ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

News Desk by News Desk
६:३० बिहान, साउन १०, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
397
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके, साउन १० गते ।
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। विश्वमै दुर्लभ मानिने पाटेबाघसहित विभिन्न वन्यजन्तु अवलोकन गर्न गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक निकुञ्ज पुगेका छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाभन्दा बढी हो।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६२० जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ४४४ जना मात्रै पर्यटक पुगेका थिए। पछिल्ला दुई वर्षयता पर्यटकको आगमन निरन्तर बढ्नु निकुञ्जको पर्यटन सम्भावनाका लागि सकारात्मक सङ्केत भएको उनले बताए।

उनका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका गतिविधिमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरे पनि वन्यजन्तुको प्राकृतिक वासस्थान रहेको मुख्य क्षेत्रमा सफारी गर्दै अवलोकन गर्ने पर्यटकको सङ्ख्या पहिलो पटक एक हजार नाघेको हो। अधिकांश पर्यटक मध्यवर्ती क्षेत्रमा सञ्चालित होमस्टे तथा नेपालगन्ज र कोहलपुरका होटलमार्फत सफारीका लागि निकुञ्ज पुगेका थिए।

कँडेलले सफारीका लागि सवारीसाधनको सङ्ख्या बढाउन सके पर्यटकको आगमन अझै वृद्धि हुने बताए। उनका अनुसार पर्यटन पूर्वाधार विस्तार र प्रभावकारी प्रचारप्रसारले बाँके राष्ट्रिय निकुञ्जलाई पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पर्यटन प्रवद्र्धनका कार्यक्रम बढाउनुपर्ने बताए। कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सङ्गीता सुवेदीले निकुञ्जको प्रभावकारी ‘ब्रान्डिङ’ आवश्यक रहेको धारणा राखिन्। गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले पनि निकुञ्जको व्यापक प्रचारप्रसारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन्।

हाल बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा वयस्क पाटेबाघ रहेका छन्। निकुञ्जमा चितुवासहित अन्य वन्यजन्तुको सङ्ख्या पनि बढ्दो क्रममा छ। यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका वन्यजन्तु पाइन्छन्।

वि.सं. २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज विमानस्थलबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको निकुञ्ज स्थल र हवाई दुवै मार्गबाट सहज पहुँचमा रहेकाले पछिल्ला वर्षहरूमा पर्यटकको रोजाइमा पर्न थालेको छ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

Next Post

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?