । बाँके क्षेत्र नं. २ मा पनि हाम्रो उम्मेदवार निष्कलंक हुनुहुन्छ । जनताले पनि त्यही भावना व्यक्त गरिरहनुभएको छ ।

काँग्रेसको चुनावी एजेण्डा के छ ?
हाम्रो मुख्य एजेण्डा विकास र समृद्धि हो । विशेष गरी हामीले बाँके क्षेत्र नं. २ का लागि यी विषयमा जोड दिएका छौं । कृषिको आधुनिकीकरण र किसानको आम्दानी वृद्धि, युवालाई रोजगारी र सीप विकास, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, सडक, खानेपानी, सिंचाई, महिला सशक्तिकरण र सामाजिक न्याय हाम्रा मुद्दा हुन् । त्यति मात्र होइन, राप्ती नदीको कटान र डुवानको समस्या पनि छ । त्यसको दीर्घकालीन समाधानमा पनि हाम्रो ध्यान छ । हामीले स्थानीय आवश्यकता अनुसार योजना बनाएर काम गर्ने प्रतिबद्धता लिएका छौं ।

मतदाताले काँग्रेसलाई किन जिताउने ?
पहिलो कुरा, काँग्रेस लोकतन्त्रको मुख्य र जिम्मेवार शक्ति हो । हामीले सधैं जनताको अधिकार र स्वतन्त्रताको रक्षा गरेका छौं । दोस्रो, हाम्रो नेतृत्वमा देशले स्थायित्व र विकासको मार्ग समातेको छ । तेस्रो, हामीसँग स्पष्ट योजना, सक्षम टिम र कार्यान्वयन गर्ने अनुभव छ ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिन सशस्त्र प्रहरीलाई निर्देशन

Next Post

१०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादले कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post
१०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादले कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित

१०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादले कमरुद्दिनको चुनावी घरदैलो थप उत्साहित

मुस्लिम बाहुल वडा १९ मा कमरुद्दिनलाई जिताउन प्रचार कार्यालय स्थापना

मुस्लिम बाहुल वडा १९ मा कमरुद्दिनलाई जिताउन प्रचार कार्यालय स्थापना

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

नेपालगञ्ज भन्सारद्वारा सात महिनामा ११ अर्ब ४ करोडभन्दा बढी राजस्व संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?