ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

उपमहानगरले वार्षिक २८ लाख राजस्व लिन्छ, ताल क्षेत्र भने झाडी र जीर्ण पूर्वाधारले बेहाल

News Desk by News Desk
३:०९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, असोज ६ गते ।
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । ताल वरिपरि झाडी र बुट्यान बढ्दै गएका छन् भने पर्यटकको आकर्षणका लागि निर्माण गरिएका संरचनासमेत जीर्ण बन्न थालेका छन् ।

ताल क्षेत्रमा बनाइएका कतिपय रेलिङ भत्किएका छन् । नियमित सरसफाइ र आवश्यक मर्मतसम्भार नहुँदा तालको सौन्दर्य घट्दै गएको स्थानीयवासीले बताएका छन् । लामो समयदेखि ताल क्षेत्रको संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ ।

स्थानीय राहिल किंघरियाले पर्यटकीय सम्भावना बोकेको कान्तिताल निर्माणका क्रममा ठूलो रकम खर्चिए पनि त्यसपछि संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको बताए । निर्माण गरिएका संरचनाको समेत नियमित मर्मत हुन नसकेको उनले बताए ।

“सौन्दर्य बढाउन बनाइएका रेलिङ भत्किएका छन् । तालको सुरक्षा र संरक्षणबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ भएन,” उनले भने ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

कान्तिताल सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी ठेक्का लिएका स्थानीय फनबहादुर गुरुङले ताल क्षेत्रमा रहेका रेलिङ लागुऔषध प्रयोगकर्ताबाट तोडफोड भएको हुन सक्ने बताए ।

रेलिङ कसरी र कसले तोडफोड गरेको हो भन्ने विषयमा वास्तविकता खोजी गर्नुपर्ने उनले बताए । ताल क्षेत्रको संरक्षण र सुरक्षाका लागि स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

नेपालगन्जको प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनासहित विसं २०७५ मा कान्तिताल संरक्षण तथा पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । त्यस क्रममा नेपालगन्ज उपमहानगरपालिकाले ताल संरक्षण तथा पूर्वाधार निर्माणमा १० करोड रुपैयाँ खर्च गरेको थियो ।

ADVERTISEMENT

तर, ठूलो लगानीपछि पनि नियमित संरक्षण, मर्मत र व्यवस्थापन हुन नसक्दा अहिले निर्माणमा भएको लगानीको उपलब्धिमाथि प्रश्न उठ्न थालेको स्थानीयवासी बताउँछन् ।

स्थानीय रमेश बर्माले ताल वरिपरि बढ्दै गएको झाडीले प्राकृतिक सौन्दर्यमा असर पारेको बताए । लामो समयसम्म सरसफाइ र आवश्यक मर्मत नहुँदा पूर्वाधारसमेत बिस्तारै कमजोर हुँदै गएको उनले बताए ।

स्थानीयवासीका अनुसार ताल क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेको छ । त्यसैले कान्तितालको संरक्षण पर्यटन प्रवद्र्धनका लागि मात्र नभई जैविक विविधता र वातावरणीय दृष्टिले पनि महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।

ताल क्षेत्रको सुरक्षा व्यवस्थापनमा समेत समस्या देखिएको स्थानीयवासीले बताएका छन् । रातको समयमा शङ्कास्पद गतिविधि हुने र लागुऔषध प्रयोगकर्ताको जमघट हुने गरेको उनीहरूको गुनासो छ । यसले तालको पर्यटन सम्भावनासँगै आसपासका बासिन्दाको सुरक्षामा समेत चिन्ता बढाएको उनीहरूले बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न नयाँ योजना बनाउने तयारी भइरहेको बताए ।

विगतमा ताल संरक्षण तथा व्यवस्थापनका लागि बनाइएका योजना अपेक्षित रूपमा सफल हुन नसकेको स्वीकार गर्दै उनले अब सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेर प्रभावकारी योजना निर्माण गरिने बताए ।

“कान्तिताललाई व्यवस्थित र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक योजना बनाउने तयारी भइरहेको छ,” रिजालले भने, “सम्बन्धित निकायसँग छलफल गरेर संरक्षण, व्यवस्थापन र पूर्वाधार सुधारका काम अघि बढाइनेछ ।”

प्राकृतिक स्वरूप, खुला क्षेत्र र चराचुरुङ्गीको बासस्थानलाई व्यवस्थित रूपमा संरक्षण गर्न सके कान्तिताल अझै पनि नेपालगन्जको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ । उनीहरूले निर्माण भइसकेका संरचनाको मर्मत, नियमित सरसफाइ, सुरक्षा व्यवस्था र दीर्घकालीन संरक्षण योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

Share148Tweet92SendShare
Previous Post

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

Next Post

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
Next Post
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?